• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दबारे मुद्दा, अदालतबाट प्रारम्भिक आदेश दिन अस्वीकार


  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय नेपाली डाक्टरहरुको अत्यधिक रोजाई रहेको थियो युएसएमएलई(USMLE)मा ।  यसै सम्बन्धमा नेपाली डाक्टरहरुको स्कोर रद्दबारे अमेरिकाको अदालतमा मुद्दा परेको थियो ।

    Advertisement

    वासिंटन डिसीको अदालतमा चलिरहेको मुद्दामा युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन प्रारम्भिक आदेशका लागि नेपाली डाक्टरको अनुरोध अदालतबाट अस्वीकार भएको छ । बुधबार विहान ११ बजेको सुनुवाईपछि प्रारम्भिक आदेशको अनुरोध गर्दै दायर गरिएको इमर्जेन्सी मोसन अदालतले अस्वीकार गरेको हो । तर वर्गीय कारबाही मुद्दाको रूपमा मुद्दा अघि बढाउनका लागि दायर गरिएको मोसन भने रेकर्डमा उल्लेख गरिएका कारणहरूले आरक्षित गरिएको छ। प्रारम्भिक आदेश दिन अदालतले अस्वीकार गरेपछि प्रभावित नेपाली डाक्टरहरु निराश भएका छन् । मुद्दाबारे न्यायाधिसको लिखित धारणा र आदेश भने आउन बाँकी छ ।

    आज दुबै पक्षलाई विहान अदालतमा न्यायाधिस क्रिस्टोफर कुपरको सामुन्ने भौतिक रुपमा उपस्थीत गराइएको थियो । जहाँ दुबै पक्षका तर्फबाट मौखिक तर्कहरु पेश गरिएको थियो । कोर्टरुम २७ एमा आजको सुनुवाई भएको हो । स्कोर रद्दको निर्णय रोक्न प्रारम्भिक आदेशको माग गर्दै युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा प्रभावित नेपाली डाक्टरले मुद्दा हालेकोमा अब तत्कालका लागि प्रभावित डाक्टरहरुले कुनै राहत नपाउने भएका छन् ।

    मुद्दामा प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले स्कोर रद्द गर्नुपर्नाको कारण दावी गर्दै ५७ पेजको तर्क अदालतमा पेश गरेको थियो । फेडेरेशन अफ स्टेट मेडिकल बोर्डका मुख्य मूल्याङ्कन अधिकारी डेभिड जोन्सन, नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका बरिष्ठ अधिकारी क्रिस फेडक, युएसएमएलईका उपाध्यक्ष एलेक्स जे मेचाबर, एसोसिएट उपाध्यक्ष डेनियल जुरिच, युएसएमएलईका सेवाग्राही अनुभव निर्देशक कोलिन वार्डले आफ्ना घोषणाहरु बुझाएका थिए भने साथमा बर्गीय मुद्दाका विरुद्धमा १४ पेज लामो र प्रारम्भिक आदेशको मागविरुद्धमा ४३ पेज लामो जवाफ समेत बुझाएका थिए । नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका तर्फबाट मुद्दाको प्रतिनिधित्व मिउ क्यारोलिनले गरेकी छिन् ।

    युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्नका लागि प्रारम्भिक आदेशको माग गर्दै दायर मुद्दाका सन्दर्भमा प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ को बेलुका ५ बजेसम्म आफ्ना तर्कहरु पेश गर्न अदालतले समयसिमा दिएकोमा उक्त समयसिमा सकिनु केही मिनेट अगाडि ती कागजातहरु पेश गरिएको अदालतको रेकर्डमा देखिएको छ । प्रभावित नेपाली डाक्टरले पसन सोमबार दिउसो साढे ३ बजे त्यसको २८ पृष्ठ लामो जवाफ दिएका थिए । त्यसको समयसिमा सोमबार बेलुका ५ बजेसम्म रहेकोमा समयसिमा सकिनु डेढ घण्टा अगाडि विद्युतीय प्रणालीबाट अदालतमा जवाफ पेश गरिएको थियो ।

    युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्दगरेपछि प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध फेब्रुअरी १२ मा अमेरिकी अदालतमा दायर गरेको मुद्दाबारे वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टले सोही दिन नै आदेश जारी थियो । युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस रुडोल्फ कोन्त्रेरसले एक आदेश जारी गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेका थिए । अब यो मुद्दा न्यायाधिस क्रिस्टोफर कुपरको बेन्चमा पुगेको छ ।

    प्रभावित डाक्टरका तर्फबाट दायर गरेको मुद्दामा निर्णय गर्दै न्यायाधिस कोन्त्रेरसले वादीहरूले युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्न प्रारम्भिक निषेधाज्ञा अनुरोधको सम्बन्धमा चलिरहेको अदालतको मुद्दाको सन्दर्भमा द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले ३१ जनवरी २०२४ वा आसपासमा स्कोर रद्दको सूचनाहरू प्राप्त गर्ने व्यक्तिहरूबाट कुनै पनि आवश्यक जवाफको लागि अन्तिम म्याद स्थगित गर्ने निर्णय गरेको थियो ।

    अदालतको आदेश अनुशार द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले आफ्नो हालैको सूचनाको जवाफ दिनको लागि अन्तिम म्याद वादीको प्रारम्भिक आदेशको लागि अनुरोधमा अदालतको निर्णय नआउँदासम्मका लागि पछाडि सानुपर्नेछ । यो सम्बन्धित वर्गमा पर्ने अर्थात् प्रभावित सबै डाक्टरहरुका सन्दर्भमा लागू हुनेछ । द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले एजुकेशनल कमिसन फर फरेन मेडिकल ग्रयाजुएट, फेडेरेशन अफ स्टेट मेडिकल बोर्ड र म्याचलाई पनि यो विस्तारको बारेमा जानकारी दिनुपर्नेछ ।

    कुनै पनि पक्षले अन्य सम्भावित चासो राख्ने तेस्रो पक्षहरूलाई जवाफ दिने समयसिमा विस्तारबारे सूचित गर्न सक्ने अदालतको आदेशमा उल्लेख छ । साथै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावितहरुलाई निर्णय पठाउन वा जवाफ दिनका लागि तय भएका कुनै पनि डेडलाइनहरु अदालतले प्रारम्भिक आदेश जारी नगर्दासम्म स्थगित हुनेछन् । योसँगै मुद्दाका प्रभावित डाक्टरहरुले युएसएमएलईको स्कोर रद्द गर्ने निर्णयमा संलग्न अन्य पक्षलाई सूचित नगरी एकतर्फी रुपमा अस्थाई रोक लगाउने आदेशका लगि गरेको माग भने अस्वीकार गरिएको थियो ।

    द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले वादी वा कुनै पनि प्रभावितहरुको कारणले कुनै राहत वा सबैलाई समेट्ने राहतको प्रतिज्ञा स्वीकार नगर्ने अदालतलाई थाहा भएको र प्रारम्भिक निषेधात्मक राहतको लागि अनुरोधसहितको वादीको उजुरी र उसलाई भएका सबै अधिकार र प्रतिरक्षाहरू द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरमा सुरक्षित रहने अदालतको आदेशमा जनाइएको थियो ।

    युएसएमएलई कार्यक्रमले अनुसन्धान पछि नेपालका परीक्षार्थीहरुले परीक्षामा प्रश्नहरुको जवाफ दिंदा असामान्य प्रकारको ढाँचा प्रयोग गरेको पत्ता लागेको भन्दै उनीहरुको नतिजालाई रद्द गरेपछि अमेरिका आइसकेका नेपाली डाक्टरहरु समेत समस्यामा परेका छन् । युएसएमएलई परीक्षा उत्तिर्ण गरेर अमेरिका आइसकेकाहरुको समेत पहिलो, दोश्रो र तेश्रो चरणको नतिजासमेत रद्द गरेपछि अमेरिकामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु समस्यामा परेका हुन् । उनीहरुमध्ये कतिपयलाई अस्पताल र युनिभर्सिटीहरुले नआउनका लागि सुचित गरिसकेको छ ।

    बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer