बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ।
राती १ बजे महेन्द्रनगरबाट काठमाडौ सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।
दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ। अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।
मृतकको विवरण अझै आइसकेको छैन। मृत्यु हुनेहरुमा ७ पुरुष र ३ महिला भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी हरिवहादुर ओलीले बताए ।
Advertisement




