• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय सङ्कटमा


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • कैलाली । आधुनिकीकरण हुन नसक्दा यहाँका आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् ।

    Advertisement

    कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताउनुभयो । “बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा पाउन थाले । हामीले आरनमा बनाएका सामानमा मेहनत बढी लाग्ने र महँगो पनि पर्ने भएकाले बिक्री गर्न पनि समस्या भएको छ”, उहाँले भन्नुभयो, “कोइला किन्नुपर्छ । नयाँ सामान बनाउनका लागि दुईजना आरनमा चाहिन्छ । घनले फलाम पिटेर सामान बनाउनुपर्छ ।”

    एउटा हँसियालाई रु पाँच सयदेखि पन्ध्र सयसम्ममा बिक्री गर्ने गरेको तिरुवाको भनाइ थियो ।“म हँसिया, कुटो, कोदालो, बञ्चरो, ताउलगायत कृषि र घरायसी प्रयोजनका सबै सामान बनाउँछु । पाँच जनाको परिवार यसैबाट पालेको छु ।” उहाँले भन्नुभयो, “आरनकै सीप सिकेकाले अन्य काम गर्न पनि मन लाग्दैन । तर यसमा मेहनत धेरै छ । आम्दानी कम छ । त्यसैले त अहिले यो व्यवसाय धेरैले छोडिसके । नयाँ पुस्ताले त झन यो काम सिक्न नै मन पराउँदैनन् ।”

    सरकारले आधुनिक किसिमका विद्युतीय औजारको व्यवस्था गरिदिए हामीलाई पनि काम गर्न सजिलो हुन्थ्यो । आरनको काम गर्ने पनि बढ्थे होला । समयानुकूल आरन व्यवसाय परिवर्तन हुन नसक्दा लोप हुने अवस्थामा पुगेको सोही ठाउँका ५० वर्षीय शेरबहादुर तिरुवाले बताउनुभयो ।उहाँले भन्नुभयो, “कोइला पाइँदैन । वनबाट दाउरा काटेर ल्याउन नमिल्दा गोल किन्नुपर्छ । औजार पनि आधुनिक किसिमका भएनन् । पुराना औजारबाट बनाइएका सामान महँगा हुनाका साथै ग्राहकले किन्न पनि मन पराउँदैनन् ।”

    “आधुनिक जमानामा हामीले काम गर्ने औजार पुरानै भए । औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो । नयाँ पुस्ताले पनि काम गर्थे होला । “कृषि कार्यमा चाहिने सबै सामान बनाउँछु”, शेरबहादुरले भन्नुभयो, “कमाइ त हुन्छ । सम्पूर्ण घरखर्च यसै आरनको कमाइबाटै चलाएको छु । यसैबाट दस जनाको परिवार पालेको छु । दैनिक एक हजारसम्म कमाइ गर्छु ।”

    समयअनुसार परिवर्तन हुन नसक्दा परम्परागत सीपमा आधारित आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको गोदावरी नगरपालिका–८ का वडाध्यक्ष गोविन्द चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परागत सीपमा आधारित यस्ता व्यवसाय हामीले संरक्षण गर्न आवश्यक छ । यसले रोजगारी पनि सिर्जना गर्ने भएकाले आरन व्यवसायलाई आधुनिकीकरण गर्न सकेसम्म पहल गर्छु ।” रासस

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer