काठमाडौं । नेपालमा विदेशी पर्यटक आउने क्रम बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाइ मार्ग हुँदै ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका हुन्।
Advertisement
गत जनवरीमा ७९ हजार १०० पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन्। यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार ५७८ पर्यटक छन्। चीनबाट नौ हजार १८०, अमेरिकाबाट नौ हजार र थाइल्याण्डबाट चार हजार ७९ पर्यटक आएका छन्।
बेलायतबाट चार हजार ५७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलंकाबाट तीन हजार ६८४ जना नेपाल आएका हुन्।




