• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

निर्धारित समय अगावै पुल निर्माण पूरा


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • पर्वत । पर्वत र बागलुङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पर्वतको जलजला गाउँपालिका-८ नाङलीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।

    Advertisement

    आगामी असार महिनासम्म निर्माणको अवधि भए पनि माघमै निर्माण सकिने भएको हो । कालीगण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो यो झोलुङ्गे पुलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । यो पुल डेढ वर्षअघि निर्माण थालिएको थियो । पुल निर्माणको करिब ९५ प्रतिशत भौतिक प्रगति भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ ।

    अबको तीन हप्ताभित्र पुलबाट सर्वसाधारण वारपार गर्न सक्ने कार्यालयले जनाएको छ । दुई वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी २०७९ साल असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुर र हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबिच भ्याटबाहेक आठ करोड २३ लाख ४१ हजार चार सय ११ मा ठेक्का सम्झौता गरिएको थियो ।

    ठेक्का सम्झौता मितिभन्दा चार महिनाअगावै पुल निर्माण सम्पन्न हुन लागेको निर्माणको जिम्मा पाएको हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीका मुख्य प्रतिनिधि वसन्त घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार अबको दुई हप्ताभित्र पुलबाट वारपार गर्ने व्यवस्था मिलाउन यतिखेर निर्माणको काम तीव्र बनाइएको छ । “पुलको करिब निर्माण कार्य सकिएको छ”, घर्तीमगरले भन्नुभयो, “अब केही बाहिरी काममात्र बाँकी छ, पुलको दुवैतर्फ सन्तुलनका लागि राखिने विनगाइ वा हावालट्ठा तान्ने काममात्र बाँकी छ, चार हावा लट्ठामध्ये एउटा तानिसकिएको छ, तीनवटा तान्ने काम बाँकी छ, हावा लट्ठा तानिसकेपछि पुलको दुवैतर्फ जाली लगाएपछि पुल निर्माण सकिने भएको छ ।”

    पुल निर्माण सम्पन्न भएपछि जलजला-८ नाग्लिबाङका बासिन्दा घन्टौँ लगाएर बागलुङबजार जानुपर्ने बाध्यताको अन्त्य हुने जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख तथा स्थानीय बासिन्दासमेत रहनुभएका सोम जिसीले बताउनुभयो । जलजलाका नागरिक व्यापारिक कामका लागि बागलुङ जान निकै सहज हुने उहाँले बताउनुभयो । नाग्लिबाङबासी डेढ घण्टा हिँडेर बागलुङबजार जानुपर्ने बाध्यता रहेको थियो । यो गाउँका बासिन्दाले दैनिक उपभोग्य सामग्री किन्न र पठनपाठन तथा बैङ्किङ कारोबारका लागि दैनिक डेढ घण्टा हिँडेर वा एक घण्टा सवारी साधनमार्फत बागलुङबजार धाउने गर्दछन् ।

    पुल बनेपछि १५ मिनेटमा बजार पुग्न सकिने जिसीले बताउनुभयो । पुल निर्माणपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने जलजला वडा नम्बर ८ नाग्लिबाङका वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो । पुलले दुवैतर्फका सर्वसाधारणलाई आवतजावतमा सहज हुने मात्र नभई पर्वत र बागलुङको पर्यटन क्षेत्रको समेत विकास हुने अपेक्षा गरिएको छ । लामो र अग्लो पुलसमेत भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने जिसीको भनाइ छ ।

    यसअघि बागलुङ-१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल तीन वर्षअघि निर्माण भई सञ्चालनमा आएको छ । उक्त पुलभन्दा यो पुल ४३ मिटर छोटो रहेको छ । यो पुलसँगै पर्वत र बागलुङका विभिन्न भू-भाग जोड्न आधा दर्जन बढी अग्ला र लामा झोलुङ्गे पुल बनिसकेका छन् । रासस

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer