• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गण्डकीमा सुन्ताला उत्पादन बढ्यो, यसवर्ष दुई अर्ब ९८ करोड बढीको बिक्री


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • गण्डकी । गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो ।

    Advertisement

    प्रदेशको कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा ५२ हजार तीन सय ३१ मेट्रिक टन सुन्तला फलेको थियो । आव २०७८/०७९ माजम्मा ५० हजार आठ सय ५० मेट्रिक टन उत्पादन भएको थियो ।

    सुन्तला खेतीको क्षेत्रफल विस्तारसँगै पछिल्लो तीन वर्षयता सुन्तलाको उत्पादन लगातार वृद्धि भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए । आव २०७८/७९ मा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती गरिएकामा चालु आवमा सो क्षेत्रफल बढेर आठ हजार १७ हेक्टर पुगेको उनको भनाइ छ ।

    “प्रदेशमा सुन्तला उत्पादन बढिरहेको छ, तीन वर्षअघि प्रतिहेक्टरमा नौ दशमलव ७८ मेट्रिक सुन्तला फलेको थियो भने यस वर्ष प्रतिहेक्टरमा १० दशमलव ६५ मेट्रिक टन उत्पादन भएको छ”, प्रमुख रेग्मीले भने, “फल दिने नयाँ बोट थपिनु, बगैँचा व्यवस्थापन, रेखदेख, रोगकिरा नलाग्नु, अनुकूल मौसम जस्ता कारणले सुन्तलाको उत्पादन वृद्धि भएको हो ।”

    निर्देशनालयका कृषि अर्थ विज्ञ शशी अधिकारीले चालु आवमा सबैभन्दा बढी स्याङ्जामा १९ हजार ९० मेट्रिक टन सुन्तला फलेको जानकारी दिए । उत्पादकत्वका दृष्टिले पनि सबैभन्दा बढी स्याङ्जामा प्रतिहेक्टर १४ दशमलव ४६ मेट्रिक टन सुन्तला फलेको उनको भनाइ छ । यस वर्ष सबैभन्दा कम लमजुङमा चार सय ५० मेट्रिक सुन्तला उत्पादन छ । लमजुङमा जम्मा एक सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।

    गोरखामा चार हजार नौ सय ७२ दसमलव ५०, तनहुँमा ११ हजार पाँच सय १८, कास्कीमा पाँच हजार चार सय ३५, पर्वतमा चार हजार १५, म्याग्दीमा ती हजार छ सय, बागलुङमा तीन हजार नौ सय २० र नवलपुरमा एक हजार दुई सय २७ मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ ।

    गण्डकीका ११ जिल्लामध्ये हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने सुन्तला खेती नहुने कृषि अर्थविज्ञ अधिकारीले जानकारी दिए ।

    निर्देशनालयका प्रमुख रेग्मीले गण्डकी देशमै बढी सुन्तला उत्पादन गर्ने प्रदेशमा पर्ने बताए । किसानले पाउने प्रतिकिलो ५५ औसत मूल्यका आधारमा यस वर्ष गण्डकीमा दुई अर्ब ९८ करोड, २५ लाख, ४० हजार बराबरको सुन्तला उत्पादन भएको प्रमुख रेग्मीले बताए । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजाने गरेको उनको भनाइ छ ।

    “बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै हुँदैन, व्यापारीले किलोलाई एक सयदेखि एक सय ५० सम्ममा बेच्छन्, फागुन, चैतमा मूल्य अझ बढ्छ, हामीले त सुन्तला फलाउने किसानले कति कमाए भनेर हेर्नुपर्छ”, प्रमुख रेग्मीले भने, “जिल्लाले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गर्दा गण्डकीमा वार्षिक करिब तीन अर्ब बराबरको सुन्तला उत्पादन हुने गरेको देखिन्छ ।”

    गण्डकीमा सुन्तला विस्तार भएर आठ हजार १७ हेक्टरमा फैलिए पनि उत्पादन दिने बोटले ओगटेको क्षेत्रफल भने जम्मा पाँच हजार ९२ हेक्टर छ । सुन्तलाको उत्पादन बर्सेनि बढ्दै जाँदा किसानलाई भने बजारको चिन्ता थपिन सक्ने निर्देशनालयका प्रमुख रेग्मीले बताए । सुन्तलामा आधारित उद्योग सञ्चालनमा राज्य र व्यावसायिक क्षेत्रले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

    प्रमुख रेग्मीले रोगकिराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावआदि सुन्तला खेतीमा देखिने गरेका चुनौती हुन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तला खेतीमा बेलाबेलामा क्षति पु¥याउँदै आएको छ ।

    “सुन्तला खेती प्रवर्द्धनमा किसानलाई सरकारले पनि अनुदान, सीप र प्रविधि दिएर सघाइरहेको छ”, प्रमुख रेग्मीले भने, “बगैँचाको रेखदेख, व्यवस्थापनमा किसान नै बढी चनाखो हुनुपर्छ, अनुदान पाए गर्ने नत्र वास्ता नगर्ने प्रवृत्ति पनि कतिपय किसानमा छ, त्यो गलत हो ।” सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि विभिन्न जिल्लामा सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् ।

    बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर ‘सुन्तला जोन’ कार्यक्रम सञ्चालन गरिएपछि पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफमा सुन्तला खेती विस्तार भएको ‘सुन्तला जोन’ एकाइ कार्यालयले जनाएको छ ।

    ‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।

    स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तला खेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा पनि सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पु¥याउँछन् ।

    उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने निर्देशनालयका प्रमुख रेग्मीले बताए । “नगदे बाली भएकाले सुन्तला खेतीबाट किसान सन्तुष्ट छन्, सुन्तला बेचेर वार्षिक दशौँ लाख कमाउने किसान पनि हामीकहाँ छन्”, उनले भने । रासस

     

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer