• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विद्यालय चलाउने यसरी पो हो, आर्थिक स्रोत जुटाउन सामूहिक व्रतबन्ध


  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • नुवाकोट । सनातन हिन्दू संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा सञ्चालित सहिद जगतप्रकाशजङ्ग शाह संस्कृति माध्यमिक विद्यालयमा ८५ बटुकको सामूहिक व्रतबन्ध गरिएको छ । विद्यालय सञ्चालनको लागिसमेत आर्थिक स्रोत जुटाउन वसन्त पञ्चमीका अवसरमा आयोजित सामूहिक व्रतबन्धबाट रु पाँच लाख सङ्कलन गरिएको छ ।

    Advertisement

    सामूहिक व्रतबन्धमा सहभागी बटुकबाट विद्यालयले प्रतिबटुक रु छ हजार सेवा शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले जानकारी दिनुभएको छ । उहाँको अनुसार बटुकसँग लिएको शुल्क र सङ्कलित भेटीबाट विद्यालयकले निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइन्छ ।

    “न्यूनतम शुल्कमा पूर्ण धार्मिक विधिअनुसार बटुकलाई चाहिने पोसाक र भोजनको समेत उपलब्ध गराइएको छ”, अध्यक्ष डङ्गोलले भन्नुभयो, “अभिभावकलाई आर्थिक भार कम गराउन र सामूहिक भावनाको विकासमा समेत सहयोग पुर्याएको छ ।” विद्यालय सञ्चालनको लागि वैकल्पिक स्रोतको खोजीको लागि हरेक वर्षजस्तै यस वर्ष पनि वसन्त पञ्चमीको अवसरमा सामूहिक व्रतबन्ध गरिएको प्रधानध्यापक मञ्जु चित्रकारले जानकारी दिनुभयो । उहाँको अनुसार यस अभियानले समाजमा हुने भड्किलो परम्परा नियन्त्रण गर्न र हिन्दू संस्कृतिको रक्षा गर्न उल्लेख्य योगदान पुगेको छ ।

    सामूहिक व्रतबन्ध गर्न नुवाकोटसहित रसुवा, धादिङ, चितवन, गोरखालगायतका जिल्लाबाट बटुकको सहभागिता रहेको थियो । बटुकको व्रतबन्धमा सोही विद्यालयका पण्डित गोकुल सापकोटाको नेतृत्वमा रहेको १४ जना पण्डित–विद्यार्थीको सहभागिता रहेको थियो ।

    विसंं २०५५ मा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा दशसम्म अध्यापन हुने गरेको छ । विद्यालयले निःशुल्क आवासीय सुविधासहित संस्कृत भाषाको अध्यापन गराउन आर्थिक स्रोतको अभाव भएसँगै हिन्दू धर्मावलम्बीको पर्व नाग टाँस्न, रक्षा बन्धन गराउन, घरघरमा कुस भित्र्याउन, पितृ तर्पणलगायतका गतिविधिमा विद्यालयका शिक्षक–विद्यार्थीमार्फत सेवा दिएर आर्थिक स्रोत जुटाइने गरिएको छ । रासस

     

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer