• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

३ वर्षे स्नातक तह लागू हुन समय लाग्छ: उपकुलपति


  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति बरालले पद बहाली हुँदाका बखत घोषणा गरेका थिए कि,”मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने । तर उनले फेरी स्नातक तीन वर्षे बनाउन सम्भव नहुने बताएका छन् । उनले आफुले घोषणा गरे जस्तो स्नातक तीन वर्षे बनाउन निक्कै कठिन रहेको र यसै वर्ष देखी तीन वर्षे लागु हुने कुरा आशा नगर्न अनुरोध गर्दै, अरु केहि बर्ष लाग्ने बताएका छन् ।

    Advertisement

    उपकुलपतिको घोषणाले यी संकायहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यही वर्षदेखि तीन वर्षे हुने हो वा अर्को वर्षदेखि भन्ने अन्योल सिर्जना भएपछि उपकुलपति बरालले यो वर्षदेखि सम्भव नहुने स्पष्ट पारेका हुन् ।

    उनले भने, ‘यो वर्षदेखि स्नातकलाई तीन वर्षे कार्यक्रम बनाउन सम्भव हुँदैन किनभने त्यसको लागि धेरै कामहरु गर्नुपर्ने हुन्छ ।’

    चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउनको लागि पाठ्यक्रम नै परिमार्जन गर्नुपर्ने भएकोले समय लाग्ने बताए । उनले टिम बनेपछि (रेक्टर तथा रजिष्ट्रार नियुक्ति भएपछि) छलफल गरेर प्रक्रिया थाल्ने बताए ।

    सञ्चालनमा रहेको चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउनको लागि पाठ्यक्रम परिमार्जनको लागि सम्बन्धित संकायहरु तथा विद्यार्थीहरुसँग छलफल गर्ने, विषय समितिहरुसँग छलफल गरेर निर्णय गर्ने बताए । निर्णय भइसकेपछि पनि विभिन्न प्रकृयाहरु पूरा गर्नुपर्ने भएकोले समय लाग्ने उनको भनाइ छ ।

    छिमेकी मुलुक तथा अमेरिकामा पनि तीन वर्षे स्नातक सञ्चालन भइरहेको र नेपालको लागि पनि तीन वर्षे स्नातक नै उपयुक्त हुने भएकोले तीन वर्षे बनाउनुपर्ने उपकुलपति बरालले तर्क गर्दै आएका छन् । तर, यूरोप तथा अमेरिका जहाँ चार वर्षे स्नातक पढाइ हुन्छ त्यस्ता देश जान चाहने विद्यार्थीको लागि थप एक वर्षे कोर्ष राख्ने गरी परिमार्जन गर्ने बताए ।

    तीन वर्षे कोर्ष बनाउँदा उपयुक्त हुने कार्यक्रमहरु चार वर्षे बनाएर विद्यार्थी, विश्वविद्यालयको समय खर्च भैरहेको बताउँछन् ।

    उनको भनाइ अनुसार नेपालमा स्नातक तहलाई चार वर्षे बनाइएको एक दशक पनि पूरा नहुँदै फेरि तीन वर्षे हुने भएको छ ।

    यस शैक्षिक वर्षको शुरुवातदेखि नै केही प्राध्यापक तथा शिक्षकहरुले चार वर्षे कोर्षको औचित्यमाथि प्रश्न उठाउन थालेका थिए ।

    २०५२ सालसम्म दुई वर्षको रहेको स्नातक तहलाई २०५३ सालदेखि २०७१ सम्म तीन वर्षको बनाइएको थियो । तर, विदेशका कतिपय विश्वविद्यालयमा चार वर्षे स्नातक तह रहेको र नेपाली विद्यार्थी ती विश्वविद्यालयमा पढ्न जाँदा स्नातकमै थप एक वर्ष पढ्नुपर्ने कारण देखाएर नेपालमा २०७२ सालदेखि चार वर्षे स्नातक कार्यक्रम सुरु भएको थियो ।

    मुलुककै ठूलो त्रिभुवन विश्वविद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा संकायमा २०७२ सालदेखि र मानविकी तथा सामाजिक शास्त्र संकायमा २०७६ सालदेखि र शिक्षा संकायमा २०७४ सालदेखि स्नातक कार्यक्रम चार वर्षको बनाइएको थियो । तर, हिजोआज स्नातक तहमा भर्ना हुने विद्यार्थी घटिरहेको र भर्ना भएकाहरूले पनि धेरै समय लाग्ने भन्दै बीचैमा पढाइ छाड्ने गरेको पाइएको प्राध्यापकहरू बताउँछन् ।

    चार वर्षे शैक्षिक कार्यक्रम पढेका विद्यार्थीको समयमा परीक्षा तथा नतिजा सार्वजनिक नहुँदा स्नातक तह सक्न पाँच वर्षभन्दा बढी लाग्दै आएको छ ।

    सरकारले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयमा खुल्ला उपकुलपती नियुक्ती गरेको यो पहिलो पटक भएता पनि बिरोधका स्वरहरु नसुनिएका भने होईनन ।

    शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer