• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सड्न थाल्यो रक्तचन्दन


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ ।

    Advertisement

    अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन ।

    भारतबाट ल्याएर नेपाल हुँदै चीन र तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा यो रक्तचन्दन नेपालमा नियन्त्रणमा लिइएको हो । २०६४/६५ देखि मन्त्रीपरिषद्बाट निर्णय गरी ५४ हजार ११२ किलो रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरिसकेको छ तर ३६ हजार ९२८ किलो मात्र फिर्ता गरियो ।

    त्यसै गरी १२ फागुन २०७१ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको

    थियो । २०७६ पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन सकेको छैन ।

    वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले यसरी थन्किएर रहेको रक्तचन्दन सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङमा राखिएको छ । बरामद गरेर राखिएको रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ । भारतले रक्तचन्दन नलिँदा काठमाडौँलगायत अरू जिल्ला सदरमुकाममा रहेको महत्वपूर्ण जग्गा ओगट्नुका साथै सुरक्षाको भार थपिएको छ ।

    नेपाल सरकारले धेरै पटक मन्त्रीपरिषद् बैठक बसेर भारतलाई लिन निरन्तर आग्रह गरेको महानिर्देशक वाग्लेले बताउनुभयो । “सरकारले धेरै पटक मन्त्रीपरिषद् बैठक बसेर लिन आग्रह गरिसकेको छ । एक पटक भारतले लियो । त्यसपछि कोरोनाका बेला भारत लिन ठिक्क परे पनि लकडाउन भएकाले लिन सकेन,” उहाँले भन्नुभयो, “गत साउनमा भारतलाई रक्तचन्दन उपलब्ध गराउने भन्दै मन्त्रीपरिषद्ले निर्णय ग¥यो । तयारी पुगेन भनेर लिएन ।”

    वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सरकारले रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरे पनि तयारी नपुगेको भन्दै नलिएको बताउनुभयो । “भारतले पछिल्लो पटक अक्टोबरमा आवश्यक तयारी पूरा गरेर लैजाने जानकारी दिए पनि लगेको छैन,” उहाँले भन्नुभयो, “हाम्रो कानुनमा रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र पूरा गरिसक्नुपर्ने रहेछ । उहाँहरूले ९० दिनमा तयारी पुगेन भनेर थप समय माग्नुभयो । कानुनले गर्दा थप समय दिन मिलेन ।”

    उहाँले भारतले सबै तयारी पूरा गरेर रक्तचन्दन फिर्ता लिने मिति दिने भने पनि अझै नदिएको बताउनुभयो । भारतले सबै तयारी पूरा गरेपछि मन्त्रीपरिषद्बाट निर्णय गरेर फिर्ता गर्ने प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।

    भारतमा पाइने रक्तचन्दन नेपाललाई ट्रान्जिट बनाउँदै चीनलगायत तेस्रो मुलुक निर्यात हुँदा बरामद भएको थियो । धार्मिक प्रयोजनसँगै औषधीमा प्रयोग हुने भन्दै चीनलगायत तेस्रो मुलुक रक्तचन्दन निर्यात हुने गरेको हो । पछिल्लो समय रक्तचन्दन तस्करी रोकिएको मन्त्रालयका कर्मचारी बताउँछन् ।(गोरखापत्र)

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer