• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ १५, २०८३
☰
सोमबार, भदौ १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

इटहरी यातायात कार्यालयका कर्मचारीको मनोमानी


  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
  • विराटनगर । “तपाईं को हो, किन यहाँ उभिरहनुभएको ? कसले उभिन भन्यो ? उता जानुहोस्,” यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं गर्जिए ।

    Advertisement

    मुखमा मास्क लगाएका व्यक्ति टसमस गरेनन् । सुन्दरहरैँचा गाउँपालिकाको बाँसबारीस्थित ट्रायल सेन्टरमा आइतबार अपराह्नको यो कुराकानी यतिमै रोकिएन ।

    प्रसाईं ती व्यक्तिको नजिकै आएर फेरि ‘गइहाल्नुस्’ भन्दै कड्किए । यसअघि, प्रहरीले नजिकै उभिएका अरू सेवाग्राहीलाई पर जान भनिरहेका थिए । प्रसाईंले ‘पर जानू’ भन्दै आग्रह गरेका व्यक्ति ट्रयाल सेन्टरको टहरोबाट तल ओर्लिए ।

    मुखमा लगाएको कालो मास्क खोलेर उनले आफ्नो परिचय दिए । आफू कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई भएको उनले बताए ।

    मन्त्रीको परिचयपछि यातायातका निमित्त प्रमुख प्रसाईं अक्क न वक्क भए । त्यसपछि मन्त्री राईसँगै गएका मन्त्रालयका इन्जिनियरले ‘ट्रयालमा उत्तीर्ण र अनुत्तीर्ण भएकाहरूको नामावली पछाडि किन विवरण उल्लेख नगरेको ?’ भन्दै प्रश्न गरे ।

    प्रसाईंले ‘केही विवरण मिलाउनुपर्ने भएकोले त्यो पछि गर्ने तयारी गरेको’ सुनाए । ट्रायल प्रक्रियामा प्राविधिक नराखेको र तत्कालै पासफेल विवरण नराख्नु विधिसम्मत नभएको इन्जिनियरले बताए ।

    मन्त्री राई बोलेनन् । तर, इसारा गर्दै प्रक्रियाअनुरूप काम गर्न उनले यातायातका प्रमुखलाई सुझाए । त्यसपछि त्यहाँ खटिएका कर्मचारीले फटाफट उत्तीर्ण परीक्षार्थीको नामको दायाँ ‘पास’ र अनुत्तीर्णको पछाडि ‘फेल’ लेख्न थाले ।

    आफू सर्वसाधारणजस्तै बनेर उनीहरूले ट्रयाल दिँदा के कस्तो समस्या भोग्नुपर्ने रहेछ भन्ने बुझ्न अनुगमनमा गएको मन्त्री राईले बताए । “कर्मचारीको व्यवहार कस्तो हुने रहेछ भन्ने बुझ्न म अनौपचारिक भेषमा मास्क लगाएर यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टर पुगेको हुँ,” उनले भने, “त्यहाँ हुने गरेको कमजोरी र गलफदी मैले आफ्नै आँखाले प्रस्ट देखेँ । अबदेखि गल्ती नगर्न निर्देशन दिएको छु ।”

    अनुगमनमा जाँदा मन्त्री राईले आफ्ना सुरक्षाकर्मी र सचिवालयका कर्मचारीलाई समेत अनौपचारिक पोसाक लगाउन भनेका थिए ।

    आइतबार स्थानीय केशर बस्नेतले सिटी सफारीको लाइसेन्स लिन ट्रायल गरेका थिए । ट्रयाल दिँदा एक कर्मचारीले ‘लाइन छोएको’ भनेको उनले सुनाए । अर्को कर्मचारीले ‘ठिक छ’ भनेको उनको भनाइ छ ।

    “दुईजना कर्मचारीमध्ये एकले लाइन छोयो भन्नुभयो, अर्कोले ठिक छ भन्नुभयो,” उनले भने, “उसो भा म पासफेल के भएँ भनेर सोध्दा अहिले जानुहोस् भन्नुभयो ।”

    निमत्त प्रमुख प्रसाईंले यातायात कार्यालयले सकेसम्म सेवाग्राहीलाई झन्झट नदिने प्रयास गर्दै आएको जिकिर गरे । उनले भने, “फेसबुक पेज पनि बनाएका छौँ । त्यसमा परीक्षा, ट्रायल आदि सबै विषयमा जानकारी राखिदिने गरेका छौँ ।”

    इटहरी कार्यालयले महिनामा पाँचपटक ट्रायल गराउने गर्छ । त्यसमा हलुकादेखि ठूला सवारीसाधनको पनि ट्रायल गराइन्छ । एकपटकमा १५० देखि २०० जनासम्मले ट्रायल दिन्छन् । बायोमेट्रिक भएको चार दिनमा ट्रायल हुन्छ । एक दिन रिट्रायल गर्ने प्रबन्ध समेत गरिएको कार्यालयले जनाएको छ ।

    सोमबार, माघ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer