• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतीय सेना फिर्ता नहुँदै माल्दिभ्समा चिनको जासुसी जहाज


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • एजेन्सी । आधुनिक प्रविधिले सुसज्जित चिनियाँ अनुसन्धान जहाज बिहीबार माल्दिभ्स पुगेको छ । चिनियाँ जहाज मालदिभ्स पुगेपछि भारत भने चिन्तित बनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार चिनियाँ जहाज सियाङ याङ होङ ३ माल्दिभ्स पुगेको सोही दिन भारत र श्रीलंकाका तटरक्षक जहाज पनि सैन्य अभ्यासका लागि उक्त क्षेत्रमा पुगेका छन् । भारतले यो जहाजलाई लिएर चिन्ता व्यक्त ब्यक्त गर्दै श्रीलंकालाई कोलम्बो बन्दरगाहमा जहाज रोक्न दबाब दिएको थियो।

    Advertisement

    समाचार एजेन्सी पीटीआईले माल्दिभ्सको समाचार वेबसाइट आधारधुलाई उद्धृत गर्दै लेखेको छ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले जनवरीमा चीनको भ्रमण गरेको २४ घण्टापछि यो चिनियाँ जहाजले यात्रा सुरु गरेको थियो। माल्दिभ्सको एक्सक्लुसिभ इकोनोमिक जोन अर्थात् ईईजेडमा करिब एक महिना बसेपछि यो जहाज २२ फेब्रुअरीमा माले नजिक देखिएको थियो । यो रिपोर्टमा यो चिनियाँ जहाज जनवरी २२ देखि राडारमा कतै नदेखिएको दाबी गरिएको छ । यो जहाजको ट्र्याकिङ सिस्टम बन्द भएको मानिन्छ । मुइज्जुलाई चीन समर्थक मानिन्छन्। मुइज्जु गत वर्ष नोभेम्बरमा माल्दिभ्सको राष्ट्रपति बनेका थिए । मुइज्जुले चुनावमा ‘इन्डिया आउट’को नारा दिएका थिए ।

    माल्दिभ्सको राष्ट्रपति बनेपछि सबै नेताहरुको पहिलो भारत हुनेको गरेको भए पनि मइज्जुले भने भारत भ्रमण नगरी पहिलो चीनको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाको थिंक ट्याङ्कले चीनले जसलाई वैज्ञानिक अनुसन्धान जहाज भनिरहेको छ उसले वास्तवमा समुद्रबाट तथ्यांक संकलन गरिरहेको आरोप लगाएको छ । थिंक ट्याङ्कले यो जहाजले सैन्य उद्देश्यका लागि विशेष गरी पनडुब्बीसँग सम्बन्धित डाटा सङ्कलन गरिरहेको बताएको छ । चीनले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। फेब्रुअरीमा, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विगत केही वर्षहरूमा वरपरका समुद्रहरूमा चीनको वैज्ञानिक अनुसन्धान गतिविधिहरू शान्ति र मानवताको दृष्टिकोणबाट वैज्ञानिक समझ सुधार गर्न लागेको दाबी गरेका थिए ।

    चिनियाँ जहाजले यसअघि श्रीलंकाको बन्दरगाहमा अवतरण गर्न अनुमति मागेको थियो, जसलाई श्रीलंकाले अस्वीकार गरेको थियो। यस वर्षको सुरुमा जनवरी ५ मा श्रीलंकाले चिनियाँ पानीजहाजको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । श्रीलंकाको जलक्षेत्रमा आउने विदेशी जहाजलाई एक वर्षको लागि प्रतिबन्ध लगाएको जनाएको थियो। सन् २०२२ मा युआन वाङ ५ नामको चिनियाँ सैन्य जहाज कोलम्बो पुगेको थियो । भारतले रकेट र मिसाइल आक्रमण ट्र्याक गर्ने क्षमता भएको यो जहाज श्रीलंकामा आइपुगेकोमा चिन्ता व्यक्त गरेको थियो ।

    माल्दिभ्स भारतको पश्चिमी तटबाट करिब ३०० समुद्री माइल टाढा छ । जबकि यो भारतको लक्षद्वीप समूहको मिनीकोय टापुबाट ७० समुद्री माइल मात्र टाढा छ। भौगोलिक रूपमा, माल्दिभ्सको सो स्थान भारत र विश्वव्यापी व्यापारको लागि धेरै महत्त्वपूर्ण छ। यो हिन्द महासागरको भागमा छ, जहाँ ग्लोबल शिपिंग लाइनहरू पास हुने गर्छन् । माल्दिभ्सको चीनप्रतिको झुकाव भारतका लागि चिन्ताको विषय रहेको भारतीय रक्षा क्षेत्रका जानकारहरु बताउँछन् । राष्ट्रपति बनेपछि मुइज्जुले भारतलाई आफ्ना सबै सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएका थिए । भर्खरै भारतीय विदेश मन्त्रालयले एउटा मार्च १० सम्म र बाँकी दुई प्लेटफर्मबाट मे १० सम्ममा भारतीय सेना फिर्ता हुने बताई सकेको छ ।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer