• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सडेको राजनीतिक प्रभाव, मिलेमतोमा शिक्षक दरबन्दी गायब


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • भक्तपुर । राजनीतिक तथा प्रशासनिक पहुँचको प्रयोग गरेर विद्यालय तहमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति झाङ्गिँदै गएको छ । यस कार्यमा विद्यालय, पालिका र शिक्षकको मिलेमतो हुने गरेको छ ।

    Advertisement

    यस वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब भएपछि दरबन्दी लुकाउने प्रवृत्ति सतहमा आएको हो । दरबन्दी यकिन गर्ने निकायलाई यसबारे थाहा हुने भए पनि मौन रहने गरेको पाइएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक प्रेम भट्टराईले दरबन्दी लुकाउने गरेको भन्दै गुनासाका फोन दैनिक जसो आउने गरेको बताउँदै भन्नुभयो, “दरबन्दी लुकाउन पाइँदैन । खाली दरबन्दी केन्द्रमा पठाउनै पर्छ ।”

    आगामी वर्षका लागि नयाँ शिक्षक पदपूर्ति गर्ने प्रयोजनका लागि केन्द्रले गत मङ्सिर ५ गते देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई रिक्त शिक्षकको जिल्लागत विवरण पठाई विवरण संशोधन गर्नुपर्ने भए एक साताभित्र सो विवरण पठाइसक्न निर्देशन दिएको थियो । त्यस बेला निम्न माध्यमिक तहमा ७५३ रिक्त दरबन्दी भएको विवरण केन्द्रले एकाइलाई पठाएको थियो । पछि देशभरका एकाइले विवरण संशोधन गरेर पठाउँदा ७२८ जना शिक्षक दरबन्दी रिक्त रहेको विवरण पठाएका थिए । केन्द्रले सोही विवरण शिक्षक सेवा आयोगलाई पठाएको थियो । गत साता आयोगले सोही आधारमा स्थायी शिक्षक मागको विज्ञापन आह्वान गरेको छ ।

    आयोगका सूचना अधिकारी कृष्णप्रसाद ढुङ्गानाले आफूहरूले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्याङ्कका आधारमा विज्ञापन गर्ने गरेको बताउँदै भन्नुभयो, “हामीले दरबन्दी थप्ने वा घटाउने भन्ने कुरै रहँदैन । केन्द्रले जे विवरण पठाउँछ, हामीले त्यसैका आधारमा विज्ञापन माग गर्ने गरेका छौँ ।”

    पछिल्लो समयमा पहुँचवालाले ‘आफ्ना’ लाई चाहेको विद्यालयमा सरुवा गराएर ल्याउन दरबन्दीको विषय नै परिवर्तन गर्नेसम्मका कार्य गर्ने गरेको पनि थाहा भएको छ । कतिपयले मोटो रकम लिएर विषय परिवर्तन गरिदिने गरेको पनि आरोप लाग्दै आएको छ ।

    विद्यालयमा कार्यरत कतिपय अस्थायी शिक्षकले नै स्थायी शिक्षक आएपछि आफ्नो जागिर गुम्ने भयले पालिकाका पदाधिकारी, राजनीतिक दलका नेता, शिक्षक सङ्घ सङ्गठनका नेता शिक्षकलगायतसँग गुहार मागेर दरबन्दी लुकधाउन सफल हुने गरेका छन् । त्यसबाहेक कतिपय शिक्षक जिल्लान्तर सरुवा भई आउन वर्षौंदेखि प्रयास गरेका हुन्छन् र पहुँचवालाको सम्बन्धले दरबन्दी लुकाउन सफल हुने गरेका हुन्छन् ।

    त्यसै गरी नयाँ नियुक्त भएर आउने स्थायी शिक्षक कस्तो पर्ने हुन् भनेर विद्यालयले नै कार्यरत अस्थायीलाई नै कायम गर्ने मानसिकताले पनि दरबन्दी लुकाइदिने चलन रहँदै आएको छ ।

    गत आर्थिक वर्षमा रिक्त दरबन्दीको विवरण पठाइसकेका तर शिक्षक उम्मेदवार अनुत्तीर्ण भई बाँकी रहन गएका रिक्त दरबन्दीको शिक्षक सेवा आयोगले पनि कायम गरेर विज्ञापन गर्ने र भुलबस एकाइले ती दरबन्दीसमेत पुनः पठाउने हुँदा कहिलेकाहीँ रिक्त सङ्ख्या घट्न जाने पनि तर्क गरिँदै आएको छ तर त्यस्तो सम्भावना निकै कम रहन्छ । शिक्षा नियमावलीमा पूर्वप्राथमिक विद्यालयमा कम्तीमा एक जना शिक्षक, निम्न माध्यमिक विद्यालयमा विषयगत कम्तीमा चारदेखि सात जना शिक्षक र माध्यमिक विद्यालयमा विषयगत कम्तीमा आठदेखि नौजना शिक्षक रहने व्यवस्था गरेको छ । ती शिक्षकको विषय तोकिएको हुन्छ तर त्यस्तो हुँदाहुँदै पनि कतिपय शिक्षकलाई विद्यालयमा सरुवा गराएर ल्याउन दरबन्दीको विषय नै परिवर्तन गर्ने खेल हुँदै आएको छ ।

    केन्द्रका निर्देशक भट्टराईले विद्यालयलाई आवश्यक पर्ने भए विषय परिवर्तन गर्न पाइने तर सरुवा प्रयोजनका लागि पाइँदैन भन्दै थप्नुभयो, “शिक्षा नियमावलीले गरेको दरबन्दी संरचनाको प्रतिकूल हुने गरी र आयोगमा गणना गरी पठाइएको विषयको दरबन्दी परिवर्तन गर्न पाइँदैन ।” नियम अनुसार रिक्त शिक्षक दरबन्दीको विवरण विद्यालयले पालिकालाई, पालिकाले एकाइलाई र एकाइले केन्द्रलाई पठाउनुपर्ने हुन्छ । आयोगले छनोट गरेका माध्यमिक र निम्न माध्यमिक तहका शिक्षक विवरणलाई प्रदेश शिक्षा निर्देशनालय पठाइन्छ ।

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer