• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिद्धबाबा सुरुङमार्ग काम दश प्रतिशत


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • पाल्पा । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएसँगै यसले गति लिएको छ ।

    Advertisement

    पाल्पाको तिनाउ–३, सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका लागि आवश्यक सबै पूर्वाधारहरूको निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्न थालिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग वि.सं. २०७८ फागुन २५ गते सम्झौता गरेको थियो ।

    निर्माण कम्पनीले बाहिर गर्नुपर्ने सबै तयारी सकेर मुख्य काम सुरुङ खन्नेतर्फ लागेको र कामले गति लिएको आयोजना प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो । सुरुङ मार्गको हालसम्म १०.२ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    सुरुङको निर्माणको कामसँगै चट्टान बग्नबाट जोगाउन ‘रक सेड’ निर्माणको काम सुरु भएको छ । सिद्धार्थ राजमार्ग माथिबाट खस्ने पहिरो र कडा चट्टानलाई रोक्न ७८० मिटर ‘रक सेड’ निर्माण गरिने योजनाको कार्यालयले जनाएको छ । यस्तै तीन स्थानबाट बाइपास सुरुङ निर्माण सुरु भइरहेको छ । सुरुङ क्षेत्रमा प्रवेश गर्ने तीन वटा ४३१ मिटरका बाइपास सुरुङ खन्ने काम भइरहेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो । तल्लो गेटबाट सुरुङ खन्ने र माथिल्लो भागमा अन्य संरचना निर्माणको काम भइरहेको ज्ञवालीले बताउनुभयो ।

    रक सेड निर्माण गर्ने क्षेत्रमा ३० वटा रुख काट्नका लागि समेत सम्बन्धित निकायबाट सहमति आइसकेको छ । रुख काटेपछि रक सेड निर्माणले समेत गति लिएको उहाँले बताउनुभयो । सुरुङ मार्गसँगै कम्पनीले ९०४ मिटर बुटवलतर्फ र पाल्पातर्फको एक हजार ४९४ मिटर सडक स्तरोन्नति गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सुरुङ मार्ग आयोजना सम्पन्न गर्न सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

    सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुहरूले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ मार्गको बनाउनुपर्ने माग गर्दै आएका थिए ।

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer