☰
मङ्गलबार, कार्तिक २५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

वाह !! समाजसेवा, गलकोट बहुमुखी क्याम्पसलाई एकै परिवारकाे एक करोड सहयोग


  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • बागलुङ । बागलुङको गलकोट बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि यहाँका एक परिवारले एक करोड रुपियाँ सहयोग गरेका छन् । समुदायबाट चन्दा सहयोग जुटाएर सञ्चालन गरिएको क्याम्पसको थप पूर्वाधार विकास गर्न उक्त सहयोग प्राप्त भएको हो ।

    Advertisement

    गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउन सञ्चालित शैक्षिक ज्ञान महायज्ञमार्फत गलकोट नगरपालिका-३ हटियाबजारका श्रेष्ठ परिवारद्वारा एक करोड एक हजार एक सय ११ रुपियाँ सहयोग प्रदान गरिएको हो ।

    स्वः बद्री कुमार श्रेष्ठ, स्वः बेगम कुमारी श्रेष्ठको स्मृतिमा निर्मला श्रेष्ठ तथा छोराबुहारीहरू मदन कुमार, बन्दना श्रेष्ठ, पुष्पमान, लक्ष्मी श्रेष्ठ, सेनानी विपिन कुमार श्रेष्ठ, सेनानी डाक्टर रश्मी श्रेष्ठ, दिलीप र सुष्मा श्रेष्ठको परिवारका तर्फबाट उक्त सहयोग रकम प्राप्त भएको क्याम्पसले जनाएको छ ।

    सबैभन्दा धेरै रकम प्रदान गरेर क्याम्पसलाई सहयोग गर्ने श्रेष्ठ परिवारलाई बाजागाजा र भजनकिर्तन सहित ताम्दानीमा चढाएर स्थानीयहरूले गलकोट बजार परिक्रमा गराएर सम्मान गरेका छन् । आइतबार साँझ समापन भएको महायज्ञमा कुल ११ करोड ५० लाख रुपियाँ सहयोग सङ्कलन भएको महायज्ञ आर्थिक समितिका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

    समुदायबाट चन्दा सङ्कलन गरिएको क्याम्पसमा थप भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित महायज्ञ सञ्चालन गरिएको संयोजक शर्माले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “महायज्ञमार्फत हामीले सङ्कलन गरेको रकमले क्याम्पसको भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर वृद्धिमा लगानी गर्दछौँ ।” फागुन ६ गते देखि सुरु भएको महायज्ञमा श्रीमद्भागवत भाष्कर गुरुदेव कमलनयन आचार्यले दैनिक रूपमा कथावाचन गर्नुभएको थियो ।

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • २.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ३.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ४.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ५.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ६.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ७.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ८.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer