• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

समाजसेवाको उत्कृष्ट नमुना, एक करोड एक लाखको क्यान्सर उपचार कोष स्थापना


  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • चितवन । क्यान्सरकै कारण छोरा गुमाएका पराजुली दम्पतीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपियाँ बराबरको ‘क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ । काठमाडौँ कीर्तिपुरस्थित त्याङ्गला फाँट निवासी प्रा.डा. तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा पराजुलीले छोरा डा. अञ्जन पराजुलीको स्मृतिमा सो कोष स्थापना गर्नुभएको हो ।

    Advertisement

    अस्पतालमा सोमबार आयोजित कार्यक्रममा अक्षय कोष स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो रकम बराबरको चेक परिवारले अस्पताललाई हस्तान्तरण गरेको छ।

    पराजुली दम्पतीले सो रकम आफ्नो घर जग्गा बेचेर क्यान्सर पीडितहरूका लागि सहयोग गरेको बताउनुभयो । प्रा.डा. पराजुलीले आफूले छोरा गुमाउनु पर्दा भोगेको पिडा अन्य परिवारले सहन नपरोस् भन्ने उद्देश्यका साथ कोष स्थापना गरिएको बताउनुभयो ।

    “हाम्रो परिवारमा एक्लो छोरा गुमाउँदा जुन पिडा परेको छ, क्यान्सरकै कारण अन्य परिवारले यो पिडा भोग्न नपरोस् भनेर नै हामीले उपचार कोष स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो ।

    कोषको नाम ‘अञ्जन स्मृति क्यान्सर पीडित उपचार कोष’ राखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले कोषमा जम्मा भएको रकमलाई अक्षय कोष बनाएर त्यसबाट आउने ब्याज गरिब विपन्न समुदायका क्यान्सर बिरामीलाई उपचार दिने व्यवस्था मिलाउने बताउनुभयो । “यस कोषको ब्याजमार्फत आएको रकम सञ्चालन निर्देशिका बनाएर बिरामीको उपचारमा खर्च गरिने छ”, उहाँले भन्नुभयो ।

    डा‍‍. अञ्जन पोखराको गण्डकी वोडिङ स्कुलबाट एसइई, नेपाल इन्जिनियर कलेज काठमाडौँबाट सिभिल इन्जिनियरिङ गरी अमेरिकाको पोट्रोल्याण्ड इन्जिनियरिङ युनिभर्सिटीबाट पानीको स्रोतमा आधारित इन्जिनियरिङमा स्नातकोत्तर र विद्यावारिधि सकेर रोजगारीका लागि अष्ट्रेलिया जानुभएको थियो । २०७८ साल जेठ १ गते ठुलो आन्द्राको क्यान्सरका कारण उहाँको अष्ट्रेलियामा नै निधन भएको हो । प्रा.डा. तीर्थ पराजुलीका अहिले तीन छोरी छन् ।

    कोष स्थापनाका लागि सम्झौता हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले कोष स्थापना गराउने परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer