• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुशासनका वक्ता रविबारे सहकारी पीडितहरूको प्रश्न– त्यत्रो पैसा कसरी लैजानुभयो ?


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा जाहेरी दिएका छन् । बचतकर्ताको रकम डुब्नुमा रवि पनि जिम्मेवार रहेको दाबीसहित पीडितहरूले सोमबार रविसहित १८ जनाविरुद्ध जाहेरी दिएका हुन् ।

    Advertisement

    सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आफूहरूले रविमाथि ‘अनौपचारिक’ छानबिनका लागि जाहेरी दिएको बताए ।

    “अनौपचारिक रूपमा छानबिनका लागि हामीले कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई जाहेरी दिएका छौँ, उहाँले जाहेरी लिनुभएको छ,” श्रेष्ठले भने ।

    उनका अनुसार पीडितले रविसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलासहितका विरुद्ध जाहेरी दिएका छन् ।

    “रवि लामिछानेले गोर्खा मिडिया प्रालिको त्यत्रो पैसा कसरी लैजानुभयो ? किन दिनुभएन ? गोर्खा मिडिया प्रालिको ग्यालेक्सी टिभीले हामीलाई ३० करोडको तमसुक बनाएर दिएको अवस्था थियो, जीबी राईले । ग्यालेक्सी टीभीको ३० करोडको सम्पत्ति पोखराको हो भनेर हामीलाई दिनुभएको थियो । यसको पनि छानबिन हुनुपर्छ भनेर हामीले तमसुकसहित सबुत प्रमाणसहित प्रहरीलाई बुझाएका छौँ,” श्रेष्ठले भने ।

    यसबाहेक नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेस्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालिविरुद्ध पनि उनीहरूले जाहेरी दिएका छन् ।

    यसबाहेक पाँचवटा जीबी राई ले नै सञ्चालन गरेका सहकारी छन् । यी सबै कम्पनी कुनै न कुनै माध्यमबाट जीबी राइसँग नै जोडिएका छन् ।

    “अब यसलाई प्रक्रियामा लैजाँदै छौँ । सूर्यदर्शन सहकारीको छानबिन प्रतिवेदन हेर्दा सहकारीको पैसा कुनकुन संस्थामा गयो, ककसले लगे भन्ने विषयलाई लिएर प्रतिवेदनबाट थोरैको नाममा जाहेरी दिएका छौँ । यो संख्या बढेर सय/दुई सय पनि पुग्न सक्छ,” श्रेष्ठले भने ।

    उनका अनुसार अहिले जाहेरीमा उल्लेख गरिएका सबै आरोपितहरू नयाँ हुन् । प्रहरीले पीडितहरूलाई मंगलबारदेखि नै अनुसन्धान थाल्ने आश्वासन दिएको छ ।

    प्रहरी स्रोतका अनुसार जाहेरीबारे एसपी थापाले प्रमुख जिल्ला अधिकारीसँग सोमबार छलफल गरेका थिए । तर, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले सहकारीको विषयमा छलफल नभएको बताए ।

    कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले भने जाहेरी परेको जानकारी दिए । “१८ जनाविरुद्ध जाहेरी दिनुभएको छ । हामीले अनुसन्धान गर्दै छौँ, एउटा निवेदन छाडेर जानुभएको छ, १८ जना विरुद्ध । त्यो लिएर हामी विस्तृत रूपमा हेर्दै छौँ,” उनले भने ।‍

    सूर्यदर्शन सहकारीलाई पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले नै समस्याग्रस्त सहकारी ठहर गरेको छ । यो सहकारीले पोखराका १८ हजार ७०० बचतकर्ताको एक अर्ब ३५ करोड अपचलन गरेको आरोप छ । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् । उनले सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ग्यालेक्सी फोर के टेलिभिजनका लागि करोडौँ रकम लगानी गरेको प्रतिवेदनहरूले खुलाएका छन् ।

    पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् ।

    महानगरको प्रतिवेदनमा सहकारीको रकम योजनाबद्ध रूपमा विभिन्न फर्ममा अवैध लगानी गरिएको, नक्कली कम्पनी खडा गरेर पनि पैसा हिनामिना गरिएको, कमसल धितो र बिनाधितो पनि ऋण लगानी गरेको उल्लेख छ ।

    पीडितहरूले यसअगाडि नै प्रहरीमा विस्तृत अध्ययनका लागि छानबिन गर्नका लागि जाहेरी दिन खोजे पनि प्रहरीले फिर्ता पठाइदिएको थियो ।

    रवि यस प्रकरणमा जोडिएको ग्यालेक्सी टेलिभिजनबाट नै हो । जतिबेला टेलिभिजनमा लगानी भएको थियो, त्यतिबेला रवि उक्त मिडियामा प्रबन्ध निर्देशक थिए । तर, रविले सहकारीमा आफ्नो संलग्नता स्वीकार गर्दै आएका छन् ।

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer