• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिमेन्ट निर्यात बढ्यो


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला भने सिमेन्टको निर्यात भने बढेको छ ।

    Advertisement

    भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म कुल निर्यात सात प्रतिशतले घटेका बेला सिमेन्टको निर्यात भने हवात्तै बढेको छ ।

    विभागका अनुसार सात महिनामा दुई अर्ब ६० करोड ८५ लाख रुपियाँ बराबरको १० लाख ७३ हजार टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । जसमा ९८ करोड ३७ लाख ९३ हजार रुपियाँको क्लिङ्कर एक अर्ब ७७ करोड रुपियाँ सिमेन्ट निर्यात भएको छ । छिमेकी मुलुक भारतमा सिमेन्ट निर्यात हुने गर्छ ।

    गत वर्ष सो अवधिमा १६ करोड ७० लाख ३३ हजार रुपियाँ एक लाख ५२ हजार टन सिमेन्ट निर्यात भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट र क्लिङ्कर निर्यात बढ्न थालेको हो । आव २०७९/८० को बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गरिएको थियो ।

    देशको समग्र निर्यात निराशाजनक रहेका बेला सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो ।

    “आन्तरिक बजारमा ३५ प्रतिशत मात्र सिमेन्ट खपत हुने गरेको छ,” उहाँले भन्नुभयो, “आर्थिक गतिविधि न्यून भई माग घट्दा १५ देखि २० वटा सिमेन्ट उद्योग बन्द रहेका छन् ।”

    आर्थिक सङ्कटका कारण पछिल्लो समय मुलुकमा नयाँ घरहरू समेत निर्यात भएको छैन । सरकारले विकास बजेट राम्ररी खर्च गर्न नसक्दा पनि सिमेन्टको खपत प्रभावित भएको छ जसको कारणले गर्दा पनि बजारमा सिमेन्टको माग घट्दै गएको व्यवसायीको भनाइ छ । “सरकारले निर्यातका लागि उचित व्यवस्थापन गरेपछि स्वदेशी सिमेन्ट उद्योगले वार्षिक एक खर्ब ५० अर्ब रुपियाँ बराबरको सिमेन्ट निर्यात गर्ने क्षमता छ,” उहाँले भन्नुभयो, “यसले १५ प्रतिशत व्यापार घाटा न्यूून गर्न सकिन्छ । सङ्घका अनुसार वार्षिक दुई करोड ५० लाख टन सिमेन्ट उत्पादन हुने गरेको छ । हाल कुल उत्पादन क्षमतामा ३५ प्रतिशत मात्र सिमेन्ट उत्पादन भइरहेको छ ।”

    सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ । गत वर्षदेखि सिमेन्ट निर्यातमा नगद अनुदान बढाएर आठ प्रतिशतसम्म पु¥याएको थियो आन्तरिक बजारमा खपत घटेपछि सस्तो मूल्यमा भारतबाट सिमेन्ट निर्यात गर्ने गरेको व्यवसायीको भनाइ छ ।

    आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला ठुला जलविद्युत् आयोजना, हाउजिङ र घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीहरूको भनाइ छ ।

    सङ्घको तथ्याङ्क अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । क्षमता अनुसार चल्न नसक्दा १५ देखि २० सिमेन्ट उद्योग बन्द रहेको र अन्य उद्योगहरू पनि बन्द हुने अवस्थामा रहेको व्यवसायीको भनाइ छ । सिमेन्ट उद्योग पूर्ण क्षमता सञ्चालन नहुने र बन्द हुन थालेपछि त्यसमा काम गर्नेको रोजगारीसमेत गुम्ने गरेको छ । मुलुकमा आन्तनिर्भर रहेको सिमेन्ट

    उद्योग आर्थिक सङ्कटका कारण पूर्ण क्षमतामा सञ्चालन हुुन सकेको छैन ।

    नेपालबाट सिमेन्ट तथा क्लिङ्कर भारतमा निर्यात भइरहेको छ । हाल पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र सृष्टि ब्रान्डका नेपाली सिमेन्ट बेहलिया, भैरहवा, नेपालगन्ज नाकाबाट बढी मात्रामा भारतीय बजारमा बिक्री भइरहेका छन् ।

    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer