• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले २७७ वटा पुगेको छ ।

    Advertisement

    सन् १९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखा परेको थियो । सोही आधारमा कृष्णसारका लागि उपयोगी हावापानी हुन सक्ने ठानेर विभिन्न ठाउँबाट स्थानान्तरण गरेर ल्याइएको थियो । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो ।

    निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मनोज ऐरका अनुसार स्थानान्तरण गरिएको छोटो समयमा शुक्लाफाँटामा कृष्णसारको राम्रो वृद्धि भएको छ । सन् १९७० को दशकमा नेपालबाट कृष्णसार लोप हुन लागेको भनिएको थियो । सन् १९७५ मा बर्दियाको खैरापुरमा कृष्णसार देखिएपछि कृष्णसार संरक्षण गर्ने र स्थानान्तरण गरेर सङ्ख्या बढाउने कार्यको थालनी भएको थियो । सन् १९७७ देखि १९८९ सम्म बर्दिया राष्ट्रिय निकुञ्जको बघौराफाँटामा १६ वटा, सन् १९८५ देखि १९८८ सम्म थप चार र सन् १९९२ मा २६ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो तर त्यहाँ कृष्णसार बाँच्न सकेनन् । सन् २००९ मा बर्दियाको गुलरिया नगरपालिकास्थित १६.९६ हेक्टरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणको कार्य अघि बढाइएको थियो ।

    बर्दियाको कृष्णसार संरक्षण क्षेत्रभन्दा शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या बढी रहेको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसारको सङ्ख्या १८७ पुगेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटमा ५८.८ हेक्टर क्षेत्रफल तारबार गरी कृष्णसारको बासस्थान विस्तार गरिएको छ । सुरुवातमा ७.५ हेक्टर क्षेत्रमा कृष्णसारको बासस्थान बनाइएको थियो । सङ्ख्या बढे अनुसार बासस्थान बढाइएको छ । कृष्णसार जलवायु परिवर्तनको असरको चपेटामा परेको बताइएको छ । यद्यपि अन्य दुर्लभ वन्यजन्तुको तुलनामा कृष्णसार संरक्षणमा सरोकारवालाको ध्यान नपुगेको बताइन्छ ।

    नेपालमा कृष्णसारलाई वंशाणुगत रूपमै स्वस्थ राख्ने, निरन्तर सङ्ख्या बढाउने र पुनः प्राकृतिक पुनस्र्थापना गर्ने रणनीति लिइएको छ ।

    यसका लागि स्थानान्तरण गरी अन्य क्षेत्रमा पनि कृष्णसारको सङ्ख्या बढाउने, यसको बासस्थानमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्ने, सुरक्षाका लागि नवीनतम् प्रविधिको प्रयोग गर्ने योजना बनाइएको जनाइएको छ ।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer