• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरुवासँगै लिएको गाडी फिर्ता गर्न सतर्कताका सचिवलाई खानेपानीको पत्र


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ । खानेपानी मन्त्रालयले गाडी फिर्ता गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र पठाएको छ । सचिव राम आधार साह चढ्ने गाडी फिर्ता गर्न मन्त्रालयले गत माघ १६ मा केन्द्रलाई पत्र पठाएको हो ।

    Advertisement

    खानेपानी तथा ढल व्यवस्थापन विभागको नाममा रहेको बा २ झ ५०५० नम्बरको गाडी फिर्ताका लागि मन्त्रालयले पत्र लेखेको केन्द्र स्रोतले जानकारी दिएको छ । ‘यस मन्त्रालयको कामकाजमा प्रयोग भई राखेको बा २ झ ५०५० नम्बरको गाडी त्यहाँ केन्द्रमा रहेकोले हाल यस मन्त्रालयको लागि कामकाजमा आवश्यक परेको हुनाले फिर्ता गरिदिने व्यवस्थाका लागि आदेश अनुसार अनुरोध छ’– पत्रमा भनिएको छ ।

    सरुवा भएर गई सकेपछि छोडेर जाने कार्यालयका सम्पूर्ण सामानहरू बरबुझारथ गर्नुपर्ने हुन्छ । तर, आफूसँगै र वर्षौँसम्म पनि असम्बन्धित निकायका गाडीहरू हत्याउने चलन छ । जुन दुरुपयोग हो ।

    सार्वजनिक निकाय तथा पदाधिकारीहरूको समेत निगरानी राख्ने निकाय सतर्कता केन्द्रका सचिव आफैले खानेपानी मन्त्रालयको गाडी हडपेकोबारे सन्चारमाध्यममा केही समय अघि समाचार आएको थियो ।

    सम्बन्धित समाचार : सतर्कता केन्द्रकै सचिवले हडपे खानेपानी मन्त्रालयको गाडी

    मन्त्रालय स्रोतका अनुसार मन्त्रालयलाई गाडी आवश्यक भएकै कारण फिर्ता गर्न पत्र काटिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्दै आएको खानेपानी मन्त्रालयको गाडीमा आगजनी भएपछि मन्त्रालयलाई अहिले गाडी आवश्यक भएको बताइएको छ ।

    खानेपानी सचिवले प्रयोग गर्ने गाडी पनि अन्तैका
    त्यसो त खानेपानी मन्त्रालयले सतर्कता केन्द्रलाई गाडी फिर्ता गर्न पत्र काटिरहँदा मन्त्रालयका सचिव सुरेश आचार्यले शहरी विकास मन्त्रालयमा रहँदा प्रयोग गर्ने गरेको गाडी अझै फिर्ता गरेका छैनन् । शहरी विकासको सचिव हुँदा लिएको बा ९३५२ नम्बरको फर्चुन गाडी फिर्ता नगरेका हुन् ।

    सहरीबाट सतर्कता हुँदै खानेपानी मन्त्रालय पुगेका भए पनि उनले बरबुझारथ नगरी गाडी आफैसँग राखेका हुन् । मन्त्रालयले गाडी फिर्ता मागे आफू फिर्ता गर्न तयार रहेको उनले बताए । उनले प्रयोग गर्दै आएको अर्को मेलम्ची खानेपानी आयोजनाको बा ९ च ६७८४ नम्बरको प्राडो गाडी भने बुझाइ सकेको उनले बताए ।

    ‘जुन कार्यालयमा बसेका छौँ त्यो कार्यालयको गाडी राम्रो छ । अर्को कार्यालयमा सरुवा भएर जाँदा त्यही गाडी नै चढ्छु भन्ने कुरा त्यति युक्तिसंगत कुरा होइन’, नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनाली भन्छन्, ‘ कि त सचिव वा सहसचिव सरुवा हुँदै गर्दा पहिले प्रयोग गर्दै आएका गाडी लगायतका सामानहरू नै प्रयोग गर्ने व्यवस्था बनाउनु पर्‍यो, होइन भने सरुवा हुँदा बरबुझारथ गर्नुपर्छ । कसैले लैजाने कसैले नलैजाने हुनु हुँदैन । यसमा विधि र प्रक्रिया बनाएर एकरूपता कायम गर्नुपर्छ ।

    अर्थ मन्त्रालयले जारी गरेको कार्य सञ्चालन निर्देशिकाले सवारी साधन सुविधा पाउनेमा मन्त्री, संवैधानिक पदाधिकारी, सचिव, विशिष्ट श्रेणी र सहसचिव उल्लेख गरेको छ । यद्यपि सो सरहका पदाधिकारीले पनि दोहोरो सुविधा लिने र अन्यले समेत सवारी साधन सुविधा लिने होडबाजी चलेकै छ । साथै सरुवा भएर जाँदा पनि पुरानै रोजी गाडी नछोड्ने प्रचलन पनि छ ।

    पाउनु पर्नेले नै पनि पहुँच अनुशार सके जति प्रयोग गरिरहेका कर्मचारीहरूको संख्या पनि कम छैन । अझ आयोजना तथा परियोजनासमेत हेर्ने सहसचिवले नै तीन–चारवटैसम्म गाडी प्रयोग गरिरहेकोसमेत बताइन्छ ।

    खानेपानी मन्त्रीले नै हत्याएका छन् ६ गाडी
    सवारीमा मनपरी गर्न सचिव मात्रै होइन, मन्त्रीहरू समेत कम छैनन् । विवादै विवादले घेरिँदै आएका खानेपानी मन्त्री महेन्द्र राय यादवसहित उनको सचिवालयले मन्त्रालय तथा निकायका ६ वटा गाडी प्रयोग गर्दै आएको बुझिएको छ । स्रोतका अनुसार खानेपानी मन्त्री यादवले बा २ झ १०७६ र बा २ झ ७४३२ नम्बरको दुई वटा गाडी चढ्छन् ।

    बाँकी उनको सचिवालय र पार्टीका नेता चढ्छन् । नेपाल समाजवादी पार्टीका महासचिव रमेश यादवले बा २ झ ३७३० प्राडो चढ्छन् । बा २ झ २५४५ स्कारपियो मन्त्रीका पिए सत्यप्रकाश चढ्छन् । सत्यप्रकाशलाई बा ११ च ३७२७ पिकअप पनि उपलब्ध गराइएको छ । उनले सुब्बा सरहको सुविधासहित जिम्मेवारी पाएका छन् ।

    बा १ झ ८९९४ नम्बरको गाडी मन्त्रीका छोरा सुनिल यादव चढ्छन् भने मन्त्रीका भाइ वीरेन्द्र यादव अर्को एउटा प्राइभेट गाडी चढ्छन् । एउटा मन्त्रीलाई ६ वटा गाडी उपलब्ध गराएको छ । मन्त्रालयको तथ्याङ्कमा ५ वटा गाडी मन्त्रीलाई उपलब्ध गराइएको छ ।

    मन्त्री चढ्ने दुई वटा, ३७३०, २५४५, ६७६० नम्बरको गाडी मन्त्रालयको तथ्याङ्कमा छ । बा १ झ ८९९४ नम्बरको निजी गाडीलाई ६७६० नम्बरको सरकारी गाडी बनाएको बुझिएको छ ।

    सरकारी पदाधिकारी कसले कति गाडी पाउँछ र कसले पाउँदैन भन्ने स्पष्ट व्यवस्था छ । सरकारका मन्त्रीले दुई वटा गाडी पाउँछन् । तर, मन्त्रीले त्यो भन्दा धेरै गाडी प्रयोगमा ल्याएका छन् । यो राज्य स्रोतको चरम दुरुपयोग हो ।

    नेपाल सरकारका पूर्वसचिव मैनालीका अनुसार मन्त्रीको निजी सचिवालय र परिवार तथा पीएहरुले गाडीको दुरुपयोग गर्ने गरेका छन् । उनले भने, ‘मन्त्रीको हकमा एउटा कार र एउटा जीप उपलब्ध गराइने व्यवस्था छ । मन्त्रीले औपचारिक कार्यक्रममा जानको लागि झन्डावाला कार र फिल्डमा जानको लागि जीप उपलब्ध गराइएको हुन्छ । यो भन्दा बढी प्रयोगमा ल्याउनु भनेको दुरुपयोग नै हो ।’

    सबैतिर चरम दुरुपयोग
    भाषणमा शब्दैपिच्छे सुशासन झुन्ड्याइरहँदा व्यवहारमा लागू गर्ने इमानदारीकै कमीका कारण भनाई र गराईको तादम्यता मिलेको देखिँदैन । सवारी साधनको हकमा यतिसम्म विचित्रता देखिन्छ कि अड्डा अनुशार समान पदका कर्मचारीले चढ्ने गाडीमै फरक छ । त्यतिमा मात्रै सीमित छैन, डाडुपन्यु हातमा हुने निकायमा त तल्लो तहका कर्मचारीले प्रयोग गर्ने सवारी नै अन्य निकायमा दुई तह माथिका कर्मचारी भन्दा महँगो प्रयोग भएका छन् ।

    सिंहदरवारभित्र मात्रै होइन, बाहिरका सरकारी तथा अर्ध सरकारी निकायहरूको बेथिति पनि कम्ती छैन । सरकारी[सेतो] प्लेटलाई निजी[रातो] प्लेट बनाएर परिवार तथा भाइ भारदारको खातिरदारीमा सुम्पेका सवारीहरू छ्यापछ्याप्ती भेटिन्छन् सडकमा । सवारीसँगै काटिने तेलका कुपनको दुरुपयोग त कति कति !

    अझ बिचित्र त यो छ कि त्यही अड्डाका पहुँच नपुग्ने अथात् तल्लो तहका कर्मचारी यी सबै सुविधाबाट विमुख छन् । आसेपासेलाई सुम्पिई हाल्ने तर आफ्नै कर्मचारीलाई दिँदा दाँतबाट पसिना निस्कनेहरूको कम नभएको ती कर्मचारीहरूको दुःखेसो छ । ती कर्मचारीको बारेमा बोलि दिने कसले ?

    सिंहदरवारलगायत सरकारी कार्यालयहरूका आँगन तथा छेउछाउतिर कुहाएका सवारी साधनको कहाली लाग्दो अवस्थाको कुरूप चित्र त हेरि नसक्नुको छ । जसबारे सोच्ने फुर्सद कसलाई ?(प्रशासन)

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer