• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संसदीय समितिको टोली भारत भ्रमणबाट फर्कियो


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ ।

    Advertisement

    भारतीय लोकसभाको ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’को निमन्त्रणमा गत १६ माघमा गएको समिति सभापति यादव नेतृत्वको टोली २४ माघमा नेपाल फर्किएको हो ।

    यादव नेतृत्वको भ्रमण टोलीमा ८ जना सांसद र चारजना कर्मचारीको सहभागिता रहेको थियो । भ्रमणबाट फर्किएपछि समिति सभापति लगायत भ्रमणदलका सदस्यहरूले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतसँग विधायिका तहमा सम्बन्ध विकास भएको जानकारी दिएका छन् ।

    ‘दुई देशबीचको सम्बन्धलाई सरकारको तहबाट दुवै देशका संसदको तहमा पनि बढाउने उद्देश्यले समकक्षी समितिको निमन्त्रणमा हाम्रो भ्रमण भएको हो’, सभापति यादवले भने, ‘भ्रमणले संसदको तहमा सम्बन्ध विकसित हुने र आगामी दिनमा नेपालको सरोकारका विषयहरू भारतीय संसदमार्फत सरकारलाई दबाब पुर्‍याउन सहयोग पुग्नेछ । त्यसले नेपालको चासोका मुद्दामा भारत सरकारलाई पनि जिम्मेवार बनाउन सहयोग पुर्‍याउने हाम्रो विश्वास छ ।’

    समितिको टोलीले दिल्लीसहित गोवा, महाराष्ट्र र उत्तरप्रदेश राज्यको पनि भ्रमण गरेका थिए । दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर, लोकसभा सभामुख ओम बिरला, ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’ का सभापति पीआर चौधरी, राज्यमन्त्री, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँगसमेत समितिको टोलीले भेट गरेको थियो ।

    समिति सभापति यादवले इन्टरेनसनल स्ट्यान्ङि कमिटीका अध्यक्ष पीआर चौधरी र अन्य सदस्यहरूसँग भएको लामो अन्तरक्रियाबाट भारतको संसदीय कार्यप्रणाली बुझ्ने र दुवै संसदका अभ्यास तथा अनुभव आदानप्रदान गर्ने अवसर मिलेको बताए ।

    भेटका क्रममा भ्रमण टोलीका सदस्यले नेपाल र भारत दुवैले सहअस्तित्वलाई स्वीकार गर्नुपर्ने र नेपाल भारतको विकाससँगै अघि बढ्न चाहेको कुरा राखेको यादवले जानकारी दिए । ‘हामी छिमेकी मात्रै होइन, सार्वभौम, अधिकार सम्पन्न मुलुक हो । हामी तिमीहरूको विकाशसँगै हातेमालो गर्न चाहन्छौँ भनेर भन्यौँ’, यादवले भने ।

    जवाफमा नेपालका निकायले पहल गरेको खण्डमा भारत सहयोग गर्न तयार रहेको पाएको उनको भनाइ छ ।

    यादवले विदेशमन्त्री जयशंकरले भेटमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारले नेपाललाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिएको बताए । साथै, नेपालले भारतमा १० हजार मेगावाट विद्युत बेच्ने सहमतिलाई ‘गेम चेन्जर’ का रूपमा व्याख्या गर्दै त्यसले नेपालको विकासमा ठुलो टेवा पु¥याउने विश्वास समेत व्यक्त गरेको यादवको भनाइ थियो ।

    अन्तर्राष्ट्रिय समितिले विदेश मन्त्रालयले मात्रै हेर्ने र कुनै पनि सन्धी सम्झौता समितिले पास गर्नैपर्ने व्यवस्था रहेको अनुभव नयाँ लागेको उनले बताए ।

    ‘हामीले नेपाली डायस्पोराका बारे संसदमा बोलिदिनु पर्यो भनेर भन्यौं’, यादवले भने, ‘नेपाल कमजोर हुँदा बाह्य चलखेल हुन्छ, खुला सीमाना छ । त्यसैले सँगै विकाशमा साथ दिन चाहन्छौँ भन्ने उनीहरूको कुरा थियो ।’

    भ्रमणका क्रममा पर्यटन राज्यमन्त्रीसँग भएको भेटमा अयोद्या र जनकपुरलाई सँगै अगाडी बढाउन तथा कासी विश्वनाथालाई मुक्तिनाथ र पशुपतिनाथसँगै अगाडी बढाउन भारतीय पक्ष सकरात्मक रहेको यादवले बताए ।

    भ्रमण टोलीले दिल्लीको हैदरावाद हाउसमा विदेश राज्यमन्त्री भी मुरलीधरनले दिएको रात्री भोजमा भेटघाट र कुराकानी भएको थियो । त्यसबाहेक पर्यटन राज्यमन्त्रीसँग पनि भेटघाट भएको थियो । सांसदको टोली उत्तर प्रदेशको विधानसभा बैठकमा सहभागी भएको थियो ।

    गोवा भ्रमणमा गएको टोलीले त्यहाँका पर्यटनमन्त्री रोहन खाउन्टेसँग समेत भेट गरेको थियो ।

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer