• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

व्यायाम गरेपछि शरीरको बोसो कहाँ जान्छ ?


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • व्यायाम गर्दा मानिसको शरीरको बोसो घट्छ, तर त्यो कहाँ जान्छ ? यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ । यसै विषयलाई लिएर केही वर्षअघि १५० चिकित्सक, आहारविज्ञ र शारीरिक प्रशिक्षकलाई प्रश्न सोधिएको थियो ।

    Advertisement

    यसको उत्तर तीनवटा राखिएको थियो ।

    १. बोसो ऊर्जा र गर्मीमा परिणत हुन्छ ।

    २. बोसो मांसपेशीमा परिणत हुन्छ ।

    ३. बोसो कार्बनडाइअक्साइड र पानीमा परिणत हुन्छ ।

    यसमध्ये १४७ जनाले यसको गलत उत्तर दिएका थिए । यदि तपाईंको विचारमा यसको उत्तर ‘क’ वा ‘ख’ हो भने यो गलत छ । न्यु साउथ वेल्स विश्वविद्यालयको स्कुल अफ बायोमोलेक्युलर साइन्सका वैज्ञानिक रुबेन मीरम्यान धेरै विज्ञलाई यसको जवाफ थाहा नभएको बताउँछन् ।

    उनी भन्छन्, ‘अधिकांशले बोसो ऊर्जामा रुपान्तरण हुन्छ भनेका छन्, जुन गलत हो । वास्तवमा यो पदार्थको संरक्षणको नियमको विरुद्ध हो, जसले रासायनिक प्रतिक्रिया पछ्याउँछन् । त्यस्तै विकल्प ‘ख’ अर्थात् को बोसो मांसपेशीमा रूपान्तरण हुने कुरा पनि असम्भव रहेको मीरम्यान बताउँछन् ।

    सन् २०१४ मा ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित मेरम्यानको अनुसन्धान अनुसार यसको सही उत्तर ग हो । अर्थात् बोसो कार्बनडाइअक्साइड र पानीमा परिणत हुन्छ । अनुसन्धानअनुसार शरीरबाट पानी पिसाब, पसिना, सास र अन्य शारीरिक तरल पदार्थको रूपमा निस्कन्छ । जसमा शरीरको मुख्य अंग फोक्सोको महत्वपूर्ण भूमिका हुन्छ ।

    यसलाई अझ स्पष्ट पार्दै मिरम्यान द कनभर्सेसन डटकममा लेखेका छन्, ‘यदि कसैले १० केजी बोसो गुमाउँछ भने त्यसको ८.४ केजी कार्बन डाइअक्साइडबाट बाहिर निस्कन्छ र बाँकी १.६ केजी पानीको रूपमा बाहिर निस्कन्छ । अर्को शब्दमा सामान्यतया यतिकै पनि तौल घटाइरहेका हुन्छौं । यसो घट्नुमा फोक्सोको महत्वपूर्ण भूमिका हुन्छ । जुन सासको रुपमा छोड्छौं ।

    डाक्टरहरू किन गलत थिए ?

    किनकि यस प्रश्नको सर्वेक्षण गरिएका १५० जना विज्ञमध्ये तीन जनाले मात्र सही जवाफ दिएका थिए । मेरम्यानले अष्ट्रेलिया, अमेरिका, बेलायत र केही युरोपेली देशमा विज्ञहरूका बीचमा पनि यस प्रश्नको सर्वेक्षण गरेका थिए तर सबै ठाउँमा गलत जवाफ आएको थियो ।

    साथै मेरम्यानको निष्कर्ष यस तथ्यमा आधारित छ कि हामीले जे खान्छौं त्यसमा हामीले लिने अक्सिजनको मात्रा पनि समावेश हुनुपर्छ । ‘उदाहरणका लागि यदि शरीरमा ३.५ केजी खाना र पानी भयो भने त्यसबेला हामीले ५०० ग्राम अक्सिजन पनि लिएका हुन्छौं । हामीले जम्मा चार किलो खायौं । त्यसैले शरीरबाट पनि चार किलो बाहिर निस्किनुपर्छ । नभए तौल बढ्छ’, मीरम्यान भन्छन् ।

    मोटोपन घटाउन के गर्ने ?

    मीरम्यानका अनुसार तौल घटाउनका लागि फ्याट सेलबाट कार्बन निकाल्न आवश्यक हुन्छ । जुन हामीले सास फेर्दा कार्बन छोड्छौं ।

    मीरम्यान लेख्छन्, ‘यस्तो हुन सक्दैन किनकि आवश्यक भन्दा बढी सास लिंदा हाइपरभेन्टिलेसन हुन्छ । जसले रिंगटा लाग्ने र बेहोस हुने समस्या हुन सक्छ ।’

    त्यसैले शरीरबाट कार्बन डाइअक्साइडको मात्रा बढाउन सक्ने एक मात्र उपाय मांसपेशीका गतिविधि बढाउनु रहेको उनी बताउँछन् ।

    सबैभन्दा प्रभावकारी समाधान के हो ?

    यसका लागि व्यायामबाहेक पनि अन्य धेरै तरिकाबाट शरीरमा कार्बन डाइअक्साइड उत्पादन गर्न सकिने मीरम्यान बताउँछन् । उभिएर बस्दा, खाना पकाउँदा, सरसफाइ गर्दा, घुम्न जाँदा शरीरको मेटाबोलिजम तीन गुणाले बढ्छ ।

    तौल घटाउन चाहने हो भने कम खान र आफ्नो शरीरलाई धेरै चलाउन मीरम्यान सुझाउँछन् ।

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer