• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आईजीपी कुँवर एक्लै गर्दैनन् निर्णय, एआईजीहरुसँग लिन्छन् सुझाव


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । गत बुधबार राति नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भयो । यो पल्ट अन्य सरुवाहरुमा जस्तो एसपी सरुवा विवादित भएन । केही एसपीहरु जिल्ला इन्चार्ज जान खोजेका थिए, जान पाएनन् । तरपनि उनीहरुले असन्तुष्टि जनाएनन् ।

    Advertisement

    पछिल्लो समय हुने प्रायः सरुवा सबै विवादित थियो/बन्यो । यसअघि प्रहरी प्रधान कार्यालय वा गृह मन्त्रालयले गर्ने निर्णयमा कोही न कोहीले असन्तुष्टि जनाउने गरेका थिए । तर, योपटकको सरुवामा कसैले असन्तुष्टि नजनाएपछि संगठन प्रमुखको प्रशंसा भएको छ ।

    योपटक २५ जिल्लाका मात्र प्रमुख परिवर्तन हुँदै थियो । सिमित जिल्लाहरुको मात्र प्रमुखको सरुवा हुने भएपछि अधिकांश एसपीहरु दौडधुपमा त थिए । तर, संगठन प्रमुखको अडानले जिल्ला इन्चार्ज पाउने/नपाउने सबै सन्तुष्ट देखिएका हुन् ।

    पछिल्लो समय प्रहरी निर्णय विवादमा नपर्ने एक मात्र कारण हो, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर । आईजी कुँवरले आफ्नो साथी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अगाडि राखेर निर्णय गर्नु ।

    एसपी सरुवा गर्नका लागि पनि आईजीपी कुँवरले आफ्ना ब्याचीहरु सबैलाई अगाडि राखेर सबैसँग सल्लाह गरी निर्णय गरेका थिए । त्यसैले एसपी सरुवा विवादित बन्न नपुगेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।

    यो मात्र काममा होइन आईजीपी कुँवरले सबै निर्णयहरुमा एआईजीहरुलाई अनिवार्य बोलाएर, उनीहरुको सल्लाह र सुझाव लिएर निर्णय गर्ने गरेका छन् । गृहमा कुनै प्रस्ताव लैजानु परेमा पनि उनीहरु एक ढिक्का भएर लैजाने गरेका छन् ।

    प्रहरी नेतृत्वको जिम्मेवारी सम्हाल्दै कुँवरले आफ्ना सबै ब्याजीहरुलाई मिलाएर सामूहिक निर्णय गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुरुप आईजीपी कुँवर कुनैपनि निर्णय गर्नुअघि आफ्ना ब्याचीहरुसँग छलफलमा जुट्नेछन् ।

    बढुवामा समेत आईजीपी कुँवरले अडान लिएका कारण वरियताक्रममा रहेका प्रहरी अधिकृतहरुले अवसर पाएका छन् । यसअघिको नेतृत्वको कार्यकालमा सिनियर हुँदाहुँदै पनि कोपभाजनमा परेका अधिकृतहरुले कुँवरको कार्यकालमा फुली लगाउन पाएका छन् ।

    आईजीपी कुँवरले सरुवा/बढुवामा कसैलाई असर नपर्ने गरी काम गर्ने पनि बताएका छन् । कार्यसम्पादन मुल्यांकन अनुसार प्रहरी कर्मचारीको सरुवा र बढुवा गरिने भन्दै आईजीपी कुँवरले नेताका घरदैलो नपुग्न मातहतका निकाय प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

    प्रहरीभित्र उनले सिस्टम बसाल्ने आईजीपीको छवि बनाएका छन् । २०७९ चैत ११ गतेदेखि नेपाल प्रहरीको नेतृत्व सम्हालेका कुँवरले उल्लेखनिय काम गरी अभिभावकिय जिम्मेवारी वहन गरेका छन् ।

    जतिबेला कुँवरको प्रतिस्पर्धामा एआईजीहरु टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । तर, उनीहरु सबै अहिले आईजीपी कुँवरलाई सफल बनाउन लागिपरेका छन् । कुँवरलाई सरकारले आईजीपी नियुक्त गरेपछि उनले पूर्वप्रहरी प्रमुख बनेका सबैसँग भेटेर सल्लाह सुझाव लिने गरेका छन् ।(सा सं)

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer