• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पशुपन्क्षीको स्वतन्त्रताबारे पनि मापदण्ड कायम गरौ: एनिमल नेपाल


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • काठमाडौं । पृथ्वी सबैको साझा घर हो । हिड्न, डुल्न र स्वतन्त्र जीवन जिउने हक मानवका लागी मात्रै सम्पुर्ण चराचर जगतले पनि पाउनु पर्दछ । यस्तै पशुपन्क्षीको पनि बाच्न पाउने हक कायम गरिनु पर्छ भन्दै आवाज ऊठाउदै आएको छ, एनिमल नेपालले ।

    Advertisement

    एनिमल नेपालले पशुपन्क्षीले कमसेकम बाँचुन्जेल पाउनुपर्ने स्वतन्त्रताका लागि पाँच मापदण्ड कायम गर्न माग गरेको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सो संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले सो माग गर्नुभयो ।

    अन्तर्राष्ट्रिय स्तरमा पशुपन्क्षी तथा जनावरले बाँच्न पाउने पाँच मापदण्ड कायम भएको र यसलाई नेपालमा कार्यान्वयनका लागि सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले सडकका कुकुरदेखि, भारी बोक्न प्रयोग हुने गधा, खच्चरजस्ता जनावरहरूको विषयमा संस्थाले चासो दिएर काम गर्दैआएकोमा पछिल्लो समय अण्डा उत्पादन गर्ने कुखुराको कल्याणका निम्ति अभियान सुरु भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अण्डा र मासुलाई प्रोटिनको रूपमा हामीले प्रयोग गरिरहेका छौँ । तर कतिपय ठाउँमा ब्याण्ड गरिएका यान्टिबायोटिक प्रयोगमा आइरहेको छ । यसले मान्छेको स्वास्थ्यलाई कसरी राम्रो गर्छ ? विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार अब जनावरबाट मान्छेमा सर्ने वा आउने रोग अझ बढ्नेवाला छ ।”

    साना किसानले कुखुरा पाल्दा हावा, दानापानी, घाम र प्रकृतिको सन्तुलन हुने तर बेटरी केज (पिँजडा) जस्ता व्यावसायिक प्रायोजनका लागि मात्र खोलिएका फार्महरूमा ए–फोर साइजको कागज अट्ने ठाउँमा हलचल गर्नै नमिल्ने गरी अण्डा दिने कुखुरा राख्ने गरेको उहाँले बताउनुभयो । यो प्राकृतिक नहुने हुँदा पोषणको हिसाबले पनि फाइदाजनक नहुने उहाँको भनाइ छ ।

    उहाँले नेपालगन्ज, कैलाली, महेन्द्रनगरजस्तो लामो दूरीबाट २४ घण्टाको यात्रामा भैँसीहरू अत्यन्तै निर्मम तवरबाट ल्याइने गरेकोप्रति सम्बन्धित सबैको ध्यान जानुपर्ने बताउनुभयो । पशुपन्क्षीको स्वतन्त्रताको पाँच मापदण्ड अन्तर्गत भोक, प्यास र कुपोषण हुन नहुनु, डर, त्रास हुनु भएन, जनावरमा विषाक्त किसिमको केमिकल उत्पन्न हुन भएन, आवश्यक तापक्रम, हावापानी उपलब्ध हुनुपर्छ, घाउ, चोट दिन भएनजस्ता विषय पर्दछन् ।

    एउटा पशुको अगाडि अर्को पशुलाई मार्दा आफू पनि मर्दैछु भन्ने महसुस हुँदा जिउँदो पशुमा विषाक्त किसिमको केमिकल उत्पन्न हुने र त्यो मानव स्वास्थ्यका लागि हानिकारक हुने उहाँहरूको भनाइ छ ।

    कार्यक्रममा सहभागी सौगात सप्लायर्सका सञ्चालक सूर्यमान शाक्यले ठुला व्यावसायिक फर्म अर्थात् बेटरी केजबाट उत्पादन अण्डा ७० प्रतिशत र साना किसानले उत्पादन गरेका ३० प्रतिशत अण्डा बजारमा उपलब्ध हुने बताउनुभयो । अण्डाको लेबलिङ नहुने हुँदा कति दिनसम्म उपभोग गरिसक्नुपर्ने हो भन्ने कुरा अन्योल रहेको बताउनुभयो । चेकजाँचबाट अयोग्य भनिएका अण्डा डिस्पोज गरिनुको सट्टा फेरि बजारमा नै पुनः प्रयोग भइरहेको विषय चिन्ताजनक रहेको उहाँले बताउनुभयो ।

    यस्तै, अर्का सरोकारवाला यज्ञराज पौडेलले पशुपन्क्षीको मासु वा अण्डा हाइजेनिक छ वा छैन भन्ने विषयमा सम्बन्धित पक्षले नजिकबाट हेर्नुपर्ने बताउनुभयो । पौडेलले भन्नुभयो, “काठमाडौँभित्र वधशाला राख्न नदिने भनेको वर्षौँ भयो । तर बाहिर काटेर ल्याएको के हो ? भन्ने छ । कति यान्टिबायोटिक चलायो भन्ने छैन, हेर्दा सफा र राम्रो भए उपभोक्तालाई पुग्छ ।”

    कार्यक्रममा बध गरिने पशुहरू गाडीमा लोड गर्दा हुने अत्यन्तै निर्मम घटनाहरू अन्त्य हुनुपर्ने, बंगुरलाई अरूले फालेको खानेकुरा मात्र खुवाइने, कतै–कतै कुटेरै जनावर मार्ने लगायतका विषयमा सम्बन्धित पक्षको ध्यान जानुपर्नेमा उहाँहरूको सुझाव छ ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer