• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अनिल र भिमको शतकसंगै नेपालले क्यानडालाई ९ विकेटले हरायो


  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । क्यानडा विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाल ९ विकेटले विजयी भएको छ । नेपालले २३३ रनको चुनौती ४४.३ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको हो ।

    Advertisement

    नेपालका लागि अनिल साह र भिम शार्कीले दोस्रो विकेटका लागि १८९ रनको अविजित कीर्तिमानी साझेदारी गर्ने क्रममा व्यक्तिगत शतक पूरा गरे ।

    दुवैको यो एक दिवसीय अन्तर्राष्ट्रियको पहिलो शतक हो ।

    अनिलले १२४ बलमा ११२ तथा भिमले १२९ बलमा १०१ रन बनाए । ओपनर कुशल भुर्तेल भने १४ बलमा १३ रन बनाएर आउट भएका थिए ।

    सोमबार कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा दुई सय ३२ रनमात्र बनाउन सक्यो ।

    क्यानडाका लागि नवनित धलिवालले ५० तथा निखिल दत्तले ४५ रन बनाए । कप्तान साद बिन जाफरले १५ बलमा अविजित रहँदै ३१ रन बनाए ।

    नेपालका लागि हेमन्त धामीले ३ तथा कुशल मल्लले २ विकेट लिए । त्यस्तै ललित राजबंशी, आकाश चन्दले १ विकेट लिए ।

    यो खेल जितेसँगै नेपालले तीन खेलको श्रृंखलामा ह्वाइटवास (३–० को जित) गरेको छ । नेपालले पहिलो खेल ७ रनले तथा दोस्रो खेल ३ विकेटले जितेको थियो ।

    नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाएपछि पहिलो पटक क्यानडासँग औपचारिक एक दिवसीय श्रृंखला खेलेको हो ।

    नेपालको प्रशिक्षण मोन्टि देसाईले तथा क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।

    दोस्रो खेलको नतिजा
    कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरेसँगै नेपालले क्यानडालाई दोस्रो एक दिवसीय क्रिकेटमा हरायो । पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ३ विकेटले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

    २८६ रनको चुनौती नेपालले ४७ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेल्ने क्रममा १०१ बलमा ८७ रन बनाए । ४ छक्का र ८ चौका हानेका रोहित शतक बनाउनबाट भने चुके ।

    त्यस्तै यू–१९ टिमका कप्तानसमेत रहेका देव खनालले ८१ बलमा ७६ रन जोडे । ओपनर अनिल साहले २० बलमा ३ छक्का र ७ चौकाको मद्धतले ५० रन बनाए ।

    यसअघि क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २८५ रन बनायो । आरोन जोन्सनले ६५ रन बनाएको इनिङ्समा कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिए ।

    पहिलो पटक क्यानडासँग एक दिवसीय श्रृंखला खेलिरहेको नेपालको मनोबल उच्च छ । यसअघि नेपालले क्यानडा विरुद्धको पहिलो खेलमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो ।

    पहिलो खेलको नतिजा
    नेपालले क्यानडालाई ७ रनले हरायो । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए ।

    २२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनायो ।

    जित नजिक पुगेर पनि पछिल्लो ४३ रन जोड्न क्यानडाले ७ विकेट गुमाएपछि हारको सामना गर्नुपरेको हो । क्यानडाले ३२.५ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाइसकेको थियो ।

    निकोलस किर्टनले ६८, पार्गत सिंहले ५० तथा हर्ष थाकेरले ३२ रन बनाएका थिए । स्पिनरहरु चम्किएको खेलमा रोहितले ८.५ ओभर बलिङ गर्दै २ मेडन राख्दै २२ रनमात्र खर्चेका थिए ।

    त्यस्तै ललित राजबंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए ।

    यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २२४ रन बनायो ।

    ओपनर कुशल भुर्तेलले ५८ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै आरिफ शेखले ५० बलमा ३८ तथा सोमपाल कामीले २३ बलमा दुई छक्काको मद्धतले २७ रन बनाए ।

    त्यस्तै कुशल मल्लले ३२ बलमा २०, भिम शार्कीले २६ बलमा १७, पवन सर्राफले ३४ बलमा १५ तथा सूर्य तामाङले ३२ बलमा अविजित रहँदै १० रन जोडे । अन्य चार खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

    क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए ।

    सोमबार, माघ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer