• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आन्तरिक पर्यटकिय गन्तव्य बन्दै म्याग्दीको रत्नेचौर


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • म्याग्दी । म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि यो गाउँको चर्चा हुन थालेको हो ।

    Advertisement

    बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर केही समययता सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकाले अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । भौगोलिक वनावटका साथै प्राकृतिकरूपले सुन्दर रत्नेचौर सबैलाई आकर्षित गर्न सफल भएको छ ।

    परम्परागत कृषिलाई व्यवस्थित गरेर सूचना प्रविधिसँग जोडिएकाले यो गाउँको कायापलट भएको स्थानीय अगुवा भरत खत्री बताउँछन् । उत्तरतर्फ चाँदीझैँ टल्किएका धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, तोरी र गहुँ झुलेर आकर्षक देखिने समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान र समथर खेतको बीच भागको सडक कालोपत्रे भएकाले पनि रत्नेचौरको रौनक झन बढेको छ ।

    रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्ड कालोपत्रे गरिएको छ । समथर फाँटमा झुलेको धान, फाँटको बीचमा कालोपत्रे सडकका साथै धौलागिरि, नीलगिरिलगायत हिमशृङ्खला देखिने गरी तस्बिर खिचाउन, टिकटक बनाउन र रमाउन दैनिक सयौँको सङ्ख्यामा युवायुवती आउन थालेपछि अहिले रत्नेचौर बेफुर्सदिलो बनेको छ ।

    कृषिमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका बासिन्दाले समथरफाँटलाई प्राङ्गारिक कृषिफाँट बनाउन थालेका छन् । गाउँको फाँटमा रैथाने बालीको खेती गर्ने, होटल, रेष्टुराँ र होमस्टे (घरबास) विस्तार गर्ने, दूध, ताजा तरकारी र फलफूल सबैको घरको करेसाबारीमा लगाउने र पशुपालन गर्नेजस्ता कामको सुरुआत भइसकेको अगुवा खत्री बताउँछन् । त्यसैगरी ढोडेनी खोलामा निर्माण भएको रत्नेचौर–कुडुले जोड्ने झोलुङ्गे पुलले पनि रत्नेचौरको आकर्षण बढाएको छ ।

    “पूर्वतर्फ मोहोडा भएको फराकिलो रत्नेचौरको फाँटमा धेरै पहिलेदेखि नै तोरी लगाइन्थ्यो । रत्नेचौरबाट उत्तरतर्फ सेता हिमाल, बागलुङ, पर्वत र म्याग्दीका अनेकौँ गाउँबस्ती पहिले पनि देखिन्थे”, बेनी नेपाली कांग्रेस स्थानीय नेता नेत्रबहादुर महत भन्छन्, “यी दृश्य हेर्न पर्यटक पहिले आउँदैनथे । जब, फाँटको बीचमा सडक पिच भयो र सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यममा यहाँको समाचार आउन थाल्यो त्यसपछि गाउँको रौनक बढ्यो ।”

    “विसं २०७७ मा फाँटको सडक कालोपत्र भयो । बेनी–बागलुङ सडकको स्तरोन्नति भयो । परम्परागतरूपमा गरिँदै आएको कृषिलाई व्यवस्थित गर्न थालियो । प्रविधिको पहुँचसँगै फोटो र भिडियो सामाजिक सञ्जालमा देखिन थालेकाले विगत चार वर्षयता रत्नेचौर देश विदेशमा ‘भाइरल’ बन्यो” वडा नं १का वडाध्यक्ष टेकबहादुर थापा भन्छन् ।

    म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै रत्नेचौरमा व्यापार व्यवसाय पनि फस्टाउँदै गएको छ । पर्यटकको वृद्धिसँगै यहाँ विकासका पूर्वाधार पनि थपिएका छन् । होटल र रेष्टुुराँ खुल्नाका साथै रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले यो क्षेत्र नयाँ गन्तव्य बनेको स्थानीयवासीको भनाइ छ ।

    धौलागिरि हिमाल देखिने गरी सडकमा उभिएर तोरीको पहेँलो र गहुँको हरियो दृश्यसहित तस्बीर खिच्न र भिडियो बनाउन यो याममा यहाँ दैनिक आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । बिदाको दिनमा पर्यटकको भीडले सडक खचाखच भरिने गरेको स्थानीयवासी बताउँछन् । पोखराको बिरौटाबाट चार साथीसहित रत्नेचौर आएका प्रविण शेरचन हिमाल हेर्दै तोरीबारीको बिचमा रमाउन पाउँदा निकै आनन्द आएको बताउँछन् ।

    पछिल्लो समय यहाँ मुस्ताङ जाने र फर्किने विदेशी पर्यटकसमेत आउन थालेका स्थानीय दिनेश बोगटीको भनाइ छ । उनका अनुसार यहाँ दैनिक तीन सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । रासस

     

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer