• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एथलेटिक्समा टीयूलाई ५ स्वर्ण


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • काठमाडौं । त्रिभूवन विश्वविद्यालय (टीयू)ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा ५ स्वर्ण जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण सुदूरपश्चिम विश्वविद्यालयले जित्यो ।

    Advertisement

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष १५०० मिटर दौडमा टीयूका शेरबहादुर अधिकारी पहिलो भए । उनले निर्धारित दूरी ४ मिनेट ३०।१ सेकेन्डमा पूरा गरे ।

    टीयूकै विकेश घिमिरे दोश्रो तथा सुदूरपश्चिमका खेमराज जोशी तेश्रो भए । सोही स्पर्धाको महिलामा टीयूकी राज्यलक्ष्मी रावलले निर्धारित दूरी ५ मिनेट २५।५ सेकेन्डमा तय गर्दै पहिलो भइन् । काठमाडौं विश्वविद्यालका आल्षा रेग्मी दोश्रो तथा लुनिया त्वायना तेश्रो बने ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ५६।३५ सेकेन्ड समय खर्चे ।

    टीयूका दिवस रेग्मीले रजत तथा गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य जिते । उक्त स्पर्धाको महिलामा टीयूकी अनामिका देवकोटा १ मिनेट १५।३५ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकी भावना पाण्डे दोश्रो तथा गण्डकीकी कृति गिरी तेश्रो स्थानमा रहे ।

    पुरुष लङजम्पमा टीयूका दिवस रेग्मी पहिलो भए । उनले ६।२७ मिटर जम्प गरे । सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोश्रो तथा लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेश्रो भए । त्यसै स्पर्धाको महिलामा टीयूकी संचिता घिमिरेले स्वर्ण जितिन् । संचिताले ४।२४ मिटर जम्प गरिन् । लुम्बिनीकी रमिता रावत दोश्रो तथा सुदूरपश्चिमकी भावना पाण्डे तेश्रो भए ।

    टेबलटेनिसमा पनि टीयूलाई डबल्स स्वर्ण

    टेबलटेनिसको पुरुष डबल्समा टीयूका रजोजमान ढकु र आदित्य धौनियाको जोडीले पुरुष डबल्समा स्वर्ण जितेका छन् । उक्त जोडीले फाइनलमा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र विदुर खनालको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे ।

    पोखराका विवेक ढकाल र देवबहादुर भुजेल तथा गण्डकीका अनुष कुँवर र दिपेश रानाभाटको जोडी संयुक्त रुपमा तेश्रो भए । पुरुष सिंगल्समा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहालले टीयूका आदित्य धौनियालाई ३–० तथा टीयूका रजोजमान ढकुले काठमाडौंका प्राञ्जयप्रकरण श्रेष्ठलाई ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्समा टीयूकी लस्ता महर्जनले सुदूरपश्चिमकी रेखा विष्टलाई ३–० तथा पोखरा विश्वविद्यालयकी मनीषा श्रेष्ठले टीयूकी गीताञ्जली गुरुङलाई ३–२ ले पन्छ्याउदै फाइनलमा स्थान बनाए ।

    भलिबलमा सेमिफाइनल समिकरण पूरा

    जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा जारी भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विश्वविद्यालयले टीयू तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । भलिबलमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भइरहेको छ ।

    प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, बिना श्रेष्ठ, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

    दुईदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेल समावेश छन् । भलिबलमा छात्र टोली मात्र सहभागी छ । विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

     

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer