काठमाडौं । काठमाडौं सानो-भर्यांगस्थित कामना ईन्टरनेशनल स्कुलमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरु पढाईका अतिरिक्त व्यबहारिक र सिपमुलक ज्ञानमा पनि अब्बल हुनुपर्छ भन्ने उदेश्यका साथ अघि बढिरहेको कामना ईन्टरनेशनल स्कुलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । प्रदर्शनीमा विद्यार्थीहरुले प्राप्त गरेका ज्ञानलाई बिभिन्न माध्यमबाट प्रस्तुत गरेका थिए ।
छुट्टाछुट्टै ६ वटा स्टल राखेर गरिएको यस प्रदर्शनीमा विद्यार्थी, विद्यार्थीका अविभावक र छिमेकि विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कामना स्कुल/कलेज यस क्षेत्रकै उत्कृष्ट गन्तब्य रहेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथी नागार्जुन नपा वार्ड नं २ का अध्यक्ष थुमराम के. सी. ले, यि र यस्ता गतिबिधीले एकातिर विद्यार्थीहरुको सिकाई क्षमता अभिबृद्दी गर्ने छ भने अर्कोतर्फ शैक्षिक संस्थाको गुणस्तर पनि मापन हुने कुरा बताउदै, उहांले, आफु पनि शैक्षिक क्षेत्रलाई नजिकबाट बुझेको र यस क्षेत्रलाई माया गर्ने हुनाले कामना ईन्टरनेशनल स्कुललाई शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने कार्यमा दिल खोलेर सहयोग गर्ने बताउनु भयो ।
शैक्षिक प्रदर्शनी अवलोकन गर्न आउनुभएका अविभावकहरुले, आफ्ना नानीबाबुहरुले तयार पारेको बस्तुहरुको अबलोकन गर्न पाउदा ज्यादै खुशीलागेको बताउदै, आफ्नो रोजाईको शैक्षिक संस्था कामना ईन्टरनेशनल स्कुल/कलेज यस क्षेत्रकै उत्कृष्ट रहेको बताउनु भयो ।
पढाईका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने कुरामा कामनाले विशेस ध्यान दिदै आएको विद्यालय प्रमुख नवराज पाण्डेले बताउनु भयो । प्रदर्शनीमा विद्यार्थीहरुले प्राप्त गरेका ज्ञानलाई बिभिन्न माध्यमबाट उत्कृष्टरुपमा प्रस्तुत गरेका र सो कुरा विद्यालयको शैक्षिक गुणस्तरसंग जोडिने हुदा, आजको प्रस्तुती उच्चस्तरको भएको शैक्षिक निर्देशक लक्ष्मण पाण्डेले बताउनु भयो । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी नागार्जुन नपा वार्ड नं २ का अध्यक्ष थुमराम के. सी.लाई कामना फाउन्डेशनका अध्यक्ष ईश्वर अर्यालले मायाको चिनो प्रदान गर्नुभई फुलमालाले स्वागत गर्नुभएको थियो ।
कामना ईन्टरनेशनल स्कुलले शैक्षिक गतिबिधिका अलावा अरु बिबिध कार्यक्रम पनि गर्दै आएको छ ।
यसै सिलसिलामा फाल्गुण २ गते विद्याकी देवी सरस्वती माताको पूजा भब्य रूपमा सम्पन्न गरिएको थियो ।
यसैविच श्रीपञ्चमीको अवसरमा स्कुलमा नानी बाबुहरुको अक्षरारम्भ समेत गराएको थियो । प्ले ग्रुपमा भर्ना भएका नव-आगन्तुक नानी बाबुहरुलाई शुभ-साईतमा आजै देखि अक्षरारम्भ गराइएको शैक्षिक निर्देशक लक्ष्मण पाण्डेले बताउनु भयो । शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको कामना ईन्टरनेशनल स्कुल, विद्यार्थीको सिकाई क्षमता र अभिभावकको चाहना अनुसारको शैक्षिक गतिबिधि गर्दै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गरेकोले आफुहरुको रोजाई कामना ईन्टरनेशनल स्कुल भएको अभिभावकहरुको भनाइ थियो । सरस्वती पुजा तथा भर्ना कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख महेश श्रेष्ठ र लेखा निर्देशक महेन्द्र अर्यालले गर्नुभएको थियो ।
उक्त अवसरमा नव-आगन्तुक नानी बाबुहरुलाई कामना फाउन्डेशनका अध्यक्ष ईश्वर अर्यालले मायाको चिनो प्रदान गर्नुभई फुलमालाले स्वागत गर्नुभएको थियो ।
कामना ईन्टरनेशनल स्कुलले शैक्षिक गतिबिधिका अलावा अरु बिबिध कार्यक्रम पनि गर्दै आएको छ । सोहि अवसरमा अहिले कामना क्याम्पसमा खेलकुद सप्ताह चलिरहेको छ ।







