• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना गर्नुपर्छ: खानेपानीमन्त्री यादव


  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । खानेपानी मन्त्री महिन्द्र राय यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ।

    Advertisement

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६ औँ वार्षिकोत्सव समारोहलाई मंगलबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले लिमिटेडको पुनर्संरचना आवश्यक रहेको बताउनुभएको हो।

    काठमाडौँ उपत्यकाभित्र खानेपानी व्यवस्थापन गर्नुपर्ने जिम्मा स्थानीय सरकारको भएपनि स्थानीय सरकार उदासीन बनेको उहाँको आरोप छ।

    लिमिटेडको वाषिकोत्सवमा स्थानीय सरकारको कोही प्रतिनिधि नदेख्दा आफूलाई दुख लागेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने खानेपानी लिमिटेडको वार्षिक साधारण सभामा स्थानीय सरकारका प्रतिनिधि उपस्थित हुनुहोला भन्ने अपेक्षा राखेको थिएँ। तर, यहाँ कोही देखिन। नराम्रो लाग्यो।”

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा काठमाडौँ महानगर र ललितपुर महानगरको शेयर छ। नेपालको संविधानले पनि खानेपानी र सरसफाइको मुख्य जिम्मा स्थानीय सरकारलाई दिएको उहाँको भनाइ छ।

    उपत्यकाको खानेपानी व्यवस्थापनमा यहाँका स्थानीय तहको साथ, सहयोग नरहेको मन्त्री यादवले बताउनुभयो। मन्त्री यादवले भन्नुभयो ,“संविधानले सरसफाइ र खानेपानीको बढी जिम्मा स्थानीय तहको हुने व्याख्या गरेको छ। तर, काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनमा यहाँका स्थानीय तहको खासै साथ–सहयोग देखिँदैन।

    बरु एउटा लिमिटेडले उपत्यका बासीलाई खानेपानीको व्यवस्थापन गर्ने जिम्मा लिएर हिँडेको बताउनुभयो। काठमाडौँ वरपरका मुहानबाट खेर गइरहेको पानीलाई सदुपयोग गर्दै उपत्यकामा पानीको उपलब्धता सधैँ हुने सुनिश्चित गर्नुपर्ने मन्त्री यादवको भनाइ छ।

    खानेपानी नगएर हावा मात्र गएर विलिङ् भइरहेको खानेपानीको बिल अध्ययन गरेर मिनाहा गर्न उहाँले लिमिटेडलाई सुझाव समेत दिनुभएको छ।

    फरक प्रसङ्गमा उहाँले नेपालको कुनै भूभागमा अझै पनि पानीका लागि डोको बोक्नुपर्ने अवस्था रहेकोले यो समस्या समाधानमा सरकार लागेको बताउनुभयो।

    मेलम्चीको पानी खेर फाल्ने छुट कसैलाई छैन : सचिव आचार्य

    खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीको पानी काठमाडौँ आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्ने प्रणालीमा समेत नयाँ आयाम देखिएको बताउनुभयो। तर, पानीको चुहावट भइरहेकाले यसको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ।

    सचिव आचार्यले भन्नुभयो, “मेलम्चीको पानी उपत्यकामा आएपछि वितरण प्रक्रियामा नयाँ आयाम देखिएको छ। तर, धेरै ठाउँमा चुहावट भएको छ। यसको व्यवस्थापनमा ध्यान दिनु जरुरी छ। धेरै मेहनतका साथ ल्याएको पानी त्यसै खेर फाल्ने छुट कसैलाई छैन।”

    अहिलेसम्म पानी नआउने धाराको तथ्याङ्क अबको १५ दिनभित्र मन्त्रालयमा पेस गर्न उहाँले निर्देशन समेत दिनुभयो। लिमिटेडको ढिलासुस्तीप्रति उहाँको आक्रोश थियो। उहाँले भन्नुभयो, “अहिलेसम्म पानी नजाने हावामात्र जाने धाराको तथ्याङ्क उपलब्ध गराउन दिएको मिमि नाघिसक्यो, अझै उपलब्ध गराउनुभएको छैन। अबको १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिन्छु।”

    लिमिटेडको आर्थिक स्थिति पनि त्यति सन्तोषजनक नदेखिएकाले यसको सुधारका लागि व्यवस्थापन पक्ष क्रियाशील हुनुपर्ने उहाँको भनाइ छ। आर्थिक वर्ष २०७८–७९ पछि लेखापरीक्षण पनि नभएकाले खानेपानीको सहयोगमा एडिबीको सहयोग गुम्ने खतरा रहेको समेत उहाँले बताउनुभयो।

    आगामी दुई हप्तामा लिमिटेड पुनर्संरचनाको काम सकिने उहाँको भनाइ छ। आगामी असारसम्म ४२९ किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न हुने आशामा रहेको उहाँ बताउनुहुन्छ। यस्तै लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाबाट चयन गरिने सचिव आचार्यको भनाइ छ।

    मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer