• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मोटोपनबाट छुट्कारा पाउने तरिका जानी राखौं


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • काठमाडौं । मोटोपना नेपालीहरूमा देखिन थालेको पछिल्लो समस्या हो। अव्यवस्थित जीवनशैली र खानपानका कारण मोटोपना बढ्छ। यसले शारीरिक सौन्दर्य मात्र बिगार्दैन विभिन्न रोगसमेत निम्त्याउँछ।

    Advertisement

    मोटोपना समस्या होइन भन्नेहरूको सङ्ख्या पनि हाम्रो समाजमा छ। तर तथ्य के हो भने यही मोटोपनाकै कारण मानिसहरूमा दीर्घ रोग निकै बढेको छ। रक्तचापदेखि मधुमेह, कोलेस्ट्रोल, बाथ र क्यान्सरसम्मका रोग यसकै कारण लाग्छ। मोटोपना सबै रोगको कारक बन्न पुगेको छ ।

    हिजोआज मोटोपनबाट धेरै जना हैरान छन् । मोटो शरीरलाई कसरी घटाउने भन्ने चिन्ता पनि त्यत्तिकै छ । सबै जना आफ्नो फिटनेस र लुक्सको बारेमा चिन्तित देखिन्छन् ।

    फिट र स्वस्थ रहन मानिसहरू डाइटिङ गर्छन् र जिममा गएर पसिना पनि बगाउँछन् । तौल घटाउने टिप्सलाई लिएर सामाजिक सञ्जालमा धेरै भिडियो देखिन्छन् । त्यससलाई हेरेर पनि मानिसहरू प्रेरित भइरहेका छन् ।

    तर सबैभन्दा ठूलो प्रश्न यो हो कि यदि तपाईं फिट रहन चाहनुहुन्छ भने जिम वा डाइट केमा बढी ध्यान दिनु राम्रो हुन्छ ? यस्तोमा खानपानमा ध्यान दिएर व्यायाम नगरे पनि तौल घट्छ त ? व्यायाम गर्न जाँदा के के कुरामा ध्यान दिने ? यिनै विषयमा आधारित रहेर फिटनेस ट्रेनर सबाना खातुनसँग गरिएको कुराकानी :

    मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने ?

    मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने भन्ने प्रश्न धेरैको हुन्छ । तर मोटोपन कम गर्न व्यायाम र खाना कम दुवै गर्नु जरुरी छ । खाना मात्र कम गर्ने हो भने पनि तौल त कम हुन्छ । तर पछि त्यसलाई निरन्तरता दिन नसक्दा फेरि तौल बढ्ने हुन्छ । त्यसैले खाना कम गर्ने र सँगै व्यायाम पनि गर्ने गर्नुपर्छ ।

    जस्तो उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाउने । यस्ता विधिबाट क्रमशः तौल नियन्त्रण गर्न सकिन्छ । तौल घटाउने उपयुक्त तरिका पनि यही हो ।

    खाना कम गर्ने र दैनिक व्यायाम गर्ने गरियो भने तौल कम हुनुका साथै स्वस्थ पनि भइन्छ । व्यायाम गर्न जिम गइयो भने मान्छेको अवस्था वा शरीरको बनोटअनुसार कति अवधिमा तौल नियन्त्रण गर्ने भन्ने कुराको टुंगो लाग्छ ।

    फिटनेस क्लब जानुअघि के–के कुरामा ध्यान दिनुपर्छ ?

    मोटोपन घटाउनुपर्ने त त्यसको लागि फिटनेस स्टुडियो पनि जान मन छ तर केही तयारी पो गर्नुपर्छ कि भन्ने पनि धेरैलाई लाग्न सक्छ । तर त्यो कुराको चिन्ता लिनु पर्दैन ।

    फिटनेस क्लब जाने बित्तिकै एकदमै गाह्रो खाले व्यायाम सुरु गर्नुहुँदैन । वार्मअप गर्ने र सजिलो व्यायामबाट सुरु गरेर पछि बिस्तारै व्यायामलाई बढाउँदै लैजानुपर्छ । त्यसैले यो सबै कुरामा तपाईंको फिटनेस ट्रेनरले सहयोग गर्छन् ।

    व्यायाम गर्न फिटनेस क्लब किन जाने ?

    तौल घटाउनु गाह्रो काम होइन, तपाईंले केही दिन खानै खानु भएन भने पनि तौल त घट्छ । तर तौल घट्नुका साथै स्वस्थ हुनु पनि जरुरी छ । त्यसका लागि फिटनेस क्लब जानु ठीक हुन्छ ।

    फिटनेस क्लबमा स्वस्थ वातावरण हुन्छ । आफूजस्तै तौल घटाउन मेहनत गरिसकेका व्यक्तिहरूसँग भेट हुन्छ । उनीहरूले मेहनत गरेको देखेर हौसला बढ्छ ।

    व्यायाम गरेर मात्र हामीले शरीरको बोसो घटाउन सक्छौं ?

    व्यायाम गरेर मात्र भन्दा पनि सन्तुलित खाना पनि खाएर शरीरको बोसो घट्छ । यसरी शरीरको बोसो घट्नु भनेको लामो समयको लागि हो । यदि खाना मात्र कम गरियो वा व्यायाम मात्र गरियो भने त्यो दीर्घकालीन नहुन पनि सक्छ ।

    आफ्नो विशेष समय छुटाएर अल्छी नमानी व्यायाम गरियो भने त्यसले शरीरमा बिस्तारै परिवर्तन ल्याउँछ ।

    जिम गएपछि कस्तो खानपान गर्नुपर्छ ?

    हाम्रो नेपाली समाज कस्तो छ भने कोही व्यक्ति तौल नियन्त्रण गर्न जिम गइरहेको र डाइट पनि गरिरहेको छ भने उसलाई परिवारको सदस्य र साथीभाइले आज एक दिन खाऊ न केही हुन्न भन्दै कर गर्छन् । त्यति मात्र होइन, दशैं-तिहार नजिकिंदै छ । त्यसैले यस्तो वातावरण छ भने मैले के को लागि डाइट गरिरहेको छु जिम गइरहेको छु भन्ने कुरा ध्यान दिनुपर्छ । एक छाक जंकफुड खाइयो भने अर्को छाक अलि स्वास्थ्यकर खाना खाने र व्यायाम गर्नुपर्छ ।

    तौल नियन्त्रण गर्न सकेसम्म बाहिरको खाना, धेरै चिल्लो, धेरै गुलियो नुनिलो खानेकुरा कम गर्नुपर्छ । दैनिक खानामा कार्बोहाइड्रेटको मात्रा अलि कम गर्नुपर्छ । खानामा प्रोटिन, फाइबर र खनिजको मात्रा बढाउनुपर्छ । गुड फ्याटको सेवन गर्नुपर्‍यो । प्रशस्त मात्रामा फाइबर भएको तरकारी र सलादको पनि सेवन पनि गर्नुपर्छ ।

    जिम गएपछि पोट्रिन सेक पनि खानैपर्छ ?

    एक सामान्य व्यक्ति तौल नियन्त्रण गर्नुका साथै शरीरलाई चिटिक्क, फूर्तिलो र बलियो बनाउन जिम जाने गर्छन् । त्यसका लागि सन्तुलित आहार नै पर्याप्त छ, प्रोटिन सेक खानु पर्दैन । तर कसैलाई धेरै मांसपेशी बढाउनुपर्ने छ, सिक्स प्याक बनाउनु छ, धेरै हेभी एक्सरसाइज गर्नुपर्ने छ भने मात्र प्रोटिन सेक खानुपर्छ ।

    रक्तचाप, मधुमेह भएकाले जिम जाँदा के कुरामा ख्याल गर्नुपर्छ ?

    रक्तचाप र मधुमेह भएका व्यक्तिले जिम जाँदा डाक्टरको सल्लाह लिनुपर्छ । डाक्टरको सल्लाहअनुसार नै व्यायाम र खानपानमा ध्यान दिनुपर्छ । एकै दिन धेरै व्यायाम गर्नेभन्दा पनि बिस्तारै बढाउँदै लैजानुपर्छ ।

    व्यायाम गर्न जिम जान सम्भव नहुनेहरूले घरमै पनि व्यायाम गर्न सक्छन् ?

    आजभोलि प्राय: सबै जना व्यस्त छन् । जिम धाउने फुर्सद पनि धेरैलाई छैन यस्तो अवस्थामा धेरै फिटनेस क्लबहरूले अनलाइन क्लासको व्यवस्था गरेका छन् । तर अनलाइन क्लासमा पनि सहभागी हुन नसक्नेहरूले घरमा आफैं पनि केही व्यायाम गर्न सक्छन् ।

    घरमै पनि व्यायाम गरेर तौल घटाउन सकिन्छ । घरमै आधा घण्टा दौडिने, उफ्रिने, ब्याडमिन्टन, भलिबलजस्ता खेल खेल्ने गरेर पनि तौल नियन्त्रण गर्न सकिन्छ ।

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer