• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुरक्षा निकायमा जागिर छाड्नेको लर्को


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो ।

    Advertisement

    यही माघ १२ गते विमानस्थलमा अध्यागमनका अधिकृत र प्रहरी कर्मचारीबिच हातपातको घटनामा संलग्न प्रहरीलाई कारबाही र अध्यागमन कर्मचारीलाई उन्मुक्ति दिन सिफारिस गरिएको भन्दै असन्तुष्ट चन्दले राजीनामा दिएको चर्चा चलेको थियो ।

    यसअघि गत फागुन १० गते डिआइजी अशोक सिंहले राजीनामा दिनुभएको थियो । ११ चैत २०७९ मा नियुक्ति हुने ३० औँ प्रहरी प्रमुखका दाबेदार मानिएका सिंहको जन्ममिति विवाद सार्वजनिक भएपछि राजीनामा आएको थियो ।

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा आफूलाई पछाडि पारेर कनिष्ठलाई सिफारिस गरेपछि तत्कालीन प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले गत वैशाख १७ गते राजीनामा दिनुभयो । त्यसअघि २०७५ साल माघ २५ गते एसपी नरेन्द्र उप्रेतीले पनि यही आरोप लगाएर पदबाट राजीनामा दिनुभएको थियो ।

    नेपाल प्रहरीमा जागिर छाड्ने यी केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय नेपाल प्रहरीमा विभिन्न कारण देखाएर जागिर छाड्ने व्रmम बढेको छ ।

    प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सेवा अवधि पूरा नगरी चार हजार ६३७ जनाले सङ्गठन छाडेका छन् । राजीनामा दिनेमा सबैभन्दा प्रहरी हवलदार दुई हजार १४० जना छन् । यसै गरी प्रहरी नायब उपरीक्षक डिएसपी १५, प्रहरी निरीक्षक ३३, प्रहरी वरिष्ठ नायब निरीक्षक २०, प्रहरी नायब निरीक्षक २९८, प्रहरी सहायक निरीक्षक ८३३, प्रहरी वरिष्ठ हवलदार १६३, प्रहरी हवलदार दुई हजार १४०, प्रहरी सहायक हवलदार १७५, प्रहरी जवान ६८७ र प्रकाश (परिचर) २११ जना रहेका छन् ।

    सशस्त्र र सेनामा पनि उस्तै

    नेपाल प्रहरीमा मात्र होइन अन्य सुरक्षा निकायमा पनि अवस्था उस्तै छ । सशस्त्र प्रहरी बल नेपालमा पनि जागिर छाड्नेको व्रmम बढ्दो छ । गत पुसमा मात्र प्रहरी उपरीक्षक नवीन बोगटी र किरण पौडेलले राजीनामा दिनुभएको थियो । यसअघि डिएसपी कुमार थापा, भीमबहादुर राना, मणिजङ्ग हमाल, चन्द्र शाही र एसएसपी दुर्गा कुँवर पनि सेवा अवधि बाँकी रहँदै बाहिरिनुभएको थियो ।

    यसै गरी सशस्त्र प्रहरीमा पछिल्लो पाँच वर्षमा चार हजार १२० जनाले सेवा अवधि पूरा नगरी जागिर छाडेका छन्, जसमध्ये सबैभन्दा बढी जागिर छाड्नेको सङ्ख्या जवानको रहेको छ ।

    नेपाली सेनामा पनि अवस्था यस्तै छ । गत कात्तिक २४ गते उपरथी ताराध्वज पाण्डेले राजीनामा दिनुभयो । उपरथीको वरीयतामा अगाडि पाण्डे आगामी भदौ २४ पछि प्रधान सेनापतिका लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हुनुहुन्थ्यो । नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक भन्दै प्रश्न उठेपछि पाण्डेले राजीनामा दिनुभएको हो । सेनामा राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायकरथीदेखि उपरथीसम्म रहेको छ ।

    जङ्गी अड्डाबाट प्राप्त तथ्याङ्क अनुसार सेनामा सेवा अवधि पूरा नगरी जागिर छाड्नेको सङ्ख्या मासिक नौ सय जना रहेको छ । पेन्सन अवधि पूरा गरेका वार्षिक तीन हजार पाँच सय जनाले राजीनामा दिने गरेको पाइएको छ । राजीनामा दिने र अन्य कारण गरी सेनामा वार्षिक छ हजार पाँच सय पद रिक्त हुने गरेको छ ।

    अवसरको खोजीका लागि राजीनामा

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले हरेक व्यक्तिले जस्तै प्रहरी कर्मचारीले थप अवसरको खोजी गर्ने भएकाले राजीनामा दिने गरेको बताउनुभयो । उहाँले सङ्गठनलाई थप व्यावसायिक बनाउन र सेवासुविधा बढाउन सके सङ्गठनबाट बाहिरिने क्रम रोकिने विश्वास व्यक्त गर्नुभयो ।

    सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले तालिमप्राप्त सुरक्षाकर्मीका लागि अवसर र सेवासुविधा तुलनात्मक रूपमा बढी हुने भएकाले अवसरको खोजीका लागि जागिर छाड्ने गरेको बताउनुभयो । “तालिमप्राप्त सुरक्षाकर्मीले अन्य अवसर पाउने र हरेक व्यक्ति नयाँ अवसरको खोजी गर्ने भएकाले जागिर छाडने क्रम चलेको हो । यसलाई रोक्न सङ्गठनभित्र नै वृत्तिविकास र सेवासुविधा बढाउनेतर्फ पहल गरिरहेका छौँ,” खड्काले भन्नुभयो ।

    नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सेनामा पेन्सन अवधि पूरा गरेपछि अन्य पेसा, व्यवसाय अपनाउन र नयाँ अवसरको पनि खोजी गर्ने उद्देश्यले राजीनामा दिने गरेको हुन सक्ने बताउनुभयो ।

    भण्डारीले भन्नुभयो, “सेनामा नियमित तलबबाहेक कल्याणकारी कोषबाट थप राहत र थप सुविधा उपलब्ध हुन्छ तर पनि कतिपयले फरक काम र थप अवसरको खोजी गर्ने क्रममा जागिर छाडेको हुन सक्छ ।”

    सुरक्षा निकायमा उपल्लो दर्जाका सुरक्षा अधिकारीको राजीनामाले बेला बेला तरङ्ग पैदा हुने गरेको भए पनि सुरक्षार्थ दैनिक फिल्डमा खटिने अधिकृतदेखि तल्लो दर्जाका हजारौँ सुरक्षाकर्मीको राजीनामा भने गुमनाम जस्तै हुने गरेको छ ।

    सेवा अवधि पूरा नगरी वार्षिक हजारौँ सुरक्षाकर्मी बाहिरिँदा सङ्गठनको संरचनामै असर पुग्नेतर्फ भने राज्यको ध्यान पुग्न सकेको देखिँदैन । खाली पदमा पदपूर्ति गर्ने प्रव्रिmया लामो हुने र सङ्गठनको अथक मेहनतले तायर भएको जनशक्ति बाहिरिने क्रम नरोकिँदा पदपूर्ति गर्न नै हम्मे हम्मे पर्न थालेको छ ।

    कहाँ जान्छन् जागिर छाडेर ?

    सङ्गठनबाट बाहिरिने अधिकांश सुरक्षाकर्मी वैदेशिक रोजगार तथा निजी सुरक्षा निकायमा भर्ना हुने क्रम बढेको छ । सशस्त्रबाट बाहिरिएका डिएसपी कुमार खड्का हाल अमेरिकामा हुनुहुन्छ । त्यसै गरी, नवीन बोगटी पनि वैदेशिक रोजगारका लागि विदेश पुग्नुभएको छ । डिएसपी भीम राना अमेरिका तथा किरण पौडेल जापान जाने तयारीमा हुनुहुन्छ । चन्द्र शाही क्यानडा, मणिजङ्ग हमाल र दुर्गा कुँवर हाल अमेरिकामा हुनुहुन्छ । दुई महिनाअघि जागिर छाडेका नेपाली सेनाका जमदार शङ्कर कार्की वैदेशिक रोजगारीको तयारीमा हुनुहुन्छ । सेनाकै अर्का हुद्दा राजन थापा पनि राजीनामा दिएर सुरक्षा गार्डका लागि वैदेशिक रोजगारीमा जाने तरखरमा हुनुहुन्छ ।

    थापा र कार्कीले जागिर छाड्नुका कारण लगभग यस्तै छ, “जागिरबाट परिवार धान्न धौधौ छ, ४० वर्ष पुगे पनि वैदेशिक रोजगारीमा जान पनि पाइँदैन, पेन्सनबाट आधा तलब आइहाल्छ, विदेशमा गएर काम ग-यो भने आर्थिक अवस्था सुधार गर्न सकिन्छ ।”

    रुसी सेनामा भर्ना

    सेनाको जागिर छाडेर रुसी सेनामा भर्ना भएका स्याङ्जा वालिङ–१४, मान्खुका हरि अर्यालको युक्रेनसँगको युद्धका क्रममा ज्यान गएको छ । तीन वर्ष सेनामा काम गरेका अर्याल सेनामा राजीनामा दिएर रुस पुग्नुभएको थियो । प्रहरीको जागिर छाडेर रुसी सेनामा भर्ना भएका सन्तोष माझी दलाललाई पाँच लाख रुपियाँ बुझाएर नेपाल फर्किन सफल हुनुभयो ।

    गिरोहको प्रलोभनमा परी भूतपूर्व सैनिक, प्रहरी र पूर्वमाओवादी लडाकुलाई रुसी सेनामा पठाउने क्रम रोकिएको छैन । सेना, प्रहरी, सशस्त्रबाट राजीनामा दिएर थप केही व्यक्ति रुस पुगेको पाइएको छ । रुसले युक्रेनविरुद्ध युद्धमा झन्डै दुई हजारभन्दा बढी नेपाली युवालाई रुसी सेनामा भर्ना गरेको अनुमान गरिएको छ ।

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer