• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रावि शिक्षकमा माग भन्दा ६८३ कम परीक्षार्थी पास


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । शिक्षक सेवा आयोगले यसवर्ष प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने भएको छ ।

    Advertisement

    आयोगले २०७९ चैतमा काठमाडौंबाहेक ७६ जिल्लामा सात हजार ९५४ शिक्षक माग गरेको थियो ।

    त्यस अनुसार गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन गरेको थियो । १३ असोजमा लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा माग गरेभन्दा ६८३ जना परीक्षार्थी कम उतीर्ण भएका छन् ।

    ७६ मध्ये ४३ जिल्लामा मात्र माग गरेअनुसार परीक्षार्थी उतीर्ण भएका छन् । उतीर्ण भएकाहरुको अन्तर्वार्ता २० फागुनदेखि जिल्ला शिक्षा समन्वय इकाइमा हुनेछ ।

    कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उतीर्ण भएका छन् । बाँकी १२ जिल्लामा कम परीक्षार्थी उतीर्ण भएका छन् । त्यसमध्ये सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।

    मधेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मात्र मागअनुसार शिक्षक उतीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटको १३ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।

    बागमतीका काठमाडौंबाहेकका जिल्लामा कुल एक हजार ३३२ शिक्षक माग गरेकामा १५३ जना कम परीक्षार्थीले मात्र लिखित परीक्षामा नाम निकालेका छन् ।

    दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।

    गण्डकीमा बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

    लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उतीर्ण भएका छन् ।

    सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उतीर्ण भएका छन् । अरु जिल्लामा भने माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।

    किन भयो यस्तो ?

    शिक्षक सेवा आयोगको परीक्षार्थीहरुको तयारी कमजोर भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । शिक्षा शास्त्र केन्द्रीय विभागका शिक्षण सहायक बाबुराम राईका अनुसार प्रावि तहको शिक्षक उतीर्ण हुन अंग्रेजी, गणित, नेपाली, सामाजिक विषय पढाउन सक्ने गरी तयारी गर्नुपर्छ ।

    परीक्षार्थीहरु स्वअध्ययन भन्दा ट्युसन पढेर परीक्षा दिने तयारी गर्दा कमजोर देखिएको राईको बुझाइ छ । ट्युसन सेन्टरहरुले नयाँ विचार दिने, तर्क गर्ने, व्यवहारिक ज्ञान दिने भन्दा पनि प्रश्नको उत्तर घोकाउने काम गर्ने हुनाले त्यत्तिको भरले शिक्षकको परीक्षा उतीर्ण गर्न कठिन हुने शिक्षक सहायक राईले बताए ।

    शिक्षाविद् मिनाक्षी दाहाल परीक्षार्थीको तयारी र परीक्षा तथा परीक्षण मापदण्डबीच तालमेल नहुँदा माग गरिए अनुसार परीक्षार्थी उतीर्ण नभएको बताउँछिन् । कमजोर ग्रेड ल्याउनेहरुले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाले परीक्षामा सहभागीको संख्या बढी देखिए पनि अपेक्षा गरे अनुरुप शिक्षक नपाउने अवस्था रहेको उनको बुझाइ छ ।

    शिक्षक सेवा आयोगका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले यस वर्षको परीक्षाको नतिजा विश्लेषण नगरेकाले के कारणले कम परीक्षार्थी उतीर्ण भए पत्ता लगाउन नसकिएको बताए ।

    ‘अहिलेसम्मको नतिजा सार्वजनिक गर्नमा केन्द्रित थियौं । रिक्त दरबन्दी अनुसार स्थायी शिक्षक नपाउनुको कारण र विश्लेषण गर्ने तयारीमा छौं’, उनले भने ।

    कोशी प्रदेशको शिक्षा विकास निर्देशनालयको निमित्त निर्देशक कृष्णप्रदास पोखरेल यसको कारण पत्ता लगाउन आयोगको पाठ्यक्रम र विश्वविद्यालयको शिक्षाको गुणस्तरलाई विश्लेषण गरेर हेर्नुपर्ने बताउँछन् । ‘यी दुई पक्षबाट हेर्नुपर्छ तर यसैको नजिक रहेर विश्लेषण चाहिँ गरेका छैनौं’, उनले भने ।

     

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer