• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
मङ्गलबार, भदौ १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पश्चिमी वायुले काठमाडौंसहित धेरै स्थानमा पानी पार्ने


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा हुने भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । यो वर्ष अहिले पुनः पश्चिमी वायुको प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    Advertisement

    पश्चिमी वायुको प्रभावले बादल लाग्न सुरु भइसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यो प्रणालीले आइतबार वर्षाको सम्भावना बढाएको उनले बताए ।

    “पश्चिमी वायुको प्रभाव छ, सुदूरपश्चिमतिर  शनिबार साँझ देखि नै बादल लाग्न सुरु भइसकेको छ,यसले वर्षा गराउने सम्भावना छ ।” उनले भने

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको उनले बताए ।

    मधेसबाहेक अरू प्रदेशमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । मधेस प्रदेशमा वर्षाको सम्भावना खासै नरहेको उनको भनाइ छ ।

    मधेस प्रदेशमा बदली भने हुने उनले बताए । “मधेसमा बदली हुन्छ, तर वर्षाको सम्भावना देखिएको छैन,” उनले भने, “वर्षा भइहाले पनि कतैकतै छिटपुट मात्र हुन सक्ला ।”

    काठमाडौंमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । काठमाडौंमा शनिबार रातिदेखि आंशिक बदली र आइतबार वर्षा हुने उनले बताए ।

    “काठमाडौंमा पनि वर्षाको सम्भावना छ । विशेष गरेर आइतबार दिउँसो हल्का वर्षाको सम्भावना देखिन्छ,” मौसमविद् लामिछानेले भने ।

    उनका अनुसार, अहिले पश्चिमी वायुको प्रभाव खासगरी आइतबार दिउँसो बढी पर्नेछ । आइतबार रातिसम्म यसको प्रभाव रहने र सोमबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने उनले उल्लेख गरे । “यसको प्रभाव आज रातिदेखि भोलि, विशेष गरेर भोलि दिउँसो र रातिसम्म रहनेछ,” उनले भने, “त्यसपछि क्रमिक रूपमा सुधार हुँदै जानेछ ।”

    यसबाहेक वर्षा गराउने तत्काल अर्को प्रणाली नदेखिएको उनले बताए । “हामीले तीन दिनसम्मको हेर्ने गर्छौँ,” मौसमविद् लामिछानेले भने, “अहिले हेर्दा वर्षा गराउने तत्काल अर्को सिस्टम देखिएको छैन ।”

    पानी पर्ने भएकाले आइतबार देशभर चिसो बढ्ने उनले बताए । वर्षा रोकिएसँगै विस्तारै तापक्रममा सुधार हुँदै जाने उनको भनाइ छ ।

    महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनको ‘चेतावनी तथा परामर्श’मा उल्लेख छ, “कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ ।”

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer