काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ गरेको छ।
तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सीआईबीले पक्राउ गरेको हो।
Advertisement
उनी सहित यो प्रकरणमा ११ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। थप एक जनालाई पनि पक्राउ गर्ने सीआईबीको तयारी छ।
न्यौपाने २०७८ सालमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनी उक्त वैकमा रहँदा भएको एक अनियमिततामा उनलाई पक्राउ गरिएको हो। नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीले उक्त बैंकको घोटालामा छानबिन थालेको थियो।




