• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बुढ्यौलीमा दाँत बिग्रने यि हुन्, ५ कारण


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • तपाइको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् । यसले दीर्घकालिन जटिल समस्या ल्याइदिन सक्छ ।

    Advertisement

    अमेरिकी संस्था सीडीसीका अनुसार ६५ वर्ष वा सोभन्दा बढी उमेरका पाँचमध्ये एक जनाले आफ्ना सबै दाँत गुमाउँछन् । पूर्ण रुपमा दाँत झर्ने समस्या ७४-७५ वर्षको उमेरमा वयस्कहरूको तुलनामा १३ प्रतिशतले बढी हुन्छ ।

    हामी देख्न सक्छौं, मान्छे बुढो हुँदै गएपछि दाँत पनि खराब हुँदै गएको । दाँतमा खिया लाग्ने, फुत्किने-भाँचिने मात्र होइन गिजा पनि खिइएर दाँत कमजोर भएको देखिन्छ ।

    यही कारण बुढापाकाहरु राम्ररी चपाउन सक्दैनन् । नरम खानेकुरा मात्र खान सक्छन् । बुढ्यौलीले छोप्दै गएपछि किन सबैको दाँत कमजोर हुन्छ ? बुढ्यौलीमा किन दाँत कमजोर हुन्छ ?

    मुख सुक्खा हुनु

    बढ्दो उमेरमा सबैभन्दा बढी देखिने समस्या हो, मुख सुक्खा हुनु । मुखमा आउने र्‍यालले मुखमा भएको खानेकुरा चपाउन मद्दत गर्नुका साथै मुखलाई सफा गर्छ । त्यति मात्र होइन, कुनै प्रकारले दाँतमा हुने क्षतिलाई रोक्न र गिजालाई स्वस्थ राख्न मद्दत पनि गर्छ ।

    यद्यपि, उमेर बढेसँगै र्‍यालको उत्पादन कम हुन्छ । यसको कारण हो, उमेर बढेसँगै विभिन्न औषधिको प्रयोग, क्यान्सरको बिरामी, सीओपीडी, मुटुरोग र पक्षघात । यस्ता समस्याले मुख सुक्खा भएपछि दाँत र मुख सफा हुन पाउँदैन । यस्ता रोग र औषधिले मुखमा बढी मात्रामा कीटाणुहरु पनि उत्पादन गर्छ । जसले सास गन्हाउने, फोहोर हुने, गिजामा संक्रमण भई दाँत कमजोर पार्छ ।

    गिजामा समस्या

    बुढ्यौली लागेसँगै खाना खाइसकेपछि मुख कुल्ला गर्न, दाँत सफा गर्न जाँगर चल्दैन । यही कारण मुखमा कीटाणु बढ्दै जान्छ । यसले गर्दा गिजा सुन्निने र संक्रमण बढेर दाँतको जरा कमजोर हुन्छ ।

    मुखभित्रको घाउ

    मुखभित्र घाउ आउनु आम समस्या हो । यस्ता घाउ अक्सर आफैं निको हुन्छ । तर बुढ्यौलीमा मुखभित्र घाउ आएपछि सहजै निको हुँदैन । त्यही घाउले दाँतको जरा र गिजा बिगार्न सक्छ । धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्ने वृद्धहरुमा यो समस्या झन् धेरै छ ।

    कमजोर रोगप्रतिरोधी क्षमता

    उमेर बढ्दै गएपछि रोगसँग लड्ने क्षमता कमजोर हुँदै जान्छ । यसले गर्दा दाँत तथा गिजामा आउने सानोतिनो समस्या पनि बढ्दै जान्छ । अझ चुरोट, सुर्ती सेवन गर्नेहरुमा थप जटिलता हुन्छ । यसले गर्दा पनि बुढ्यौलीमा दाँत कमजोर हुन्छ ।

    हड्डीको घनत्व घट्नु

    उमेर बढेसँगै गिजामा हुने हड्डीको घनत्व घट्दै जान्छ । नसाहरु पनि सुक्दै जान्छन् । यसको सोझो असर दाँतमा पर्छ । दाँतलाई नसा र हड्डीले छोड्न थाल्छ । जसले दाँतको जरा देखिन थाल्छन् । जरा देखिने मात्र होइन, गिजाको भर नपाउदा दाँत पनि बिस्तारै सर्दै जान्छ । जसकारण उमेरमा मिलेको दाँत पनि पछि कोही अगाडि र केही पछाडि भएजस्तो देखिन्छ ।

    के छ त उपचार ?

    दाँतलाई बुढ्यौली उमेरसम्म सही राख्नका लागि जरुरी हुन्छ, यसको उचित हेरचाह । यो भनेको समयमा ब्रस गर्ने, सही तरिकाले ब्रस गर्ने, सुर्ती–चुरोट नखाने । त्यसबाहेक बेलाबखत दाँतको उपचार गराइराख्नुपर्छ । दाँत सफा गर्ने, कीराले खाएको भागमा सिमेन्ट भर्ने, भाँचिएको वा टुटेको दाँत छ भने उखेलेर अर्को दाँत राख्ने ।

    दाँत सर्दै खाली पनि देखिएमा रिटेनर्स र क्लिनर अलाइनर्स अवस्था हेरी राख्न सकिन्छ । यसले सरेको दाँतलाई बाँध्ने र अन्यत्र सर्न दिंदैन ।

    दाँत झरेको अवस्थामा उमेरसँगै झर्छ भनेर चुप लागेर बस्नु हुँदैन । त्यसको लागि कृत्रिम दाँत हाल्ने र दाँत प्रत्यारोपण गर्न सकिन्छ । यस्तो किसिमको उपचारले खाना चपाएर शरीरमा पोषण पुर्‍याउन, अनुहारलाई सुहाउँदो देखाउन र सहजरुपमा बोल्न सघाउ पुर्‍याउँछ । दाँत पूरा खिइसकेको छ भने आवश्यकताअनुसार शल्यक्रिया गरी बोन ग्राफ्टिङ (हड्डी प्रत्यारोपण) गर्नुपर्छ ।

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer