• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

चिकित्सकले बिरामीको जिब्रो किन हेर्छन् ? कारण यस्तो रहेछ


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • ‘आँ गर्नुहोस् त जिब्रो हेरौं’ हामी बिरामी भएर अस्पताल पुग्ने बित्तिकै चिकित्सकले भन्ने गर्छन यो ।  हरेकपटक बिरामी हुँदा किन यस्तो गरेको होला भन्ने हामीलाई लाग्न सक्छ ।लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छन् । हो जिब्रो हेरेर धेरै कुरा थाहा पाउन सकिन्छ ।

    Advertisement

    खासमा जिब्रो हेरेर स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्न सकिन्छ । त्यसैले चिकित्सकले सुरुमै जिब्रो हेर्ने गर्छन् ।

    जिब्रो पाँच ज्ञानेन्द्रियमध्ये एक हो । जिब्रोको काम शब्दको उच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्ट्याउने मात्र होइन, यसले स्वास्थ्य समस्याको बारेमा संकेत पनि दिन्छ । शरीरकको महत्वपूर्ण अंग जिब्रो बनावट पनि अन्य अंगभन्दा फरक छ । गिजा र दाँतमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने जिब्रोमा दुईवटा स्नायुले प्रवाह गर्छ । जिब्रोको अघिल्लो भागमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने पछिल्लोमा अर्को स्नायुले । त्यसैले जिब्रोलाई सम्पूर्ण शरीरको संकेतक पनि भनिन्छ ।

    जिब्रो हेरेर अनुमान गर्न सकिने रोगहरू

    जन्डिस

    जिब्रो र जिब्रोमुनिको दुईवटा नसाको छेउछाउको भाग पहेंलो भएको छ भने जन्डिसको समस्या छ भन्ने कुरा थाहा हुन्छ ।

    रक्तअल्पता

    सामान्यतया हाम्रो जिब्रोको रङ गुलाबी हुन्छ तर रगतको कमीले यसको रङ परिवर्तन भएर पहेंलो हुन्छ । जिब्रोको रङ गुलाबी छैन भने केही संक्रमण हुन सक्छ । मुखमा घाउ हुनु र मुख सुख्खा हुनु आइरनको कमीको लक्षण हुन सक्छ ।

    संक्रमण

    जिब्रोको रङ परिवर्तन भएको छ वा जिब्रोमा लेदो जमेको जस्तो देखिन्छ भने विभिन्न प्रकारको संक्रमणको लक्षण हुन्छ ।

    टन्सिल

    बिरामीलाई आँ गर्न लगाएर जिब्रोसँगै टन्सिल ग्रन्थी पनि हेरिन्छ । यदि टन्सिल ग्रन्थी वरपर रातो छ भने टन्सिल छ भन्ने पत्ता लगाउन सकिन्छ ।

    ग्यास्ट्रिक

    जिब्रो सेतो छ । सेतो लेउ जस्तो जमेको छ भने ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

    पाचनक्रियामा पनि जिब्रोको भूमिका महत्वपूर्ण

    जिब्रोले स्वाद पहिचान गर्छ र खानालाई राम्ररी चपाउन सजिलो बनाउन र्‍यासँग खानालाई मिसाउँछ । र्‍याल मिसिएर खाना नरम हुन्छ र निल्न पनि सजिलो हुन्छ । खानानली हुँदै त्यो खाना पेटमा पुग्छ र पेटले पनि त्यो खानालाई राम्ररी पचाएर पाचन तन्त्रको कामलाई सजिलो बनाइदिन्छ ।

    एउटा स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी, सफा र पातलो हुने गर्छ । र, यस्तो जिब्रो स–साना टुसा (प्यापिलि)ले भरिएको हुन्छ ।

    जिब्रोलाई स्वस्थ राख्न के के कुरामा ध्यान दिने ?

    दाँतलाई सफा गर्ने बेला हामी जिब्रोलाई भने सफा गर्न बिर्सने गर्छौं । दाँत सफा गरेपछि दाँतमा भएका कीटाणु त बाहिर निस्किन्छन् । तर जिब्रो सफा गरिएन भने फोहोर तह बनाएर जिब्रोमा बस्छ र त्यहाँ विभिन्न कीटाणुहरू बढ्न थाल्छन् । जिब्रोको यी कीटाणुको कारणले सास गन्हाउने समस्या समेत हुन्छ । त्यसैले जिब्रोलाई नियमित सफा गर्नुपर्छ ।

    जिब्रो सफा गर्न बजारमा ‘टङ्ग क्लिनर’ पाइन्छ । कतिपय ब्रसको पछाडिपट्टिको भागमा पनि ‘टङ्ग क्लिनर’ हुन्छ त्यसले जिब्रो सफा गर्न सकिन्छ ।

    जिब्रोसँगै सम्पूर्ण शारीरिक स्वास्थ्यको लागि भिटामिन, मिनरल्स भएका खानेकुरा बढी खानु उचित हुन्छ । जिब्रोलाई स्वस्थ र सफा राख्न हरेकपटक खाना खाइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।

    जिब्रोसँगै नङ र आँखा पनि हेरिन्छ

    चिकित्सकले बिरामीको जिब्रोसँगै आँखा र नङ पनि हेर्ने गर्छन् । आँखाको सेतो भाग पहेंलो छ भने जन्डिसको शंका गरिन्छ । बिरामीको नङ पातलो छ भने रक्तअल्पताको । नङ फुलेको छ भने शरीरमा प्रोटिनको कमी । यसरी बिरामीलाई हरेर चिकित्सकले विभिन्न रोगको अनुमान गर्ने गर्छन् ।(अनलाईन खबर)

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer