काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनायो ।
Advertisement
भारतका दुई खेलाडीले शतक बनाए । कप्तान उदय शहारन र सचिन दासले शतक बनाएका हुन् । यी दुई खेलाडीको साझेदारीमा नै भारतले विशाल स्कोर खडा गरेको हो । उनीहरुले चौथो विकेटका लागि २१५ रनको साझेदारी गरे । सचिनले १०१ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ११६ रन बनाए भने उदयले १०७ बलमा ९ चौका प्रहार गरि १०० रन बनाए ।
नेपालका गुल्शन झाले ३ तथा आकाश चन्दले १ विकेट लिए । आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ।




