• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बच्चालाई तातो पानी वा आगोले पोलेमा तुरुन्तै यसो गरौं


  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित
  • कहिलेकाहीं नसोचेको दुर्घटना हुन्छ, घरमै पनि । खासगरी असावधानीवश बच्चालाई तातो पानीले पोल्न सक्छ । कहिलेकाहीं आगोले पोल्न सक्छ । यस्तो बेला के गर्ने ?

    Advertisement

    तुरुन्त अस्पताल पुर्‍याउन अनुकूल नहोला । कति गृहिणी त अत्तालिन्छन् पनि । किनभने उनीहरु मात्र घरमा भएको बेला बच्चालाई यसरी तातो पानी वा आगोले पोल्न सक्छ । अब उनीहरुलाई के गरौं, कसो गरौं हुन्छ ।

    अचानक यस्तो घटना भएमा हाम्रो दिमागले पनि सही काम गर्दैन । यद्यपि यतिबेला आफूलाई सम्हालेर बच्चाको (बुढापाका वा अरु व्यक्ति पनि हुनसक्छ) प्राथमिक उपचार गरिदिनुपर्छ ।

    हुन त आगो वा तातो पानीले कति पोलेको छ ? कसरी पोलेको छ ? त्यो कति जटिल वा सामान्य छ ? यसअनुसार पनि उपचार फरक हुनसक्छ । यदि धेरै जटिल अवस्था छैन भने घरमै केही प्राथमिक उपचार गरिदिनुपर्छ ।

    के छ प्राथमिक उपचार ?

    पानी वा आगोले पोलेको भागमा छाला रातो भएको छ, फोका उठेको छैन भने पोलेको भागमा तुरुन्तै चिसो पानी लगाइदिनुपर्छ । खासगरी धारो वा भाँडोबाट भएपनि धारा बनाएर पोलेको ठाउँमा लगाउनुपर्छ । दुखाइ वा पोल्ने क्रम कम नभएसम्म लगाइरहनुपर्छ । सामान्यतया आधा घण्टासम्म धारा बनाएर चिसो पानी लगाइरहँदा राम्रो हुन्छ ।

    यसरी चिसो पानी लगाउँदा पोलेको ठाउँमा दुखाइ कम हुन्छ । त्यसपछि पोलेको भागको अवस्था हेरेर थप उपचार गर्ने वा नगर्ने टुंगो गर्नुपर्छ ?

    यसरी पोलेको छालाको सतहमा फोका उठ्न सक्छ । त्यस्तो फोका फुटाउनु हुन्न । फोका फुट्यो भने घाउमा कपडा टाँसिन सक्छ । साथै घाउ दुख्ने र संक्रमण हुने जोखिम पनि हुन्छ ।

    धेरै मान्छेले के गल्ती गर्छन् भने पोलेको ठाउँमा आइस क्युब लगाउँछन् । पोलेको ठाउँमा तुरुन्त आइस लगाउनु हुँदैन । कतिपयले गोलभेंडा, गोबर लगाउँदा ठीक हुन्छ भन्ने पनि गरेको सुनिन्छ । यसरी अनुमानको भरमा घरेलु उपचार गर्दा घाउ थप जटिल बन्ने, संक्रमण हुने, पाक्ने हुनसक्छ ।

    कस्तो अवस्थामा तुरुन्तै अस्पताल लैजाने ?

    तातो पानी वा आगोले धेरै नै पोलेको छ, छाला पूरै नष्ट भएको वा गहिरो घाउ भएको छ भने कति पनि ढिला नगरी नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल पुर्‍याउनुपर्छ । यसरी अस्पताल पुर्‍याउने क्रममा पनि पोलेको भागमा चिसो पानीले भने भिजाइरहनुपर्छ ।

    नरम कपडालाई चिसो पानीले भिजाएर पोलेको भागमा राख्नुपर्छ । घाउ सुख्खा भएमा चिसो सफा रुपमालले ६–७ पटक भन्दा बढी भिजाइरहनुपर्छ । यसमा धुलो, फोहोर, झिंगा बस्न दिनु हुँदैन । आगो वा तातो पानीले पोलेको बच्चालाई प्रशस्त झोलिलो पदार्थ खुवाउनुपर्छ । उनीहरुको शरीर कमजोर हुन दिनु हुँदैन ।

    कहिलेकाहीं आगो वा तातो पानीले पोलेर निकै जटिल अवस्थामा पुर्‍याउन सक्छ । शरीरको धेरै भाग जल्न वा पोल्न सक्छ । छालाको भित्री तहसम्म त्यसको असर हुनसक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

    प्राथमिक उपचारका लागी निम्न टिप्स उपयोगी हुन्छ :

    १. यदि आगोले वा तातो पानीले पोलेको छ र छाला छेडिएको वा नष्ट भएको छैन भने तत्काल सफा चिसो पानीमा डुबाउनु पर्दछ ।

    २. यदि औलामा पोलेको छ र छाला नष्ट भएको छैन भने टमाटर काटेर लगाइ राख्दा पीडा कम हुन्छ ।

    ३. यदि पोलेको छ र फोका उठी सकेको छ भने त्यसलाई सकेसम्म फुटाउनु हुदैन ।

    ४. पोलेको छ र छाला नष्ट भई घाउ भएको छ भने सफा नरम कपडाले छोपि तत्काल अस्पताल जाने ।

    ५. आगो वा तातोपानि, तेलले पोलेका पीडितलाई प्रशस्त झोलिलो पदार्थ खान दिने ।

    ६. यदि एसिडले पोलेको छ भने स्लाइन पानि वा सफा पानीले घाउ सफा गरी तत्काल अस्पताल जाने ।

    ७. पोलेको घाउमा घिउकुमारीको भित्री भाग (गुदि) लगाएमा धेरै हदसम्म यो निको हुन्छ ।

    तर कुनै पनि वस्तु, आगो, तातो पानी वा एसिडले पोलेमा अवस्था अनुसार सकेसम्म अस्पताल गई उपचार गराउनु पर्दछ । अन्यथा सानो हेलचेक्र्याईले पनि पोलेको घाउमा गम्भीर समस्या आउन सक्छ ।

    शनिबार, माघ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer