• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • कैलाली । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ ।
    एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पु¥याउनुपर्ने बाध्यताको अन्त्य हुने रामबहादुर चौधरीले विश्वास व्यक्त गरे ।

    Advertisement

    “बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव हुँदैन । यसअघि शीत भण्डारमा लगेर राख्दा निकै महँगो हुने गरेको थियो”, उनले भने, “टीकापुरमै शीत भण्डार निर्माण भएपछि यहाँका किसानलाई फाइदा पुग्नेछ ।” योसँगै उत्पादन भएका तरकारीले राम्रो बजार पाउने विश्वास बढेको उनको भनाइ थियो ।

    टीकापुरका लक्ष्मण चौधरीले सिजनमा उत्पादन भएका भण्डारण गरी बजारीकरण गर्न सकिने भन्दै यसबाट सिजनमा उत्पादित तरकारी तथा फलफुलले राम्रो बजार पाउने बताए । “सिजनमा ३०-३५ क्विन्टल आलु उत्पादन हुन्छ । प्याज पनि त्यस्तै उत्पादन हुने गरेको छ”, उनले भने, “त्यो समयमा बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या हुन्छ । शीत भण्डारमा भण्डारण गरेर पछि बिक्री गर्दा प्रशस्त आम्दानी लिन सकिन्छ ।”

    एक हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि २५ प्रतिशत किसानले लगानी गर्नेछन् भने बाँकी ७५ प्रतिशत कार्यान्वयन इकाईले गर्ने जनाएको छ ।

    टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिका किसानले यसबाट लाभ लिन सक्नेछन् । करिब रु सात करोड छ लाख ६९ हजार छ सय को लागतमो रानीजमरा कुलरीया मूल कुलो समितिको मातहतमा रहने गरी शीत भण्डार निर्माण गरिने समितिका अध्यक्ष कुमारराज शाहीले जानकारी दिए ।

    ”यस आयोजनामा अधिकांश किसानको लगानी रहेको छ । किसानको लगत सहभागितामा शीत भण्डार निर्माण हुँदा त्यसको बढीभन्दा बढी फाइदा किसानले लिन सक्छन्”, अध्यक्ष शाहीले भने, “अधिकांश किसानको लगानी भएकाले यसको संरक्षण र सम्बर्द्धनमा किसान स्वयमं अग्रसर रहन्छन् ।” उनका अनुसार शीत भण्डारमा केही कृषि सहकारीले पनि शेयर लगानी गरेका छन् ।

    किसानबाट समयमा लागत सङ्कलन हुन नसक्दा तीन वर्ष इकाईले विनियोजन गर्दै आएको करिब रु छ करोड बजेत फ्रिज जाने गरेको थियो ।

    अहिले किसानको पूर्ण सहयोगमा शीत भण्डार निर्माणले सार्थकता पाउन लागेको कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरीले बताए । “शीत भण्डारको ठेक्का सम्झौता भइसकेको छ । विश्व बैंकका प्रतिनिधिले यसको अनुगमन समेत गरिसक्नु भएको छ”, उनले भने, “अनुगमनबाट आएको प्रतिवेदन अध्ययन गरेर बाँकी काम अगाडि बढाउने तयारी भएको छ ।”

    प्रमुख चौधरीका अनुसार आगामी डिसेम्बर १५ भित्र शीत भण्डार निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । शीत भण्डार निर्माण भएपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने उनको भनाइ थियो ।

    “राज्यले कृषि क्षेत्रका लागि अर्बौँको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा बजारीकरणमा शीत भण्डारले सहजीकरण गर्नेछ”, प्रमुख चौधरीले भने, “किसानले मौसममा उत्पादन गरेका वस्तु बेमौसममा राम्रो मुल्यमा बिक्री गर्न शीत भण्डारले मद्दत गर्नेछ ।”

    किसानबाट लागत रकम सङ्कलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले उपलब्ध गराएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो । कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख रामलाल डगौरा थारुले बताए ।

    “हाम्रो प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा छ । कृषिबाट टीकापुर नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ”, उनले भने, “यसमा रानी जमरा कुलरीया सिँचाइ आयोजनाको अर्बौँ लगानी छ । अन्य क्षेत्रले पनि समन्वय गरिरहेका बेला पालिकाले किसानलाई उत्साहित बनाउने कार्यक्रम ल्याएको हो ।”

    उन्नत बीउ उत्पादनका लागि कार्यान्वयन एकाइ र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको छ । साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना उत्पादन गरेर वितरण गरिने नगर प्रमुख थारुले जानकारी दिए । “टीकापुर क्षेत्रमा उत्पादन राम्रो भए पनि बजारीकरणको समस्या थियो”, उनले भने, “शीत भण्डार निर्माण भएपछि बजारीकरणको समस्या पनि हट्दै जानेछ ।” रासस

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer