• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ १४, २०८३
☰
आइतबार, भदौ १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दुई घण्टा हिँडेपछि बल्ल विद्यालय पुगिन्छ,


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • मोरङ । मोरङ भन्नेबित्तिकै औसत मानिसको बुझाइ विकसित तराईको जिल्ला, कोशी प्रदेशको राजधानी, धान फल्ने फाँट भएको क्षेत्र बुझिन्छ । यही मोरङका बालबालिका अझै पनि दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन् भन्दा पत्यार नलाग्न सक्छ तर मोरङको केराबारी–५, भकारे र केराबारी–४ को डहरका बालबालिकालाई गाउँको सबैभन्दा नजिकको जनसेवा आधारभूत विद्यालय जान पूरै दुई घण्टा पैदल हिँड्नु पर्छ ।

    Advertisement

    कक्षा ६ मा अध्ययन गरिरहेकी भकारेकी विमला मगरले भन्नुभयो, “नयाँ मान्छेलाई अढाई घण्टा लाग्छ । हामी त बानी परेका छौँ । दुई घण्टामा नै विद्यालय पुग्छौँ ।” केराबारी–४, डहरकी दिलकुमारी मगरले भन्नुभयो, “हामी सात जना विद्यार्थी छौँ । बाटामा हुरहुरे र बुढी खोला पर्छन् । खोलामा पुल छैन । बाढी आयो भने बाटोबाटै घर फर्किनु पर्छ । विद्यालयबाट घर फर्कंदा बाढी आयो भने साथीहरूकोमा बस्नु पर्छ ।” कक्षा ५ मा पढ्ने ईशा, पुस्कल र निश्चल मगर तथा कक्षा ३ मा पढ्ने विवेक र विसन मगर पनि नियमित दुई घण्टा हिँडेर विद्यालय जानुहुन्छ ।

    पश्चिमउत्तरको साबिक याङ्सिला गाविसका अधिकांश गाउँमा विकास भर्खर पुग्दै छ । जनसेवा आधारभूत विद्यालयका शिक्षक कुमारबहादुर विश्वकर्माले भन्नुभयो, “पहाडी गाउँ भएकाले दुःख गर्नु पर्छ । टाढाका विद्यार्थीलाई छात्रावासको व्यवस्था गर्न पहल भइरहेको छ । पहाडी गाउँबाट बसाइँ सर्ने व्रmम बढेसँगै विद्यालयमा विद्यार्थीको अभाव हुन थालेको छ ।” उहाँले दुई घण्टा हिँडेर भए पनि सबै विद्यार्थी नियमित विद्यालय आउने गरेको बताउनुभयो ।

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer