• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शैक्षिक सुधारको माग गर्दै शिक्षक धर्नामा


  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित
  • ढल्केबर । शैक्षिक सुधारको माग गर्दै धनुषाको सबैला नगरपालिका-१२ बरकुर्वामा रहेको फकिरचन्द गामी माध्यमिक विद्यालयका शिक्षक धर्नामा बसेका छन् । विद्यालयका ११ जना शिक्षक शैक्षिक सुधारको १२ सूत्रीय माग राख्दै सबैला नगरपालिकाको कार्यालय परिसरमा धर्ना बसेका हुन् ।

    Advertisement

    उहाँहरू गत माघ १२ गतेदेखि धर्नामा बस्दै आउनुभएको छ । धर्नामा बसेका शिक्षक सुरेन्द्र यादवले विद्यालयका प्रधानाध्यापक बैजु साहले आर्थिक हिनामिना गरेको तथा विद्यालयको पठनपाठन खराब अवस्थामा पुर्‍याएकाले सुधारको माग राख्दै धर्नामा बसेको बताउनुभयो ।

    प्रधानाध्यापक साहमाथि विद्यालयको जग्गाबाट उठेको रकम, छात्रवृत्ति लगायत विभिन्न शीर्षकमा विद्यालयलाई प्राप्त हुने रकम आफ्नो निजी बैङ्क खाता जम्मा गरेर आर्थिक हिनामिना गरेको र विद्यार्थीको पठनपाठनप्रति मतलब नराखेको आरोप छ ।

    प्रधानाध्यापक साहमाथि छानबिन गर्न, गुणस्तरीय पठनपाठन लगायत विद्यालय व्यवस्थापनमा लागि पहल गरिदिन सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवलाई १२ सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएर धर्नामा बस्दै आएको शिक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

    यस्तै, आफूमाथि लागेको आर्थिक हिनामिनाको आरोप विषय झुटो रहेको प्रधानाध्यापक साह बताउनुहुन्छ । दश महिनाअघि आफू प्रधानाध्यापक भएर आएपछि बैङ्क खाता सञ्चालनका लागि नगरपालिकासँग पटक-पटक सिफारिस माग गर्दा पनि नदिएपछि वडा कार्यालयको सिफारिस बैङ्क खाता खोलेको र सोही खातामा विद्यालयका आम्दानी लगायत विभिन्न शीर्षकमा आउने रकम जम्मा गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

    सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवले धर्नामा बसेका शिक्षकको माग सम्बन्धमा मङ्गलबार भेला बोलाइएको बताउनुभयो । भेलाबाट नै विद्यालय सुधारको निकास खोजिने उहाँले जानकारी दिनुभयो ।

    २०१६ सालमा स्थापना भएको यो विद्यालय कुनै समय जिल्लाकै उत्कृष्ट एवम् प्रतिष्ठित थियो । यसै विद्यालयमा पढेका कतिपय विद्यार्थी सफल राजनीतिकर्मी, मन्त्री र गर्भनरसम्मको ओहदामा पुगेका छन् । तर पछिल्लो केही वर्षयता कमजोर व्यवस्थापन र स्थानीय तहको कमजोर उपस्थितले विद्यालय जर्जर अवस्थामा पुगेको छ ।

    सोमबार, माघ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer