• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब पोखराका ताल र खोलामा नयाँ मापदण्ड लागु


  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
  • कास्की । पोखरा महानगरले भवन, पूर्वाधार, खोला, खोल्साको नयाँ मापदण्ड सार्वजनिक गरेको छ । आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ सार्वजनिक गर्नुभएको हो ।

    Advertisement

    नयाँ मापदण्डले सामान्य आवासीय भवन थप अग्लो बनाउन अनुमति दिएको छ । अब पोखरामा पाँच तलासम्मका भवन निर्माण गर्दा माटो परीक्षण गर्नुपर्ने छैन । पोखरा महानगरको १३ औँ कार्यपालिका बैठकले नयाँ मापदण्ड पास गरेको थियो । पोखरामा यसअघि तीन तलासम्मका मात्र भवन बनाउन पाइने मापदण्ड थियो ।

    युरोपियन युनियनको आर्थिक सहयोगमा यो मापदण्ड बनेको हो । “१७ मिटर वा ५५ फिटसम्मका संरचनाका लागि माटो परीक्षण गर्नु पर्दैन,’ महानगरका घर नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भन्नुभयो, ‘त्यसभन्दा अग्ला संरचना निर्माणका लागि माटो परीक्षण गरी त्यसको अवस्था अनुसार अनुमति दिन्छौँ ।”

    पुरानो मापदण्डमा अग्ला भवन बनाउन नपाइने भए पनि पहिला मापदण्ड बमोजिम स्वीकृति लिएर पछि थप अग्ला संरचना बन्दै आएका छन् । अहिले महानगरमा १० तलाभन्दा अग्ला भवन १९ वटा रहेको महानगर तथ्याङ्क छ ।

    औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता भिड ठाउँमा लम्बाइ अनुसार त्यसको चौडाइको मापदण्ड तोकिएको छ । सय मिटरसम्म लामा संरचनामा छ मिटरको प्रवेश स्थल हुनुपर्ने मापदण्ड छ भने दुई सय मिटर लामा पूर्वाधारमा आठ मिटरको प्रवेश स्थल हुनुपर्छ । यस्ता भिडभाड हुने ठाउँ चार सय र सय सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाइ क्रमशः ११ मिटर र १४ मिटर हुनुपर्छ । छ सय मिटरभन्दा लामा यस्ता पूर्वाधारमा प्रवेश त्यसको चौडाइ २२ मिटर हुनुपर्छ ।

    फेवातालसहित अन्य तालको मापदण्ड सर्वोच्च अदालतको आदेश अनुसार तय गरिएको छ । फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर छ । बेगनास र रुपातालको एक सय मिटर र बाँकी तालमा किनारबाट ५० मिटर मापदण्ड तोकिएको छ । महानगरमा रहेका अरू साना पोखरीको वरिपरि किनारबाट छ मिटर मापदण्ड तोकिएको छ ।

     

    डिल, भीर, पहिरो छेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेट ब्याकको व्यवस्था छ । पाँच मिटरसम्मका अग्ला डिल, भीर पहिरोमा दुई मिटर सेट ब्याक राख्नुपर्ने छ भने पाँच देखि १० मिटरसम्म तीन मिटर र १० देखि १५ मिटरसम्मका लागि पाँच मिटर सेट ब्याक तोकिएको छ ।

    यसै गरी, १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेट ब्याक साढे सात मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेट ब्याक तोकिएको छ ।

    नयाँ मापदण्डले पोखरा महानगर हुँदै बग्ने सबै खोला र नदीको मापदण्ड बनाएको छ । सेती नदी र मर्दी, मर्दी, सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकिएको छ । याम्दी र सुइखेतखोलाको मापदण्ड १७ मिटर बनाइएको छ । फिर्के र बुलौदी खोलामा पूर्वाधार बनाउँदा छ मिटर छाड्नुपर्ने भएको छ भने बगादीखोला, बेगनासताल खोला र तालखोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा सात मिटर छाड्नुपर्ने भएको छ ।

    यसै गरी, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण भएको छ । पोखरा महानगरभित्रका अरू सबै सामान्य खोल्सानजिक छ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने भएको छ ।

    महानगरका प्रमुख आचार्यले नयाँ मापदण्डबारे जानकारी दिँदै कार्यान्वयन प्रक्रियामा जाने उल्लेख गर्नुभयो । “नयाँ मापदण्डबारे पहिला अवारनेस दिन्छौँ, त्यसपछि कार्यान्वयनमा जान्छौँ,” उहाँले भन्नुभयो ।

    कार्यक्रममा युरोपियन युनियनका रञ्जनप्रकाश श्रेष्ठले नयाँ मापदण्डको स्वामित्व लिएर महानगरले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद दिनुभयो । यही कार्यक्रमबाट पोखरा महानगरसँग सहकार्य सुरु भएको उहाँको भनाइ छ ।

    बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer