• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सामाजिक सुरक्षा कोषमा पचास अर्ब बढी जम्मा


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा करिब ५० अर्ब रुपियाँ जम्मा भएको छ ।

    Advertisement

    कोषका अनुसार बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ४९ अर्ब ८६ करोड रुपियाँ योगदानबापतको रकम जम्मा भएको हो ।

    कोषको कार्यक्रम २०७५ मङ्सिर ११ गते सुरुवात भएर २०७६ साउन १ बाट औपचारिक रूपमा सञ्चालनमा आएको कोषमा १८ हजार ७०८ रोजगारदाता र ११ लाख ४८ हजार ७१२ जना योगदानकर्ता आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषका औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनामा गरी चार योजनामा एक लाख ६२ हजार ५९९ जनालाई सात अर्ब ६३ करोड रुपियाँ दाबी भुक्तानी भएको कोषले जनाएको छ । जसमा कोषमा जम्मा भएको रकममध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ५३ हजार ९७५ जनालाई ९० करोड ६५ लाख ६२ हजार २०१ रुपियाँ भुक्तानी गरिएको छ ।

    यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा दुई हजार ७६९ जनालाई १० करोड ५५ लाख ३८ हजार ४६९ रुपियाँ भुक्तानी गरिएको छ । त्यसै गरी आश्रित परिवार सुरक्षा योजनामा ४५५ जनालाई १२ करोड ६२ लाख ५२ हजार ८०५ रुपियाँ भुक्तानी गरिसकिएको छ । त्यसरी नै वृद्धावस्था सुरक्षा योजनामा ६९ हजार चार सय जनालाई छ अर्ब ४५ करोड ५६ लाख ४५ हजार ०२४ रुपियाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ । वृद्धावस्था योजनाबाट भुक्तानी लिनेमा यसअघि सञ्चय कोषमा योगदान गरेका र पछिल्लो पटक सामाजिक सुरक्षा आबद्ध भएपछि योगदान गर्ने बढी रहेको कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

    कोषको योजनामा हालसम्म ११ लाख ४८ हजार ७१२ जना योगदानकर्ता आबद्ध भएका छन् । कोषको योजनामा आबद्ध हुने योगदानकर्तामध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने छ लाख ६७ हजार २१३ श्रमिक रहेका छन् भने सबैभन्दा थोरै स्वरोजगारतर्फका ७२ जना रहेको कोषले जनाएको छ । कोषका अनुसार कोषको योजनामा आबद्ध हुने औपचारिक क्षेत्रका चार लाख ८१ हजार २८८ योगदानकर्ता छन् भने अनौपचारिक क्षेत्रका १२१ जना श्रमिक रहेका छन् ।

    वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने अनिवार्य सर्त भएकाले विदेश जाने हरेक कोषको योजनामा एक पटक आबद्ध भएका छन् तर विदेश गएर कोषको योजनामा निरन्तरता दिनेको सङ्ख्या असाध्यै थोरै छ । वैदेशिक रोजगारीमा गएका कोषको योजनामा आबद्ध भएका श्रमिक र विदेशमा स्वरोजगार रहेका श्रमिक गरी लगभग पाँच हजारले मात्रै कोषको योजनामा निरन्तरता दिएका छन् ।

    कोषको योजनामा आबद्ध हुने फरक व्यवस्था

    कोषको योजनामा चार किसिमका श्रमिकका योजना लागु भएका छन् । २०७६ साउन १ बाट औपचारिक क्षेत्रको सुरु गरियो । जसमा अहिलेसम्म १८ हजार ७०८ रोजगारदाता प्रतिष्ठान र ती प्रतिष्ठानमा काम गर्ने कर्मचारी चार लाख ८१ हजार २८८ जना आबद्ध भएका छन् । जसमा सरकारले तोेकेको न्यूनतम पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत योगदानकर्ता गरी ३१ प्रतिशत रकम कोषमा जम्मा हुँदै आएको छ । यस्तै अनौपचारिक क्षेत्रको श्रमिकलाई कोषको योजनामा आबद्ध गर्नका लागि कोषले हालसम्म ४१ वटा पालिकासँग सम्झौता गरिसकेको छ । ती पालिकामा अनौपचारिक क्षेत्रमा काम गर्ने १२१ जना निर्माण, कृषि, घरेलुु र यातायात क्षेत्रका श्रमिक आबद्ध भएका छन् । जसका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजारको ९.३७ प्रतिशत पालिकाले र ११ प्रतिशत श्रमिक स्वयम्ले गरी २०.३७ प्रतिशत हुनुपर्ने व्यवस्था छ । त्यसै गरी वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति लिनुपूर्व कोषमा दुई हजार तीन सय जम्मा गर्नु पर्छ भने स्वरोजगारवालाले न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत नै स्वरोजगार श्रमिकले कोषमा योगदान गर्नु पर्छ ।

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer