• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बेँसीसहर–चामे सडक: तीन दशकपछि कालोपत्रे गरिँदै


  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
  • मनाङ । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको डुम्रे बेँसीसहर–चामे सडक सात किलोमिटर कालोपत्रे गरिएको छ । मनाङ जोड्ने एक मात्र सो सडकखण्डको ७.८ किलोमिटर सडक कालोपत्रे भएको हो । डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर किरण पोखरेलले अब सात सय मिटर कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिनुभयो । स्तरोन्नति तथा कालोपत्रे गर्न हालसम्म १९ करोड रुपियाँ खर्च भइसकेको उक्त सडकको ८५ प्रतिशत काम सकिइसकेको छ । कुल ५२ करोड ९६ लाख रुपियाँ लागत अनुमान गरिएकोमा २५ करोड ३२ लाख रुपियाँमा कालोपत्रेको सम्झौता भएको सडक योजना कार्यालयले जनाएको छ । २०७८ साल असारमा सम्झौता गरे पनि वर्षाका कारण असोजदेखि मात्र काम सुरु भएको थियो । सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०८१ साल असार ३० गतेसम्म म्याद थप गरिएको छ । विविध कारणले निर्माण रोकिएपछि २०५७ सालदेखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । ६५ किलोमिटर दुरी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।

    Advertisement

    सबइन्जिनियर सुमन अधिकारीले हिउँदमा बढी चिसोको समस्याले गर्दा मनाङतर्फको सडकखण्ड निर्माण सुस्त भएको बताउनुभयो । उहाँले अब चिसो घटेसँगै तीव्र रूपमा काम अघि बढाइने जानकारी दिनुभयो । ट्र्याक खोलेको २९ वर्षपछि लमजुङ खण्डमा अमेरिकी प्रविधिको अस्फाल्ट कालोपत्रे राख्ने काम भइरहेको छ भने सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको इन्जिनियर पोखरेलले जानकारी दिनुभयो ।

    सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको रहेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ । अन्तिम चरणको काम कालोपत्रे सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने इन्जिनियर पोखरेलले बताउनुभयो ।

    आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer