काठमाडौं । काठमाडौं सानो-भर्यांगस्थित कामना ईन्टरनेशनल स्कुलमा विद्याकी देवी सरस्वती माताको पूजा भब्य रूपमा सम्पन्न गरिएको छ । विहान आठ वजेर पन्ध्र मिनेटमा अमृत बेला पारेेर शुरु भएको पुजा दिउसो ४ वजेसम्म विद्यालयमा वैदिक विधि अनुसार सरस्वतीको विशेष पुजा अर्चना गरी सम्पन्न भएको विद्यालयका प्राचार्य नवराज पाण्डेले बताउनुभयो ।
यसैविच श्रीपञ्चमीको अवसरमा स्कुलमा नानी बाबुहरुको अक्षरारम्भ समेत गराइएको थियो । प्ले ग्रुपमा भर्ना भएका नव-आगन्तुक नानी बाबुहरुलाई शुभ-साईतमा आजै देखि अक्षरारम्भ गराइएको शैक्षिक निर्देशक लक्ष्मण पाण्डेले बताउनु भयो । शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको कामना ईन्टरनेशनल स्कुल, विद्यार्थीको सिकाई क्षमता र अभिभावकको चाहना अनुसारको शैक्षिक गतिबिधि गर्दै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गरेकोले आफुहरुको रोजाई कामना ईन्टरनेशनल स्कुल भएको अभिभावकहरुको भनाइ थियो । सरस्वती पुजा तथा भर्ना कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख महेश श्रेष्ठ र लेखा निर्देशक महेन्द्र अर्यालले गर्नुभएको थियो ।
उक्त अवसरमा नव-आगन्तुक नानी बाबुहरुलाई कामना फाउन्डेशनका अध्यक्ष ईश्वर अर्यालले मायाको चिनो प्रदान गर्नुभई फुलमालाले स्वागत गर्नुभएको थियो ।
कामना ईन्टरनेशनल स्कुलले शैक्षिक गतिबिधिका अलावा अरु बिबिध कार्यक्रम पनि गर्दै आएको छ । सोहि अवसरमा अहिले कामना क्याम्पसमा खेलकुद सप्ताह चलिरहेको छ ।








