• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल: २०८० फागुन


  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
  • मासिक राशिफल – फागुन २०८०
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई फागुन महिना उत्साहवद्र्धक रहनेछ। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। हराएको नगद प्राप्त हुनेछ। उधारो तथा सरसापटमा गएको रकम समेत फिर्ता लिन सकिनेछ। सेयर तथा साझेदारीमा मनग्य फाइदा लिने समय छ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। पछिल्ला दिनमा भौतिक साधनमा क्षति पुग्ने र खर्च बढ्ने सम्भावना छ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई फागुन महिनामा केही नयाँ अवसर प्राप्त हुनेछन्। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नयाँ काम थाल्ने वातावरण बन्नेछ। खर्च लागे पनि केही स्रोत–साधन जुटाउन सकिनेछ। अध्ययनले अवसर दिलाउनेछ। नियमित प्रयास गर्दा जटिल काममा पनि केही सफलता पाइनेछ। विशिष्ट व्यक्तिहरूको साथ–सहयोग जुट्नाले सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। अध्ययन तथा सीप विकासका लागि देश–विदेश घुम्ने मौका आउन सक्छ। लगानी परे पनि दिगो काम, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ। केही हदसम्म पहिलेको ऋण–सापटी चुक्ता गर्न सकिनेछ। आफ्नो क्षेत्रमा तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई फागुन महिनामा केही समस्या आउनेछन्। तापनि मिहिनेतले केही उपलब्धि प्राप्त गर्न सकिनेछ। स्वास्थ्यका लागि सन्तुलित आहार, व्यायाम र विश्राममा विशेष ध्यान पुर्याउनुपर्ने समय छ। जटिल काममा जुट्नुपरे पनि पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ। प्रयत्न गर्दा नयाँ काम थाल्ने वातावरण बन्नेछ। खर्च लागे पनि केही स्रोत–साधन जुटाउन सकिनेछ। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्नुहोला। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। तत्काललाई सेयर तथा लगानीको मूल्य कमजोर हुनाले लाभांश घट्न सक्छ। नयाँ क्षेत्रमा लगानी गर्न अर्को महिना पर्खनुहोला।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई परिस्थिति अनुकूल नहुनाले फागुन महिना केही संघर्षमय रहनेछ। काम रोकिने र स्वास्थ्यमा समस्या देखापर्ने समय छ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। सफलताको सिढी उक्लन केही महिना लाग्न सक्छ। लगनशील बन्दा अध्ययनमा भने लक्ष्य प्राप्त गर्न सकिनेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई फागुन महिना केही उतारचढावमय रहनेछ। परिवेश रमाइलो देखिए पनि यात्रा, भेटघाट र घर–गृहस्थीमा अलमल भइरहनेछ। आवश्यकता विचार नगरी किनमेल गर्दा अधिक रकम खर्च हुनेछ। कार्यक्षेत्रमा जटिल समस्या सुल्झाउनैपर्ने चुनौती आउन सक्छ। तापनि बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। अवरोध पुर्याउनेहरूलाई समेत रोकेर अघि बढ्न सकिनेछ। निरन्तर प्रयत्न गर्दा काम सम्पादन हुनेछ। खर्च लागे पनि केही स्रोत–साधन जुटाउन सकिनेछ। दिगो व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। आफ्नो उपलब्धिमा दाबी गर्नेहरू स्वतः पराजित हुनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पेसा–व्यवसायमा राम्रै उपलब्धि प्राप्त हुनेछ। रोग र शत्रु परास्त हुनेछन्। प्रतिकूल परिस्थितिमा पनि सावधानीले उपलब्धि जोगाउन सकिनेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई फागुन महिना निकै उपलब्धिमूलक रहनेछ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ। आँट र लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ प्राप्त गर्ने समय छ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले काम गर्ने जोश–जाँगर बढ्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत फेलापार्न सकिनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुने समय छ। नियमित आम्दानी बढ्नाले पुरानो कर्जा, सापटी घटाउन सकिनेछ। अध्ययनमा सफलता मिल्नेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई फागुन महिना आर्थिक दृष्टिले न्यून उपलब्धिमूलक रहनेछ। धेरैजसो पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। स्वास्थ्य र यात्राको प्रसंगमा अधिक खर्च हुनेछ। आफ्ना बाध्यता र कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्नो मान्यतामा अडान लिने बानीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ। अज्ञानता र बलजफ्ती गर्ने प्रवृत्तिले काम बिग्रन सक्छ। तापनि आयआर्जन हुनाले व्यावहारिक आवश्यकता पूरा गर्न सकिनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि–उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ भने पशुपालनबाट पनि लाभ उठाउन सकिनेछ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई घरायसी समस्या देखिए पनि फागुन महिनामा केही उपलब्धि प्राप्त गर्न सकिनेछ। अरूको भावना र विचारलाई बेवास्ता गर्दा परिवारमा असमझदारी देखा पर्नेछ। घरको जिम्मेवारी बढ्नाले सामाजिक कामबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। समय छँदा आलस्य गर्ने प्रवृत्तिले धेरै अवसर गुम्न सक्छन्। तर प्रयत्न गर्दा अप्ठ्यारो समयमा पनि केही काम बन्नेछन्। पेसा–व्यवसायमा सहयोगीहरूले साथ दिने हुँदा नयाँ काम थालनी गर्न सकिनेछ। मिहिनेतीहरूलाई प्रतिस्पर्धाले उचाइमा पुर्याउन सक्छ। उद्योग र व्यापारमा सामान्य लाभ हुनेछ। कृषि तथा पशुपालनमा केही समस्या आउन सक्छन्। नोकरीमा अरूको दबाब झेल्नुपर्ने परिस्थिति रहनेछ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। तापनि पहिलेको साख र उपलब्धि जोगाउन मिहिनेत गर्नुहोला।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई फागुन महिना उत्साहवद्र्धक रहनेछ। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनुका साथै लेखनकलामा निखारता आउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने समय छ। प्रतिष्ठित व्यक्तिले हौसला प्रदान गर्नेछन्। बल, तेज, पराक्रम बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा पाइनेछ। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। रोकिएका काम सम्पादन गर्ने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति अभिवृद्धि हुने सम्भावना छ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। आवश्यक भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ, सबैलाई समेटेर अघि बढ्नुहोला।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई फागुन महिनामा केही चुनौती देखिए पनि आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। महत्त्वाकांक्षी काम थालनी हुनेछ। तर केही अवरोध र चुनौतीसमेत झेल्नुपर्ने देखिन्छ, विशेष योजनामा स्वयं जुट्नुहोला। प्रयास गर्नेहरूलाई अवसरका बाटाहरू फेला पर्नेछन्। पढेर भन्दा गरेर सिक्ने समय छ। हल्ला नगरी काम गर्दा उपलब्धि हातपार्न सकिनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। कामका सन्दर्भमा प्रचलित नियम उल्लंघन हुने हुँदा वादविवादमा परिने सम्भावना छ। आलोचकहरूले समाजमा अफवाह फैलाउने चेष्टा गर्नेछन्। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। वाणीको लयमा कठोरताको आभास हुनेछ, वादविवादमा अघि नसर्नुहोला। विरोधीहरूले सहयोगी भड्काउन सक्छन्, सजग रहनुहोला। खर्च लागे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई फागुन महिनामा केही चुनौती देखापर्नेछन्। स्वास्थ्य कमजोर रहनेछ र जोस–जाँगरमा कमी आउनेछ। विशेषतः अप्ठ्यारा काम आँट गर्दा समस्यामा परिनेछ। र, समस्याबाट बाहिरिन खर्च लाग्नेछ। अरूको प्रलोभनमा फसिने सम्भावना छ। धेरै लाभको आशा गर्दा व्यर्थैमा श्रम, समय र धन खर्च हुनेछ। परिस्थितिवश सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। समयमा अल्छी गर्दा पछिल्ला दिनमा धोका हुन सक्छ। सानो काममा अधिक समय बित्नेछ र श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुने देखिन्छ। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। धैर्यसाथ प्रयत्न गर्दा समस्या समाधान हुनेछन्। र, सावधानीले उपलब्धि जोगिनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। खर्च लागे पनि विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई फागुन महिनामा आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि प्रभाव कमजोर बन्ने समय छ। लागत अध्ययन नगरी काम थाल्नाले समस्या पर्नेछ। आशा देखाउनेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। विदेश ताक्नेहरूलाई यात्रामा बाधा पर्नेछ। उठ्नुपर्ने रकम अड्किनाले व्यवहारमा अर्थअभाव देखापर्न सक्छ। फजुल खर्च, स्वास्थ्य बाधा र कानुनी अड्चनले जोशजाँगरमा कमी आउन सक्छ। परिस्थितिवश निर्वाहमूलक कार्य गर्न बाध्य भइनेछ। प्रतिकूल समयमा कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। आर्थिक व्यवस्था अनुकूल नभएसम्म नयाँ काम अघि नबढाउनुहोला। नियमित काम तथा पेसा–व्यवसायतर्फ सामान्य फाइदा भइरहनेछ। पहिलेको उपलब्धि जोगाउने प्रयास गर्नुहोला।

    मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer