• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जङ्गली जनावरबाट किशानलाई बाली जोगाउन आपत, बस्छन् खेतमा बास


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • सर्लाही । सर्लाहीमा जङ्गल छेउछाउ खेतबारी भएका किसानलाई जङ्गली जनावरले हैरान पार्न थालेपछि स्थानीय कृषकहरूको खेतमै बास भएको छ । रातको समयमा विभिन्न जङ्गली जनावर खेतबारीमा आएर तरकारी र अन्य बालीनाली खाइदिँदा किसान मारमा परेका हुन् ।

    Advertisement

    पछिल्लो समय हरिण, बँदेल, घोडगधा (निलगाई), बाँदरलगायतका जङ्गली जनावरले असाध्य दुःख दिन थालेको किसानले गुनासो गरेका छन् । जङ्गली जनावर धपाउन कतिपय किसान खेतमै रातभर जाग्राम बस्नेगरेका छन् । ईश्वरपुर नगरपालिका –१२, नयाँटोलका किसान भिखारी मण्डलले नजिकैको जङ्गलबाट आउने जङ्गली जनावरले बालीनाली खाएर हैरान पारेको बताउनुभयो ।

    उहाँका अनुसार जङ्गली जनावरले आलु, प्याज, लसुन, आलस, चना, गहुँलगायतका बालीनालीमा क्षति गर्नेगरेका छन् । “पानी नभएर त्यसै त बालीनाली फल्न छाडिसक्यो, त्यसमाथि जेजति फल्छ, त्यो पनि जङ्गली जनावरले खाइदिएर हैरान पारिरहेका छन्” मण्डलले भन्नुभयो ।

    किसानका अनुसार रात पर्नासाथ जङ्गली जनावर हुल बाँधेर खेतबारीमा आइपुग्ने गरेका छन् । सुक्खापन बढेर जङ्गल क्षेत्र उजाड बनेपछि जङ्गली जनावरले अझ बढी दुःख दिन थालेको किसानको भनाइ छ ।

    लालबन्दी नगरपालिका–१५, तल्लो देउरालीका किसान सोमलाल बम्जनले आफूहरूको क्षेत्रमा पनि जङ्गली जनावरले बालीनालीमा क्षति गरेर दुःख दिइरहेको जानकारी दिनुभयो । लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती, हरिपुर र बरहथवा नगरपालिकाको जङ्गल छेउछाउका बस्तीमा जङ्गली जनावरको बढी आतङ्क रहेको उहाँले बताउनुभयो ।

    जङ्गलबाट निस्किएका जङ्गली जनावर उखु बारीमा बसेर तरकारी र अन्य बालीनालीमा क्षति गर्ने गरेको स्थानीय किसानले बताएका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख (डीएफओ) मन्जुर अहमदले बँदेल र नीलगाईले कृषि बालीमा बढी नै दुःख दिइरहेको बताउनुभयो ।

    “मानव हस्तक्षेप र अतिक्रमणले वन क्षेत्र साँघुरिएपछि वन्यजन्तु किसानको खेतबारीमा निस्किन थालेका छन्” डिभिजन वन प्रमुख अहमदले भन्नुभयो, “जङ्गली जनावरमा पनि खानेकुराको स्वाद फेरिएको छ, त्यसैले कृषि बालीमा धेरै पल्किएको देखिन्छ ।”

    डिभिजन वन कार्यालयले हिजोआज वन क्षेत्रमा दाउरा तथा घाँस खोज्न जानेहरू जताततै छ्यापछ्याप्ती रहेकाले पनि सीमित मात्रामा रहेका वन्यजन्तु तर्किएर किसानको खेतबारी र बस्तीमा निस्कन थालेको जनाएको छ ।

    डिभिजन वन प्रमुख अहमदले अन्य जङ्गली जनावरको तुलनामा निलगाई र बँदेलले धेरै दुःख दिन थालेको बताउनुभयो । उहाँले जिल्लाको सीमावर्ती क्षेत्रमा भारततर्फबाट समेत जङ्गली जनावर यता आउनेगरेको बताउनुभयो । वनकर्मीले वन्यजन्तुको संरक्षण र किसानको बालीनाली जोगाउनु दुवै आवश्यक रहेको बताएका छन् ।

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer