• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कर्मचारी अवकाश कोष रित्तै, अब के गर्ने अलमलमा सरकार


  •   शनिबार, फागुन १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । अवकाश कोषमा रकम व्यवस्था नहुँदा स्थानीय तहका कर्मचारीले अवकाशपछि पाउने रकम अनिश्चित बनेको छ ।

    Advertisement

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहले अवकाश कोषको व्यवस्था गर्नुपर्ने व्यवस्था भए पनि अधिकांश स्थानीय तहले अवकाश कोष नबनाउँदा कर्मचारीको भविष्य असुरक्षित बनेको हो । केही स्थानीय तहले अवकाश कोष खडा गरे पनि कोषमा वार्षिक रूपमा बजेट व्यवस्था गरेका छैनन् । २०७१ सालपछि गठन भएका नयाँ नगरपालिका र स्थानीय तह पुनर्संरचनापछि बनेका अधिकांश नगरपालिका र गाउँपालिकाले अवकाश कोष नै बनाएका छैनन् ।

    स्थानीय तह आफैँले लोक सेवा आयोगमार्फत भर्ना गरेका नौ हजार, प्रदेश लोक सेवा आयोगमार्फत स्थायी भएका सात हजार र साबिक स्थानीय निकायका सात हजार गरी करिब २३ हजार कर्मचारीको अवकाशपछि पाउने रकम अनिश्चित बनेको स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले जनाएको छ ।

    समितिका संयोजक दीपक गौतमले भन्नुभयो, “कानुनमा व्यवस्था भए अनुसार प्रत्येक स्थानीय तहले अवकाश कोषको स्थापना नगर्दा स्थानीय तहमा दीर्घकालीन दायित्व बढ्दै गएको र कर्मचारी सेवा सुविधाबाट समेत वञ्चित हुने स्थिति सिर्जना हुँदै गएको छ ।” स्थानीय तहमा कार्यरत कर्मचारीले अवकाश हुँदा उपदान र ऐनमा उल्लिखित विभिन्न बिदा शीर्षकका रकम पाउँछन् ।

    हेटौँडा उपमहानगरपालिकाका उपनिर्देशक एवं प्रशासन महाशाखा प्रमुख गोपाल पोखरेलले स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थालाई थप व्याख्या गरी सात वटै प्रदेशमा आधारभूत विषय समान हुने गरी अवकाश कोषलाई थप व्याख्या गर्नुपर्ने बताउनुभयो ।

    उहाँका अनुसार सात वटै प्रदेशमा कानुन बनाई प्रदेश अवकाश कोषको व्यवस्था गर्नुपर्ने, हाल स्थानीय तहमा रहेका कर्मचारीको कल्याण कोषको सबै रकम प्रदेश अवकाश कोषमा जम्मा गरी स्थानीय तहमा रहेको कोषलाई बन्द गर्नुपर्ने, उक्त कोषमा आफ्ना कर्मचारीको सङ्ख्याका आधारमा प्रत्येक वर्ष बजेटमा व्यवस्था गरी कानुनले तोकेको रकम कोषमा जम्मा गर्नुपर्ने तथा प्रदेश र नेपाल सरकारले वार्षिक रूपमा कानुनले तोके अनुसारको रकम उक्त कोषमा जम्मा गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

    उक्त कोष कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोषमध्ये कुनै एकले सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “यो कोषबाट साबिकका जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिका कर्मचारीदेखि स्थानीय तहमा कर्मचारी समायोजन ऐनपछि नियुक्त भएका कर्मचारीसम्म लाभान्वित हुने छन् ।”

    गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिव एवं स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले स्थानीय तहले कुन कोषमा वार्षिक वा मासिक रूपमा कति रकम जम्मा गर्ने भन्ने यकिन नभएकाले अवकाश कोषको स्थापना नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अवकाश कोष कसरी निर्माण गर्ने भन्ने स्पष्ट रूपमा कानुनमा व्यवस्था नहुँदा केही गाउँपालिकाले वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत विनियोजन गरेको बजेट त्यत्तिकै फ्रिज भएका थिए ।”

    समस्या समाधानको पहल

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव वैकुण्ठप्रसाद सापकोटाले अवकाश कोष स्थापना गर्न मन्त्रालयले सरोकारवालासँग छलफल गरी नीतिगत रूपमा नै समस्याको समाधान गर्ने कार्यको प्रारम्भ भएको बताउनुभयो ।

    उहाँका अनुसार स्थानीय तहमा विभिन्न प्रकृतिका कर्मचारी भएकाले अवकाश कोष सङ्घ, प्रदेश वा स्थानीय तह कहाँ रहने भन्ने यकिन गरी कोष स्थापना गर्न लगाउने गरी काम भइरहेको छ । स्थानीय तहले स्थानीय सेवाका कर्मचारीको सेवा सर्तसम्बन्धी कानुनबमोजिम अवकाश हुँदा योगदानमा आधारित उपदान वा निवृत्तिभरण, औषधी उपचारलगायत सुविधा उपलब्ध गराउन अनिवार्य अवकाश कोष स्थापना गर्नु पर्छ ।

    कोषमा स्थानीय तहले आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाइपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम जम्मा गर्नुपर्ने ऐनमा व्यवस्था भए पनि स्पष्ट कार्यविधि अभावमा स्थानीय तहले अवकाश कोष स्थापना गर्न सकेका छैनन् ।

    शनिबार, फागुन १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer