• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सडकमा नक्कली लाइसेन्सधारी ‘यमराज’हरूको जगजगी


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • काठमाण्डौ। सवारी दुर्घटनाका तथ्यांक हेर्ने हो भने ‘स्तब्ध’ बनाउँछ । सँगै सवारी चालक नक्कली लाइसेन्सका फेहरिस्त देख्दा झनै अत्याउँछ । यो मुलुकमा ६ किसिमका नक्कली सवारी चालक अनुमतिपत्रका आधारमा एक लाख दुई हजार व्यक्ति सवारी साधन चलाउँदै छन् ।

    Advertisement

    सडकमा नक्कली लाइसेन्सको बिगबिगी हुनु भनेको ‘यमराज’ घुमिरहनु सरह हो । तिनले कतिखेर कसको ज्यान लिन्छन् भन्न सकिन्न । नक्कली लाइसेन्सको संख्या र नामनामेसीको फेहरिस्त स्वयं सरकारी संयन्त्रबाट संकलन भएका हुन् । अनि सरकारी अध्ययन प्रतिवेदनसँगै राज्यले तत्कालै संलग्नकर्ताहरू पहिचान गर्ने र नक्कली लाइसेन्स खोस्ने विशेष अभियान चल्छ भन्ने ठानिएको थियो । विकृति–बेथिति निन्त्रण गर्नु राज्यको आधारभूत दायित्व हो । अझ मन्त्री–प्रधानमन्त्रीले सुशासन मूल लक्ष्य बनाएको उद्घोष गरेको हुँदा त्यो भयावह तथ्यांकसँग सरोकार नराख्दा भनाइ–गराइबीचको विरोधाभासको खाडल बन्नेछ ।

    सरकारले नक्कलीमाथि कारबाहीका अस्त्र चलाउनुको बदला उल्टो छानबिन प्रतिवेदन नै ‘भूमिगत’ राख्ने खेल रच्यो । मिडियाले समेत प्रतिवेदन प्राप्तिका निम्ति सूचनाको हक प्रयोग गर्नुपर्ने अवस्था आयो ।

    राज्यसँगै रहेको कहालीलाग्दो तथ्यांकमाथि कारबाही गर्नुको बदला सरकारले मौनता साँध्नु रहस्यमय छ । यदि, सरकार नागरिकप्रति बफादार हुन्थ्यो भने ‘एक्सन’ देखापरिसक्ने थियो । सामान्य ‘एक्सन’ गर्न चाहेको भए पनि ट्राफिक प्रहरी कार्यालयहरूलाई ती ‘नक्कली लाइसेन्स’ नाम–नम्बर उपलब्ध गराउँदै कारबाही ‘निर्देशन’ गर्न सक्थ्यो । ट्राफिकले त्यो छानबिन फाइल समेत नपाएको जानकारी सार्वजनिक गराइसकेको छ । अर्थात् सरकार ट्राफिकलाई समेत नक्कली लाइसेन्सधारीको सूची उपलब्ध गराउन अनिच्छुक देखिनु आफैँमा उदेक लाग्दो छ ।

    सवारी दुर्घटनाको पहिलो कारण चालक हुन् । नक्कली लाइसेन्सधारी चालकको जगजगी रहेपछि दुर्घटना हुनु कुनै अनौठो रह्यो र ? सडकमा दश मिनेट उभिएर हेर्ने हो भने चालकका लापर्बाहीका हद् देख्न देखिन्छ, अझ मोटरसाइकल चालकहरू त आफ्नै ज्यानसमेत हत्केलामा पार्दै जिब्रो टोक्नुपर्ने दृश्य मञ्चन गरिरहेका हुन्छन् ।

    प्रधानमन्त्री, मन्त्री, सचिवहरूलाई सडकमा उभिएर त्यस्ता दृश्य हेर्नुस् भन्न नमिल्ला । किनभने सडकमा त्यसरी उभिँदा उनीहरूलाई धक या लाज लाग्न सक्ला । तिनले ट्राफिकसँग सडकमा चालकका लापर्बाहीका ‘भिडियो’ माग्दै हेर्न सक्छन् । हाम्रा सडकमा अराजकताको राज छ ।

    न चालकले लेन अनुशासन पालना गर्छन्, न तिनलाई कतिबेला कसरी ओभरटेक गर्नुपर्छ भन्ने सामान्य ज्ञान छ । तिनले लाइसेन्स प्राप्त गर्नुपूर्व लिखित र ट्रायल (प्रयोगात्मक) परीक्षा पास गरेको भए त्यतिविधि अनुशासनहीन काम चालकहरूबाट प्रदर्शन हुने थिएन । सडकमा अनुशासनहीन दृश्य तीव्र हुनुमा एउटा कारण नक्कली लाइसेन्स पनि हो ।
    नक्कली लाइसेन्सको तथ्य बाहिर आइसकेको पृष्ठभूमिमा सरकारी मौनता जायज ठानिँदैन । सडकमा नक्कली लाइसेन्सधारी सवारी चालकको ‘बिगबिगी’ अन्त्य गर्न सरकार तत्कालै रणनीतिमूलक योजनामा जानुपर्छ । पहिलो त, नक्कली लाइसेन्सधारीहरूको सूची ‘वेबसाइट’मा राखिनुपर्छ । सँगै ती लाइसेन्स ‘अवैध’ घोषित गरिनुपर्छ ।

    दोस्रो, त्यस्ता लाइसेन्स निश्चित अवधिभित्र फिर्ताको चेतावनीमूलक योजना बनाइनुपर्छ । सरकारद्वारा तोकिएको अवधिभित्र लाइसेन्स फिर्ता नगर्ने हकमा जरिबानासहितको कारबाही प्रक्रियामा जानुपर्छ । तेस्रो, तत्काल नक्कली अनुमतिपत्र अनुसन्धान प्रतिवेदन ट्राफिकलाई उपलब्ध गराइनुपर्छ । ट्राफिकले पनि ‘चेक गर्ने’ अभियान चलाउनुपर्छ । सक्कली लाइसेन्सका निम्ति लिखित र प्रयोगात्मक दुवै परीक्षा पारदर्शी र पद्धति दह्रो बनाइनुपर्छ ।

    कर्मचारीतन्त्रमा यातायात कार्यालय सरुवा मोह जाग्नुमा यस्तै नक्कली कामबाट अवैध धन आर्जन गर्न सकिन्छ भन्ने हो । त्यसो हुँदा नक्कली लाइसेन्स बाँड्ने महानिर्देशकहरूदेखि कर्मचारीहरूलाई निलम्बन गरी तत्कालै जाँचबुझमा जानुपर्छ । नक्कली लाइसेन्समा रजाईं चलाइरहेका दलाल–बिचौलियालाई कारबाहीको भागीदार बनाइनुपर्छ ।

    सवारी चालक अनुमतिपत्रमा त्यस्तो विकृत काम गर्न दुस्साहस प्रदर्शन गर्ने अधिकृतदेखि सहसचिवसम्मका महानिर्देशकहरूले के–के गर्न मात्र बाँकी राख्लान् ? अझ यातायातमा कमाएकाहरू नै झन् आकर्षक कार्यालय पुगेको दृश्य पनि निरन्तर छन् नै ।

    यस्ता प्रकरणमा मुछिएका सरकारी अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो । उसले नक्कली लाइसेन्स प्रकरण छानबिनदेखि त्यसमा मुछिएकाहरूको हकमा सम्पत्तिको जाँचबुझ गर्नु जरुरी छ । नत्र विकृति–अराजकताको मूकदर्शक बन्दै गयो भने ‘रातो घर’ (अख्तियार दुरुपयोग अनुसन्धान आयोग) माथि प्रश्न उठ्ने मात्र छैन कि विकृति–बदमासीकै संरक्षक ठानिनेछ ।

    नक्कली लाइसेन्स प्रकरणमा अधिकारप्राप्त राज्यका अंग तथा संयन्त्रमा मौनता होइन, यतिखेर ‘अतिरिक्त सक्रियता’ चाहिएको छ । राज्य मौन रहन्छ भने चालु संसद् अविधेशनमा र संसदीय समितिमा पनि यी विषयमा बहस हुनुपर्छ । सरकारलाई कारबाही गर्न बाध्य पारिनुपर्छ ।

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer