• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सावित्रा भण्डारी फ्रेन्च क्लबमा अनुबन्ध हुँदै


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • पोखरा । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी साम्बा अब फ्रेन्च क्लबबाट खेल्ने तयारीमा छिन् ।

    Advertisement

    उनलाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गर्न लागेको हो । सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरिसकेकी छन् ।

    मेडिकल परीक्षण सफल भएपछि क्लबले आधिकारिक रुपमा उनलाई सार्वजनिक गर्ने जानकारी स्रोतले जनाएको छ ।

    नेपालका लागि ४३ गोल गरेकी सर्वाधिक गोलकर्ता सावित्राले यसअघि इजरायलको हापोएल रानानाबाट लिग खेल्दै युरोपियन फुटबलको स्वाद लिइसकेकी छन् । इजरायल एसियाली राष्ट्र भए पनि त्यहाँको क्लबले भने युरोपियन लिग खेल्दै आएको छ ।

    अब भने सावित्रा पुरापुर युरोपकै लिग खेल्ने संघारमा छिन् । केही दिनमा यसबारे औपचारिक घोषणा हुनेछ ।

    इजरायलको लिग खेल्दै युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी सावित्रा प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्वका कारण लिग रोकिँदा बीचमै नेपाल फर्केकी थिइन् ।

    विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्ने सावित्राले युरोपियन लिग खेल्नुअघि छिमेकी भारतको लिग खेल्दै लगातार तीन पटक लिग उपाधि जितेकी थिइन् । उनले सन् २०१८-१९ को सिजन सेथु एफसीबाट खेल्दै भारतीय महिला लिग जितेकी थिइन् । त्यसपछि उनी अर्को सिजन गोकुलम केरलाबाट खेल्दै उपाधि जितिन् ।

    २०२२/ २३ मा गोकुलमबाटै खेल्दै उपाधि जितेर उनले भारतीय लिगमा उपाधिमाथि ह्याट्रिक नै गरिन् । त्यस सिजन उनले २९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले भारतीय महिला लिगमा ५९ गोल गरिसकेकी छन् ।

    नेपालमा महिला फुटबलको घरेलु गतिविधि लगभग शून्यको स्थितिमा रहँदा सावित्रा भने अन्तर्राष्ट्रिय लिगहरुमा छाइरहेकी छन् र उपाधि पनि जितेकी छन् । भारतीय लिगमा राम्रो प्रदर्शन गरेपछि नै उनीमाथि युरोपियन क्लबहरुको नजर परेको थियो ।

    नेपाली पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस मार्फत उनी इजरायलको हापोएल रानानामा अनुबन्ध भएकी थिइन् । त्यो नै उनको लागि महत्वपूर्ण टर्निङ प्वाइन्ट बन्यो । अहिले उनी फ्रेन्च लिगमा पुगेकी छन् । त्यहाँ पनि राम्रो प्रदर्शन गरेमा सावित्राले नेपाली फुटबललाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछिन् ।

    गत असारमा इजरायलको क्लबमा अनुबन्ध भएपछि सावित्राले त्यो युरोपियन क्लबको सुरुवाती यात्रा भएको बताएकी थिइन् ।

    फुटबल खेल्ने थालेको एक दशकमा सावित्राले यी सबै उपलब्धीहरु आत्मसात गरेकी हुन् ।

    लमजुङको सिम्पानीकी सावित्राले सुरुमा राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्समा प्रतिस्पर्धा गरेकी थिइन् । तर २०७० सालमा घलेगाउँमा भएको एउटा फुटबल प्रतियोगिताले उनको करिअरमा फरक ल्यायो ।

    जहाँ एन्फाका सहायक रेफ्री शुक्र तामाङ पनि पुगेका थिए र त्यस प्रतियोगितामा सावित्राको प्रदर्शन देखेर उनै शुक्रले सावित्रालाई एपीएफसम्मको यात्रा तय गराइदिए ।

    २०७१ सालमा सावित्रा एपीएफ क्लबमा अनुबन्ध भइन् । अर्को वर्षदेखि उनी त्यहीँ जागिरे भइन् । अनि फुटबलबाट देशको नाम चर्चित बनाउन लागिपरिन् । त्यसपछि उनी राष्ट्रिय टिममा पर्दै सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा खेल्न गइन् ।

    त्यहाँ उनले भुटानविरुद्ध पहिलो खेलमै वैकल्पिक खेलाडीको रुपमा डेब्यु गर्दै देशका लागि पहिलो गोल गरिन् ।

    सावित्रा अनुबन्ध हुन लागेको क्लब गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित दशौँ स्थानमा छ । लिगमा १२ टोलीले खेलिरहेका छन् ।

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer