काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको बताएका छन् । आज बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले बालकुमारी घटनाको प्रतिवेदन प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दिए ।
Advertisement
प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णयमा पुग्ने उनको भनाइ छ । सरकारको क्षेत्राधिकारको विषयमा सरकारले निर्णय लिने उनले स्पष्ट पारे ।
“बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । सरकारले आयोग बनाएर छानबिन गर्ने निर्णय गरेको हो, प्रतिवेदन अध्ययनको प्रक्रियामा छ,” उनले भने, “अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ । यो सरकारको क्षेत्राधिकारको विषय हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।”




